नारायणी वाङ्गमय प्रतिष्ठान वीरगञ्जको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आइतबार विविध साहित्यिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरिएको छ।
कार्यक्रमको शुभारम्भ वीरगञ्ज बसपार्कस्थित भानुभक्तको शालिकमा माल्यार्पण गरेर गरिएको थियो। त्यसपछि वीरगञ्ज पब्लिक कलेजको नयाँ भवनमा वाङ्मय सम्मान, पुरस्कार वितरण र कवि गोष्ठी आयोजना गरियो।
कार्यक्रम प्रतिष्ठानकी काेषाध्यक्ष कविता खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह प्रमुख अतिथि थिए। कार्यक्रममा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, साहित्यकार गणेश लाठ, पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो।
मेयर सिंहले भानुभक्तलाई नेपाली भाषाको शिल्पी मात्र नभई नेपाली पहिचानको मेरुदण्डको रूपमा उल्लेख गर्दै वीरगञ्जमा यस्ता कार्यक्रमको आयोजना हुनु सांस्कृतिक चेतनाको प्रतीक भएको बताए।
कार्यक्रममा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, साहित्यकार गणेश लाठ र रामप्रसाद अधिकारीलाई दोसल्ला, प्रशंसा पत्र र नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
सुर्यानारायण विकले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन गीता भण्डारीले गरेकी थिइन्।
गौतम माध्यमिक विद्यालय, नवदिप एकेडेमी र सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। आयोजना गरिएको प्रतियोगितामा क्रिस्टिना कर्ण पहिलो, नारायण माझी दोस्रो र अरुण यादव तेस्रो भएका छन्।
कार्यक्रममा वीरगञ्जका विभिन्न मिडिया प्रतिनिधि, साहित्यप्रेमी र समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
तस्वीरहरूः
-11-1752407114.jpg)
-17-1752407115.jpg)
-18-1752407116.jpg)
-25-1752407117.jpg)
-20-1752407117.jpg)
-27-1752407121.jpg)
-32-1752407121.jpg)
-33-1752407123.jpg)
-47-1752407124.jpg)
-42-1752407124.jpg)
-58-1752407127.jpg)
-53-1752407127.jpg)
-61-1752407128.jpg)
-78-1752407128.jpg)
-99-1752407130.jpg)
-85-1752407130.jpg)
-153-1752407132.jpg)
-140-1752407134.jpg)
-156-1752407134.jpg)
-159-1752407136.jpg)
-160-1752407139.jpg)
-161-1752407140.jpg)
-165-1752407142.jpg)
-166-1752407143.jpg)
-171-1752407146.jpg)
-168-1752407144.jpg)
-169-1752407145.jpg)
-178-1752407146.jpg)