तीन दिनयता नेपाली सेयर बजार उकालो लागिरहेको छ । मंगलबार नेप्से परिसूचक २८.९१ अंकले उकालो लाग्दै २६६० विन्दुमा पुगेको छ ।
यसअघि आइतबार २६ अंक र सोमबार ९ अंकले बजार बढेको थियो । मंगलबारको वृद्धिसँगै कारोबार रकमसमेत उल्लेख्य रूपमा बढेको छ । अघिल्लो दिन ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
सो दिन २१७ कम्पनीको मूल्य बढ्दा ३१ कम्पनीको मूल्य घटेको छ । अधिकांश समूहका सूचक हरियाली देखिए । लगानी समूह सबैभन्दा बढी २.३८ प्रतिशतले उकालो लाग्यो ।
बैंकिङ १.०९, विकास बैंक १.२१, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर १.३८, जीवन बीमा १.१२, माइक्रोफाइनान्स २.२२, निर्जीवन बीमा १.०५ र अन्य समूह ०.४८ प्रतिशतले बढे । भने उत्पादन तथा प्रशोधन ०.०७ र व्यापार समूह ०.६१ प्रतिशतले ओरालो लागे ।
सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य ९.८७ प्रतिशतले बढ्यो । बरुण हाइड्रोपावर ८.४१, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन ८.३१ र सपोर्ट माइक्रोफाइनान्स ८ प्रतिशतले उक्लिए ।
लगातारको वृद्धिपछि लगानीकर्ता माझ बजारप्रति उत्साह देखिएको छ ।