विश्वसनीय इलेक्ट्रोनिक सुरक्षा समाधान प्रदायक अन्तर्राष्ट्रिय ब्रान्ड हिकभिजन र इज्विजको आधिकारिक शोरूम वीरगञ्जको लिंक रोडमा औपचारिक रूपमा उद्घाटन गरिएको छ । उक्त शोरूम सिम्प्लीफाई आईटी सोलुसन्स प्रा. लि. द्वारा सञ्चालनमा ल्याइएको हो।
पछिल्लो एक दशकदेखि वीरगञ्जमा आईटी तथा इलेक्ट्रोनिक सुरक्षा सेवामा सक्रिय सिम्प्लीफाई आईटी सोलुसन्स प्रा. लि. हिकभिजन र इज्विजका लागि वीरगञ्जको आधिकारिक अधिकृत डिलरका रूपमा कार्यरत रहँदै आएको छ। नयाँ शोरूम सञ्चालनसँगै ग्राहकहरूले सीसीटिभी क्यामेरा, स्मार्ट होम सोलुसन, एक्सेस कन्ट्रोल सिस्टम, भिडियो डोरफोनलगायत अत्याधुनिक सुरक्षा प्रविधिहरू एकै छानामुनि सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
उद्घाटन समारोहमा हिकभिजन च्यानलका बिक्री प्रबन्धक मोहम्मद चुन्ना, इज्विज नेपालका प्रतिनिधि सोनु श्रेष्ठ, हिकभिजन नेपालका मार्केटिङ कम्युनिकेशन (मार्ककम) प्रबन्धक अमर पुडासैनी तथा म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रा. लि. (हिकभिजन नेपालका आधिकारिक राष्ट्रिय वितरक) का प्रतिनिधिहरू कमल तामाङ र प्रमोद अधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरूले सिम्प्लीफाई आईटी सोलुसन्स प्रा. लि. ले विगतदेखि नै वीरगञ्जमा आईटी तथा इलेक्ट्रोनिक सुरक्षा समाधानको क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले नयाँ शोरूमले आधुनिक सुरक्षा प्रविधि सर्वसुलभ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नयाँ शोरूम सञ्चालनमा आएसँगै वीरगञ्ज तथा आसपासका क्षेत्रका ग्राहकहरूले अन्तर्राष्ट्रिय स्तरका आधुनिक, भरपर्दा तथा प्रविधिमैत्री सुरक्षा समाधानहरू सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास गरिएको छ ।