लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले असार १७ गते (जुलाई १ तारिख) मंगलबार नेपाल पत्रकार महासंघमा गमला सहित वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका अध्यक्ष लायन सुशीला साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनाल,विशिष्ट अतिथि फस्ट भिडिजी लायन राम विहारी पाण्डे, जोन चियर पर्सन लायन सुनिल कुमार गुप्ता, लायन दिगम्बर गुप्ता, डिष्ट्रिक चिफ लायन श्याम कुमार गुप्ता, एरिया चिफ लायन रामेश्वर गुप्ता, एक्सक्लुटिभ चिफ लायन बासु तिमिल्सिना, डिस्ट्रिक डिजिटल कोडिनेटर लायन नरोत्तम पाण्डे, पूर्व डिष्ट्रिक एडभाइजर लायन उमेश साह कानु अतिथि लायन्स क्लब अफ सेन्ट्रल सिटीका पूर्व अध्यक्ष लायन डा. लक्ष्मी थापाको उपस्थिति थियो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष निलिमा पौडेल, सचिव विजय चौहान,सहसचिव अजय चौरसिया, सदस्यहरु कमला भण्डारी, रितेन्द्र झा, अजित भुजेल, लगायत पत्रकारहरु सन्तोष कुशवाहा, आरोहण साह, राकेश साह, आनन्द पटेल, जाकिर हुसेन, साइस्ता खातुन,रञ्जित रौनियार लगायत पत्रकारहरुको उपस्थिति थियो ।

कार्यक्रममा फस्ट भिडिजी लायन राम विहारी पाण्डेले लायन्स क्लब र नेपाल पत्रकार महासंघलाई जोड्ने काम वृक्षारोपणबाट सुरुवात भएको र आगामी दिनमा पनि यस्ता धेरै कार्यहरु गर्ने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश खनालले क्लबले सामाजिक सेवामा लागिरहदाँ नेपाल पत्रकार महासंघमा वृक्षारोपण गरी सेवाको भावना देखाएकोमा क्लबका सदस्यहरु प्रति धन्यवाद दिदै क्लबलाई निरन्तर महासंघसँग हातेमालो गर्दै काम गर्दै जाने धारणा राखेका छन् ।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका उपाध्यक्ष लायन देवन्ती साह, सचिव लायन कविता खड्का, सदस्यहरुमा लायन मिना टिवडेवाल, लायन अनामिका मिश्र, लायन सुगन्धी कुशवाहा, लायन सरिता सिंह, लायन रोशनी श्रीवास्तव, लायन सलोनी सिखाले गमलामा फूल रोपेर नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरेका थिए ।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका कार्यक्रमको सहजिकरण लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका सचिव लायन कबिता खड्काले गरेकी थिइन् ।