साताको अन्तिम कारोबार दिन सेयर बजारमा सबै समूहगत सूचकहरू ओरालो लाग्दा नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८ विन्दुमा झरेको छ। यद्यपि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको देखिएको छ।
अघिल्लो दिन ९ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम ११ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। बजारमा जम्मा ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको सेयर घटेको छ।
आज सबै समूहगत सूचकहरू घटेका छन्। व्यापार समूह सबैभन्दा धेरै २.४७ प्रतिशतले घटेको छ। त्यसैगरी हाइड्रोपावर १.३४, विकास बैंक १.१२, अन्य समूह १.१२, माइक्रोफाइनान्स १.०६, उत्पादन १.०१, होटल तथा पर्यटन ०.९६, फाइनान्स ०.९३, लगानी ०.७३, बैंकिङ ०.५०, जीवन बीमा ०.४१ र निर्जीवन बीमा ०.३४ प्रतिशत घटेका छन्।
पन्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै मध्यभोटेकोशी जलविद्युत् कम्पनी ५.५५%, शिवश्री हाइड्रो ४.०४%, पाँचथर पावर ३.५९% र आँखुखोला जलविद्युत् कम्पनी ३.२३% ले बढेका छन्।
उता, पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले घटेको छ। यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ६.४४% र सप्तकोशी विकास बैंक ५.९०% ले ओरालो लागेका छन्।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् कम्पनी अग्रस्थानमा रहेका छन्।
सेयर बजारको हालको उतारचढावले लगानीकर्तामा थप सतर्कता अपनाउन संकेत दिएको विश्लेषकहरू बताउँछन्।