मंगलबार सेयर बजार परिसूचक नेप्से ०.९४ अंकले बढेर २ हजार ६३० अंकमा कायम भएको छ। बजारमा सामान्य वृद्धि देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
मंगलबार कुल १३६ कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको घटेको छ। त्यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन ४ अर्ब रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार जलविद्युत् क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ। यस समूहको सूचक सबैभन्दा धेरै १.६५ प्रतिशत अर्थात् ५९ अंकले बढेको छ। अघिल्लो कारोबार दिन उत्पादन तथा प्रशोधन समूहमा आकर्षण देखिएको थियो।
माइक्रोफाइनान्स समूहको सूचक ०.०१ प्रतिशत र अन्य समूहको ०.०६ प्रतिशतले बढेको छ। बाँकी अधिकांश समूहका सूचक भने घटेका छन्। बैंकिङ समूह ०.३७ प्रतिशत, विकास बैंक ०.४५ प्रतिशत, फाइनान्स ०.१८ प्रतिशत, होटल तथा पर्यटन ०.५१ प्रतिशत र लगानी समूह ०.२३ प्रतिशतले घटेका छन्।
त्यस्तै, जीवन बीमा समूह ०.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५० प्रतिशत, निर्जीवन बीमा ०.०६ प्रतिशत र व्यापार समूह ०.२६ प्रतिशतले घटेका छन्।
मंगलबार सेयर मूल्य बढ्ने कम्पनीमध्ये हालै सूचीकृत बेनी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै, माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य १२.०९ प्रतिशत, दोर्दीखोलाको ६.७९ प्रतिशत, सुपरमाई हाइड्रोपावरको ५.९५ प्रतिशत, सिर्जनशील लघुवित्तको ५.६८ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ४.८९ प्रतिशत र शिखर पावरको ४.६३ प्रतिशतले बढेको छ।
यता, युनिलिभर नेपालको सेयर मूल्य सबैभन्दा धेरै ४.९१ प्रतिशतले घटेको छ। मूल्य घट्नेमा डिबेन्चरहरू पनि अगाडि देखिएका छन्।
मंगलबार कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर अगाडि रहेको छ। त्यसपछि पिपुल्स हाइड्रोपावर, सानिमा मिडिल तमोर, लिबर्टी इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी तथा अपी पावरका सेयरमा उल्लेख्य कारोबार भएको छ।