चाडपर्वलाई लक्षित गर्दै वीरगञ्जमा टीभीएसको ‘अब सबैको महा एक्सचेन्ज’ अफर सुरु भएको छ । पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी उक्त अफर सञ्चालनमा ल्याइएको हो ।
वीरगञ्जस्थित नारायणी यातायात नजिक रहेको टीभीएसको आधिकारिक बिक्रेता अंकित ट्रेड कन्सर्नले सञ्चालन गरेको अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरको मूल्यांकन गराई नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सक्नेछन् । कम्पनीले पुरानो सवारीसाधनको उचित मूल्यांकनसँगै नयाँ सवारीसाधन खरिदमा विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने जनाएको छ ।
अफरअन्तर्गत ग्राहकले पुरानो सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म नगद फिर्ता पाउने अवसर प्राप्त गर्न सक्नेछन् । त्यस्तै, १० लाख रुपैयाँसम्म नगद छुटका साथै ‘गोल्डेन की’ जित्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ ।
अंकित ट्रेड कन्सर्नका सञ्चालक माधवराज पालका अनुसार चाडपर्वलाई लक्षित गरी ल्याइएको उक्त अफर छठपर्वसम्म सञ्चालन हुनेछ । उनले ग्राहकले कम्तीमा एक सातासम्म एक्सचेन्ज अफरको लाभ लिन सक्ने जानकारी दिए । उनका अनुसार विद्युतीय स्कुटरसमेत आकर्षक मूल्यमा उपलब्ध छन् भने ग्राहकका लागि किस्ताबन्दीमा सवारीसाधन खरिद गर्ने सुविधासमेत व्यवस्था गरिएको छ ।
कम्पनीका अनुसार अफरमा सहभागी ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिस सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा सहज किस्ताबन्दीमा नयाँ सवारीसाधन खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।
पुराना सवारीसाधनको मूल्यांकनदेखि नयाँ सवारीसाधन खरिदसम्मको प्रक्रिया सहज बनाउने उद्देश्यले अफर सञ्चालन गरिएको कम्पनीले जनाएको छ । यस अफरले पुराना मोटरसाइकल तथा स्कुटर प्रयोग गरिरहेका ग्राहकलाई नयाँ प्रविधि र सुविधासहितका टीभीएस सवारीसाधन खरिद गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।