यो साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ७.०६ अंकले बढेर २ हजार ६५४ अंकमा कायम भएको छ। परिसूचकसँगै कारोबार रकमसमेत बढेको छ। अघिल्लो दिन ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ७ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज बजारमा अन्य समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ। अन्य समूहको सूचक १.३६ प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ ०.३५, विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.३१, लगानी ०.४८, जीवन बीमा ०.८२ र माइक्रोफाइनान्स ०.४८ प्रतिशतले बढेका छन्।
यसैगरी फाइनान्स ०.५२, जलविद्युत् ०.१४, उत्पादन तथा प्रशोधन ०.२४, निर्जीवन बीमा ०.०२ र व्यापार समूह ०.९३ प्रतिशतले घटेका छन्।
आज कारोबार भएका कम्पनीमध्ये १३७ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
मूल्य बढ्नेमा मिडसोलु हाइड्रोपावर १५ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्स ७.७५ प्रतिशत, मैलुङखोला जलविद्युत् ५.६३ प्रतिशत र मान्डु हाइड्रोपावर ५.४३ प्रतिशतले अगाडि रहे।
त्यस्तै स्नो रिभर्सको सेयर मूल्य ८.२३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ६.९६ प्रतिशत, बोटलर्स नेपाल बालाजुको ६.७५ प्रतिशत र इनिफिनिटी लघुवित्तको ५.६४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हाथवे इन्भेस्टमेन्ट, हिमालयन डिस्टिलरी, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, कुमारी बैंक, सानिमा मिडिल तमोर र लक्ष्मी सनराइज बैंक अगाडि रहेका छन्। साथै ग्लोबल आईएमई बैंक, लिबर्टी इनर्जी, सिद्धार्थ बैंक, सानिमा मिडिल तमोर र शिवम् सिमेन्ट पनि उच्च कारोबार हुने कम्पनीमा परेका छन्।