हरेक वर्ष झै यस वर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको दिवस अहिले अन्तर्राष्ट्रिय रुपमा मनाइँदै छ । मिरावेल परिवारमा जन्मिएका पेट्रिया, मिनर्भा र मारिया तीन दिदीबहिनीको सन् १९६० मा तत्कालीन तानाशाही सरकारले गरेको निर्मम हत्याको घटनालाई लिङ्गको आधारमा राजनीतिक हिंसाको प्रतिरुप मानियो । उनीहरूको सम्झनामा सन् १९९५ देखि विश्वव्यापीरुपमा लैङ्गिक हिंसाविरुद्धको दिवस मनाउन शुरू गरिएको हो । यसलाई महिलामाथि हुने सबै खालका हिंसा न्यूनीकरणको उद्देश्यले अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइँदै आएको हो । तथापि, महिलामाथि हुने लैङ्गिक हिंसाको क्रम रोकिएको छैन, हिंसाका स्वरुपहरू मात्र फेरिएका छन् । प्रविधिको बढ्दो प्रयोगसँगै महिलामाथि हुने हिंसा बढेका छन् । नियन्त्रणका लागि कानून छन्, निकाय छन्, तर न्यूनीकरण दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ । लैङ्गिक हिंसा कसरी न्यूनीकरण गर्न सकिएला त ? यसै सन्दर्भमा मध्य नेपालले विभिन्न व्यक्तिहरूसँग गरेको कुराकानीको सम्पादित अंश:
निला राम (अध्यक्ष)
दलित महिला संघ पर्सा
जनचेताना जागृत गराएको छ
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम हालसम्म संघसंस्थाको नेतृत्वमा र स्थानीय सरकारका महिला तथा बालबालिका शाखाको समन्वयमा मनाइँदै आएको छ । यो कार्य एकदमै महत्वपूर्ण र अति आवश्यक भएकोले अनिवार्य रूपमा स्थानीय सरकार तथा सरकारी निकायहरूले मनाएमा अति राम्रो हुन्छ । यसले महिला हिंसाविरुद्ध समाज किन जागरुक हुनु पर्दछ भन्नेबारेमा जनचेताना जागृत गराएको छ ।
अन्जना पराजुली (मनोविमर्शकर्ता)
टिपियो नेपालआजको भोलि नै अन्त्य हुँदैन
महिला हिंसाको अन्त्य आजको भोलि नै तुरून्त हुन्छ भन्ने होइन । महिला हिंसा न्यूनीकरण गर्न धेरै समय लाग्छ । यसका लागि हामीले निरन्तर प्रयास गर्नु पर्छ । महिला हिंसा एक्लैले न्यूनीकरण गर्न सकिँदैन । सबै संघसंस्थाले आआफ्नो क्षेत्रबाट प्रयास गर्नु पर्छ । स्थानीय सरोकारवाला र सरकारी तहतप्काका प्रतिनिधिहरूको सहकार्यमा सफल हुन सक्छ । महानगरको महिला बालबालिका शाखा, टिपियो नेपाल, लाइफ नेपालजस्ता विभिन्न संघसंस्थाहरू आवद्ध छन् । सबैको कार्य क्षेत्र फरकफरक भए पनि काम गर्ने भनेको हिंसामा परेका, भोगिरहेका पीडितहरूलाई उद्धार गरेर राम्रो बनाउनु हो । सबै संघसंस्थाहरूलागि पर्नु पर्छ । हामीले १६ दिने अभियानमा मात्र होइन । विद्यालयहरूमा गएर लैगिक हिंसाबारेमा कार्यक्र म चलाउनु पर्दछ । बालविवाह र दाइजो प्रथाबारे बेलाबेलामा छलफल गराउँदै आएका छौं । यसको लागि प्रयास गर्नु पर्छ । बालविवाह, दाइजो प्रथा, घरेलु हिंसा, लागूऔषध, प्रजनन् स्वास्थ्यबारे विद्यालयमा गएर कार्यक्रम सञ्चालन गरिरहेका हुन्छौं ।
कविता यादव(संयोजक)
आफन्त नेपाल, पर्साहिंसाका घटना बाहिर आउन थालेका छन्
मानव बेचबिखन र लैगिंक हिंसा नियन्त्रणका लागि १९ वर्षदेखि काम गर्दै काम गर्दै आएका छांै । लैगिक हिंसा र घरेलु हिंसामा परेका दिदी बहिनीहरूलाई संरक्षणमा लिने र घट्ना व्यवस्थापन गर्न प्रहरी, कानून व्यवसायी, स्थानीय सरकार, नगरपालिकाको सहयोगमा लैगिंक हिंसामा परेका दिदीबहिनीहरूलाई सहयोग गर्दै आएका छौं । लैगिंक हिंसा न्यूनीकरण गर्न संघसंस्थाहरू मात्र नभएर नेपाल सरकार, स्थानीय सरकार सबै लागि परेका छन् । तर, पहिलाको तुलनामा अहिले पनि लैगिंक हिंसा, घरेलु हिंसा, जबर्जस्ती करणीका घटनाहरू, बालविवाहका घटनाहरू, बेचबिखनका घटनाहरू दिनहुँ बढ्दै गएको तथ्यांकले देखाएको छ । विद्यालयमा सचेतनामूलक कार्यक्रम र ¥याली गरेर कम भएको हो कि जस्तो लाग्छ । व्यवहारमा लागू नभएर समस्या देखिएको हो । मानिसहरू सचेत भएर बाहिर आएको हो । पहिला महिलाहरू हिंसामा पर्थे । विभिन्न हिंसा सहेर घरपरिवार, टोल, समाजमा समस्या हुन्छ भनेर बाहिर आउन सकेका थिएनन् । अहिले महिलाहरू बाहिर आएर आफ्नो समस्या खुलेर राखेर नै तथ्यांकमा देखिएको हो । हामीलाई थाहा भएर अझै पनि सचेतनाको कार्यक्रम गर्नु पर्छ । जसले गर्दा घटनाहरू बाहिर आउँछन् । मानिसहरू सचेत हुदै छन् । घरेलु हिंसा र जातिय छुवाछुतको विरूद्धमा उनीहरूले आवाज उठाएर हामीले जानकारी पायौं र तथ्यांकमा पनि देखियो । जुन कुरा तथ्यांकमा आ, उँदैछत्यो कुराको न्यूनीकरण गर्नको लागि अझै हामी ¥याली, विद्यालयमा गएर सचेतनाको कार्यक्रमहरू गर्छौं । घरेलु हिंसा, लैगिक हिंसा, जातिय छुवाछुत, बालविवाह न्यूनीकरण गर्नमा स्थानीय वडा र प्रहरीसँग समन्वय गरेर राम्रो तरिकाले जानकारी दिएमा घरेलु हिंसा, जातिय छुवाछुत, लैगिक हिंसा र घरेलु हिंसा न्यूनीकरण हुन्छ ।
ममता ओझा(प्रमुख)
आसमान नेपाल, पर्सा सबै पक्षको सहयोग आवश्यक
सशक्त महिला समृद्ध नेपाल कार्यक्रम छ । यसअन्तर्गत विद्यालय र समुदायमा आधारित भएर काम गरिरहेका छौं । विद्यालयमा कक्षा ७, ८, ९ का विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरेर चेतना जगाउने काम गरिरहेका छौं । बालविवाहविरुद्ध, घरेलु हिंसा कम गर्ने र सामाजिक सञ्जालबाट भइरहेका हिंसाहरूबाट कसरी बच्ने र विद्यालयमा लैङ्गिक हिंसा भनेको के हो ? लैङ्गिक हिंसाविरुद्ध कसरी आवाज उठाउने ? कसरी लैङ्गिक हिंसाबाट बच्ने ? त्यसका उपायहरू सिकाउने गर्छौं । समुदायस्तरमा अन्तरपुस्ता सम्वाद गराएर लैङ्गिक हिंसा भनेको के हो ? लैङ्गिक हिंसा कसरी समाजमा न्यूनीकरण गर्न सकिन्छ ? हिंसामा परेको व्यक्तिहरूलाई पनि थाहा हँुदैन कि म हिंसामा परिरहेको छु । घरेलु हिंसा भनेको के हो ? मानसिक हिंसा भनेको के हो ? मेन्टर टर्चर भनेको के हो ? श्रीमान र श्रीमतिबीचको मेन्टल हरासमेन्ट भनेको के हो ? सम्वादद्धारा समुदायमा गएर सचेतना फैलाउने काम गरिरहेका छौं । वीरगञ्ज महानगरपालिकाको २७, २८, २९ र ३२ र पकाहा मैनपुरको वडा नं.१, २, ३, ४ र ५ मा काम गरिरहेका छौं । संघसंस्थाले आफ्नोतर्फबाट जति गर्नुपर्ने हो गरिरहेका छन् । स्थानीय सरकारले सहयोग गरिरहेको छ । पालिकामा पनि लैङ्गिक हिंसा कोषहरू हुन्छ । धेरै जसोलाई लैगिंक हिंसा कोषबारेमा थाहा छैन । प्रहरी प्रशासनमा पनि लैङ्गिक हिंसा कोष हुन्छ । अस्पतालहरूमा ओसीएमसी हुन्छ । पालिकाको लैङ्गिक हिंसा कोषको सदुपयोग भए राम्रो हुने थियो । चाहिएको बेलामा चारैतिरबाट सहयोग पाएमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न सजिलो हुन्छ ।
सुरज लिम्बु (कार्यक्रम संयोजक)
सहयात्री समाज हिंसा कम हुन सकेको छैन
यौनिक तथा लैङ्गिक अल्पसमाजको लागि काम गर्छौं । हाल एचआईभी एड्सको क्षेत्र र मानव अधिकारको क्षेत्रमा पनि काम गरिरहेका छौं । तेस्रो लिङ्गीहरूको हकअधिकारको लागि काम गरिरहेका छौं । तेस्रो लिङ्गीहरूलाई पनि तेस्रो लिङ्गी महिला भन्ने गरिन्छ । उनीहरूलाई पनि मानसिक र शारीरिक हिंसा हुन्छ । समाजले घृणा गरेपछि घरमा परिवारले पनि हिंसा गर्छ । तेस्रो लिङ्गीहरू र समलिङ्गीको विवाहलाई सरकारले पनि मान्यता दिएको छैन । अस्थायी रुपमा मात्र मान्यता दिएको छ । हिंसा कम गर्नलाई विभिन्न खालका कार्यक्रमहरू, सडक नाटकहरू, विभिन्न कार्यक्रममा गएर कुरा गरेको पनि छ । तर, पनि हिंसा कम हुन सकेको छैन । प्रविधिको विकाससगै हिंसाको रूप पनि परिवर्तन भइरहेको छ । पहिला गाली गर्ने र नराम्रो नियतले छुने गर्दा हिंसा भएको मानिन्थ्यो भने अहिले सामाजिक सञ्जालबाट हिंसा भइरहेको छ । मानिसहरू शिक्षित नभएको र शिक्षित मानिसहरूले पनि बुझेर पनि नबुझेको जस्तो गर्दा समाजमा हिंसा न्यूनीकरण हुन सकेको छैन । पुरुषवादी सोचको कारणले गर्दा महिलामाथि गए भने पुरुषहरूलाई इष्र्या हुने समस्या छ । महिलालाई दबाएर राख्नुपर्ने सोचका कारण अझै पनि हिंसा न्यूनीकरण हुन नसक्नुको कारण हो । लैगिंक हिंसा किन र कसरी भइरहेको छ, पहिचान गर्न सक्नु पर्दछ । त्यसको निराकरण गर्न व्यक्ति, परिवार, समाज र राज्यको महत्वपूर्ण भूमिका रहन्छ ।
खुश्वु प्रजापति(अध्यक्ष)
नगर बाल सञ्जालहिंसाका घटना बाहिर आउन सकेका छैनन्
महिला हिंसा न्यूनीकरणको लागि विभिन्न सडक नाटक र ¥यालीहरू गर्छाैं । हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको अभियानमा ¥याली निकाल्ने गरेका छौं । महिला हिंसाविरुद्ध ऐन २०६४ र मानव बेचबिखन ऐन पनि जारी भएको छ । कुनै पनि घटनाको प्रहरीमा उजुरी दिन पनि सकिन्छ । पीडित भएर हिंसा सहेर कहिले पनि बस्नु हँुदैन । हिंसापीडित महिलालाई सक्दो सहयोग गर्नुपर्छ । शिक्षा, चेतना र लैङ्गिक समानतामा जोड दिनु पर्छ । समुदाय, विद्यालय र घरपरिवारमा सम्मानजनक व्यवहारको संस्कृति विकास गराउनु पर्छ । महिला तथा बालबालिकाहरूप्रति भेदभावपूर्ण गलत धारणा, सोच र मानसिकतामा परिवर्तन ल्याउन आवश्यक छ । परिवार र समाजमा पनि लैङ्गिक हिंसा धेरै छ । लैङ्गिक हिंसाको क्षेत्रमा धेरै संघसंस्थाहरूले पनि काम गरिरहेका छन् । महिलामाथि भएको हिंसविरूद्ध कानूनी रूपमा कार्यान्वयन गर्ने, पीडितलाई सुरक्षित आश्रय, कानूनी सहायता र मनोपरामर्शदाता उपलब्ध गराउन, दुराचार गर्नेलाई समयमै कारवाही र पुनः लैङ्गिक हिंसा रोक्ने कार्यक्रम चलाएर महिला हिंसा न्यूनीकरण गर्न सकिन्छ । गहिरोसँग बसेको पितृसत्तात्मक सोच, कामजोर कानूनी कार्यान्वयन, आर्थिक परनिर्भरता, शिक्षाको कमी, पीडितले डर वा लाजका कारण उजुरी नदिनु, सामाजिक परम्परा र गलत मान्यताले महिला हिंसाका घटना बाहिर आउन सकेका छैनन् ।
गोमा पौडेल (संयोजक)
माइती नेपाल, पर्सा शिक्षित व्यक्तिबाट पनि हिंसा भएको छ
दिनप्रतिदिन बलात्कार र जिउँदै जलाइनेलगायतका घटनाहरू भइरहेका छन् । हिंसा हुँदा सामान्य सोच्ने परम्परा कायमै छ । त्यसले गर्दा महिला हिंसा बढाएको अवास्था छ । चेतनाको कमी छ । कानून भए पनि राम्ररी कार्यान्वयन हुन सकेको छैन । समाज पनि पुरातनवादी सोचको छ । बेटी बचाउ बेटी पढाउ भन्ने कार्यक्रमहरू भइरहेको छ । तर, त्यो कार्यक्रमको सार्थकता देखिँदैन । कानूनको कार्यान्वयन पक्ष दरिलो र बलियो बनाउनु पर्छ । घरको स्कुलिङ्ग पनि राम्रो हुनुपर्छ । शिक्षित व्यक्तिले पनि हिंसा गरिरहेको छ । आम मानिसको पनि मानसिकता परिवर्तन हुन जरुरी छ ।
रीना चौधरी (संयोजक)
स्थानीय अधिकार कार्यक्रम
दिव्य विकास स्रोत केन्द्र, पर्सानीति नियम संशोधन गर्नु पर्दछ
महिला हिंसा न्युनीकरण गर्न ३ वटा पक्षमा सुधार गर्नु पर्छ । ब्यवहारमा परिवर्तन, जुन परिवारबाटै दिनु पर्छ । महिला र पुरुषमा कामको भेदभाव, परम्परा र संस्कृतिले महिलाको सहभागिता र स्वतन्त्रतामा रोकछेक गरेको छ । दोस्रो, शिक्षामा परिवर्तन एकै विद्यालयमा केटाकेटीहरू पढ्ने र सिक्ने अवसर पाउँछन् । तर, पठनपाठनको क्रममा छोरी मान्छेले यो गर्नु हुुन्न, त्यो गर्नु हुन्न भनिन्छ । शिक्षण खेलकुद पनि फरकफरक खेलाउने गर्दछन् । रोजगारीको अवसर र पद पनि निर्धारित हुन्छ । यो महिलाले गर्ने र यो पुरुषले गर्ने भनिन्छ । यस्ता प्रचलन र परिधिहरू तोड्नु पर्छ । केटाकेटीहरू वा महिला र पुरुषबीचको भेदभाव नगरी दुवैलाई समान अवसर र हौसला प्रदान गर्नु पर्दछ । तेस्रो, राज्यको नीतिनियम नै परिवर्तन गर्नु पर्छ । जस्तै कि, महिलाले विवाहपछि वंशज नागरिकतामा पनि पतिको नाम थप गरी नागरिकता बनाउने होइन । विवाह दर्ता महिलाहरूसँंग नहुदाँ पनि विभिन्न हकहरू प्राप्त गर्न समस्याहरू आउँछ । नागरिकताको नाममा पनि महिलाहरूले विभिन्न हिंसा भोग्दै आएका छन् । आफ्ना र आफ्ना सन्तानको हक पनि पाएका छैनन् । यस्ता धेरै नीति नियम छन्, जुन संशोधन गर्नुपर्ने छ ।
सुधा मिश्रा (अध्यक्ष)
महिला जागृति मिसन, वीरगञ्जहिंसा गर्नेलाई कारवाही हुनु पर्दछ
महिला हिंसाविरुद्ध कानून धेरै बनेका छन् । तर, कानूनमात्र बनाएरमात्र काम हुँदैन । त्यसलाई कार्यान्वयन गर्ने पक्षमा पनि जानु पर्छ । महिला हिंसाविरुद्धको कानून कडा रुपमा कार्यान्वयन हुन नसक्दा पनि महिला हिंसा भइरहेको छ । दाइजोको नाममा वा अन्य कारण महिलाहरू पीडित छन् । महिलामाथि जति पनि हिंसा भइरहेका छन्, त्यसमा पुरुषको मात्र हात हँुदैन । महिलाको पनि हुन्छ । हिंसा गर्ने पुरुषमात्र होइन, महिलालाई पनि त्यत्तिकै कारवाही हुनु पर्छ । कुनै पनि कुरा नबुझी पछाडि दौडिने चलनलाई रोक्नु पर्छ । विधानमा लेखेअनुसार काम गर्नु पर्छ । १६ दिने लैङ्गिगक हिंसाविरुद्धको अभियानलाई पनि फरक ढंगले सञ्चालन गर्नु पर्छ । समाजमा हिंसाको घटना अहिले पनि भइरहेका छन् । समाजमा भएका महिला र पुरुष बुद्धिजिवी वर्गलाई महिला हिंसाविरुद्धको अभियानमा सहकार्य गर्दै हातेमालो गर्न आवश्यक छ ।
रमेश गाडिया (उद्योगी)
वीरगञ्ज–६ छोरीहरूलाई सक्षम बनाउनु पर्छ
यो अर्थको युग हो । छोरीहरूलाई आर्थिक रुपले सक्षम बनाउन शिक्षित गर्नु पर्छ । जसरी हामी छोराले जबसम्म पैसा कमाउन थाल्दैन, उसको विवाह गर्न चाहँदैनौं । त्यसैगरी छोरीहरूको पनि आर्थिक रुपले सक्षम भएपछि मात्र विवाह गर्नु पर्छ । आर्थिक रुपले जुन छोरी सक्षम हुन्छ, उमाथि कसैले हिंसा गर्न सम्भव छैन । छोरीलाई पनि छोरासरह मानेर अभिभावकले शिक्षा र जागिरपछि मात्र विवाह गर्ने हो भने कहिले पनि छोरीहरू हिंसामा पर्न सक्दैनन् । यसरी हाम्रो देशमा समाजिक परिवर्तन ल्याउनु जरुरी छ । कानूनले गर्ने काम कानूनले गर्न सक्छ । समाजमा परिवर्तन गर्ने काम हामी समाजमा भएका अभिभावकको हो । महिलामाथि हुने हिंसा रोक्न हामी सबैले छोरीहरूलाई राम्रो शिक्षा दिनु पर्छ । स्थानीय तहले पनि छोरीहरूको लागि सीपमूलक काम दिनु पर्छ । जो घरमा नै बसेर काम गर्न सक्छ । आर्थिक अवस्था न्यून भएको महिलाहरूले पनि स्वाभिमानपूर्वक कमाएर आफ्नो छोराछोरीको पालन पोषण गर्न सक्छन् ।