बिहीबार सेयर बजार परिसूचक नेप्से १२.९५ अंकले घटेको छ । यो गिरावटसँगै नेप्से २६५२ अंकमा झरेको छ । अघिल्लो दिन १.४० अंकले बढेको बजार बिहीबार भने कारोबार सुरु भएको केही मिनेटमै ओरालो लागेको थियो ।
कारोबार सुरु भएको पहिलो दुई मिनेटसम्म बजारले बढ्ने संकेत देखाए पनि त्यसपछि दिनभर नेप्से रातो अंकमा रह्यो । बजार घटेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ७२ करोड रुपैयाँमा सीमित भएको छ ।
यस दिन ५६ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत सूचकतर्फ माइक्रोफाइनान्सबाहेक सबै समूह घटेका छन् । माइक्रोफाइनान्स समूह ०.०९ प्रतिशतले बढेको छ । बैंकिङ ०.५७, विकास बैंक ०.७०, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.४२, जलविद्युत् ०.६७, लगानी ०.२९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.६२, निर्जीवन बीमा ०.३९, अन्य ०.४८ र व्यापार समूह ०.१४ प्रतिशतले घटेका छन् ।
यस दिन स्नो रिभर्सको सेयर मूल्य सबैभन्दा धेरै २.८७ प्रतिशतले बढेको छ । एसियन हाइड्रोपावर २.७०, मेरो माइक्रोफाइनान्स २.४२, भगवती हाइड्रोपावर २.३८ र आँखुखोला जलविद्युत् २.३७ प्रतिशतले बढेका छन् ।
यता, चिरख्वा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.६१ प्रतिशतले घटेको छ । हिमालयन रिइन्स्योरेन्स ३.७५, उन्नति सहकार्य लघुवित्त ३.६५ र भुजुङ हाइड्रोपावर ३.६५ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी पहिलो स्थानमा रहेको छ । त्यसपछि नेपाल पुनर्बीमा, घलेम्दी हाइड्रोपावर, अपी पावर, एनआईसी एसिया बैंक, छिमेक लघुवित्त र राधि विद्युत् क्रमशः अगाडि रहेका छन् ।