“पाकिस्तानले फेरि दुस्साहस गर्यो भने त्यसको जवाफ अझ कडा हुनेछ,” भारतीय सेनाकी कर्नल सोफिया कुरैशीको यो चेतावनी ‘अपरेशन सिन्दूर’ पछिको कडा सुरक्षा संकेतका रूपमा आएको छ। भारतले पहलगाम आतंकी हमलाको बदला लिँदै पाकिस्तान र पाकिस्तानअधीकृत कश्मीर (पीओके) मा रहेका नौवटा आतंकी क्याम्पहरू ध्वस्त पारेको छ।
भारतीय आर्मी, नौसेना र वायु सेनाले संयुक्त रूपमा सञ्चालन गरेको उक्त कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नाम दिइएको हो। सेनाका अनुसार लश्कर-ए-तैयबा, जैश-ए-मोहम्मद र हिज्बुल मुजाहिदीनजस्ता आतंकी समूहहरूका करिब ९०० लडाकुहरूलाई लक्षित गर्दै आक्रमण गरिएको थियो।
सटिक योजना, सतर्क रणनीति
भारतीय सेनाले दिएको जानकारीअनुसार, राति १:०५ देखि १:३० बजेसम्म चलेको कारबाही पूर्ण रूपले विश्वसनीय सुराकीका आधारमा गरिएको थियो। कर्नल कुरैशी र विंग कमान्डर व्योमिका सिंहले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै बताएअनुसार, अपरेशनमा निर्दोष नागरिकलाई क्षति नपुगोस् भन्नेमा विशेष ध्यान दिइएको थियो।
मुंबई हमला पनि यहीँबाट योजना
भारतीय सेनाको दाबी छ कि लक्षित केही क्याम्पहरू त्यस्ता थिए, जहाँ २००८ को मुम्बई आतंकी हमलाको षड्यन्त्र र योजना बनाइएको थियो।
स्पष्ट सन्देश : प्रतिकारमा ढिलाइ हुँदैन
भारतको यो कदमलाई सुरक्षा विश्लेषकहरूले स्पष्ट सन्देशका रूपमा लिएका छन् । अब भारत शान्तिपूर्वक प्रहारको प्रतिक्षा गर्नेछैन, समयमै जवाफ दिनेछ।