नारायणी अस्पतालबाट सुरु भएको नेपाल चिकित्सक संघको आन्दोलन ५ बुँदे सहमतिपछि नारायणी अस्पतालको पनि सेबा सुचारु भएको छ ।
बिरगंजबाट शुरु भएको चिकित्सक आन्दोलन , नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच हिजो सहमति भएको थियो ।
सहमति हुनु अघि नारायणी चिकित्सक संघका अध्यक्ष डा मनिज गुप्ता र स्वास्थ मन्त्री निशा मेहता बिच राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति एबम पर्सा १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले करिब दस मिनेट प्रत्यक्ष टेलीफोन सम्बाद गराएका थिए ।
जिल्ला प्रशासन कार्यालय पर्सामा भएको चिकित्सक संघको बार्ता भङ्ग भएर पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख उपर कार्बाही नगरी बार्तामा नबस्ने चिकित्सक संघको माग पछि साम्सद पन्त तीन दिन देखि काठमाडौमा रहेर स्वास्थ मन्त्री स्वास्थ सचिब र गृह सचिबसंग निरन्तर समन्बय गरि मंगलबार करिब आधा घण्टा स्वास्थ मन्त्रीसंग मन्त्रीकै कार्यकक्षमा छलफल समेत गरेका थिए ।
नारायणी चिकित्सक संघ पर्साका अध्यक्ष डा. गुप्ताले स्वास्थ मन्त्री सँग कुरा गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी प्रमुख सुदीपराज पाठकको सरुवा र दोषी उपर कार्बाही आफुहरुको मुख्य 'बटमलाइन' भएको बताएका थिए।
विगत केही दिनदेखि जिल्ला स्तरबाट सुल्झिन नसकेको यो समस्यालाई किनारा लगाउन तीन दिनदेखि काठमाडौँमा रहेका सांसद हरि पन्तले आन्दोलनका कारण सर्वसाधारण र वीरगञ्जवासीले भोग्नुपरेको स्वास्थ्य असुविधाप्रति क्षमा व्यक्त गरेका छन्।
सांसद पन्तले घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, घटनाका दोषीमाथि कडा कानुनी कारबाही हुने विश्वाससमेत उनले दिलाएका छन्।