साताको कारोबारको बिहीबार सेयर बजार परिसूचक नेप्से ३१.५४ अंकले बढेको छ । यससँगै नेप्से परिसूचक २ हजार ६९५ अंकमा पुगेको छ । यो पछिल्लो तीन महिनायताकै उच्च विन्दु हो । यसअघि गत साउन १२ गते नेप्से यो विन्दुमा पुगेको थियो ।
बिहीबार सेयर बजारमा कारोबार रकमसमेत बढेको छ । बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको हो । यो कारोबार रकम गत वैशाख ३ गतेयताकै उच्च हो । उक्त दिन ९ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १८१ वटाको सेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ । त्यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार सबै समूहगत सूचकमा वृद्धि देखिएको छ । बैंकिङ समूह २.२८ प्रतिशत, विकास बैंक १.५५ प्रतिशत, फाइनान्स १.६९ प्रतिशत, होटल तथा पर्यटन २.०५ प्रतिशत र जलविद्युत् समूह ०.३६ प्रतिशतले बढेका छन् ।
त्यस्तै, लगानी समूह ०.२४ प्रतिशत, जीवन बीमा ०.६८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५१ प्रतिशत, लघुवित्त ०.५४ प्रतिशत, निर्जीवन बीमा ०.१३ प्रतिशत, अन्य समूह २.४५ प्रतिशत र व्यापार समूह ०.०३ प्रतिशतले बढेका छन् ।
आज बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । त्यस्तै, सोपान फर्मास्युटिकल्सको ८.७२ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत, एनआईसी एसिया बैंकको ४.६९ प्रतिशत र कालिन्चोक हाइड्रोपावरको ४.४१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ३.६५ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ३.१४ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको २.७२ प्रतिशतले घटेको छ ।
बिहीबार कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स र सोलु हाइड्रोपावर अगाडि रहेका छन् ।