क्यानाडाका चर्चित र्यापर ड्रेकले रोयल च्यालेन्जर्स बैंगलोरमा झण्डै ७५ लाख अमेरिकी डलरको सट्टेबाजी गरेपछि ‘ई साल कप नाम्दे’ फेरि चर्चा मै छ। सामाजिक सञ्जालमा जोश चढाइरहेको यो नारा आजको आईपीएल फाइनल खेलसँग कसरी मेल खान्छ?
आरसीबीले कहिल्यै आईपीएलको उपाधि जित्न सकेको छैन, पञ्जाब किङ्स पनि उपाधिबाट टाढा छ। आज राति विराट कोहली नेतृत्वको आरसीबी पहिलो पटक खिताब जित्ने हो कि, वा श्रेयस अय्यरको पञ्जाबले फाइनलमा पहिलो पटक इतिहास रच्ने हो?
ड्रेकले इन्स्टाग्राममा शेयर गरेको सट्टेबाजी रिसिप्टले देखाउँछ—उनले आरसीबी को जितमा ७५०,००० डलर लगाएका छन् र १.३१२ मिलियन जित्ने सम्भावना छ। क्रिकेटमा रुचि कम भएका उत्तरी अमेरिकाका उनका फ्यानहरू याे ठूलो बाजी देखेर अचम्मित छन्।
आरसीबी सन् २०१६ पछि फाइनलमा पुगेको हो, विराट कोहलीको विस्फोटक शैलीमा फर्किएपछि उनको टिमलाई विश्वास छ। तर, पञ्जाबले पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म आइपुगेको छ।
आजको फाइनलमा बलिउड र खेलकुदका चर्चित हस्तीहरू पनि उपस्थिति जनाउनेछन्ः पञ्जाबकी सहमालिक प्रीति जिन्टा, विराटकी पत्नी अनुष्का शर्मा, र आरजे महवश जस्ता ठूला नामहरू रंगशालामा हुनेछन्।
यो भिडन्त न त एक साधारण खेल हो न त सानो बाजी। यो एक यस्तो रात हो जहाँ सबैको नजर विराट र श्रेयसका टिममाथि छ—‘ई साल कप नाम्दे’ हुने कि पञ्जाबको पहिलो जित?