पाँच दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा महोत्तरीको बर्दिबासमा पाँच दिनदेखि संचालित थियो । पाँच दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम मध्यपुर्वी पृतना हेडक्वाटरको सहकार्यमा भएको हो ।
अभिमुखिकरण कार्यक्रममा मध्यपुर्वी पृतना अन्तर्गत पर्ने ११ जिल्लाका २७ जना संचारकर्मीहरुको सहभागिता रहेको मध्यपूर्वी पृतनाले जनाएको छ । नेपाली सेना र सञ्चार जगत बीचको आपसी समझ्दारीलाई अभिवृद्धि गर्ने उद्देश्यले सो अभिमुखिकरण कार्यक्रम गरिएको पनि जनाइएको छ । आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको मध्यपूर्वी पृतनाले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रम समापनको अवसरमा विगत १० वर्षदेखि अविछिन्न रुपमा नेपाली सैनिक रेडियो कार्यक्रम नि.शुल्क प्रसारण गर्दै आएको सञ्चार माध्यमलाई सम्मान गरिएको थियो । नागरिक–सैनिक सम्बन्ध सुदृढ गराउन तथा आम नागरिकलाई सैनिक गतिविधिबारे सुसूचित गराई नेपाली सेनाको छवि प्रवद्र्धनमा रेडियो शैलुङ सामुदायिक एफ.एम ९२.७ मेगाहर्ज, महोत्तरीको रेडियो अपन मिथिला, सिन्धुलीको रेडियो सिद्धबाबा र रामेछापको हजुरको रेडियोलाई नगद र कदर पत्र सहित सम्मान गरिएको थियो । यी एफएमहरुलाई जनसम्पर्क महाशाखाका प्रमुख एवम् महासेनानी हरि बहादुर विश्वकर्माले सो अवसरमा सम्मान गरेका थिए ।
सहभागिको तर्फबाट पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनालले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रमले नेपाली सेना र सेनाले गर्ने काम कर्तव्य प्रतिको बुझाईमा अझ स्पष्टता भएको र नेपाली सेना र पत्रकार दुबैको उद्देश्य नेपाली जनतालाई सहज जिवनयापन गर्न समन्वय र सहकार्य गर्ने रहेकोले बताएका थिए । महोत्तरी जलेश्वरको रुद«ाक्ष रेडियोमा कार्यरत उपासना तिवारीले नेपाली सेनाको सांगठनिक संरचना कार्य प्रणाली विपत व्यवस्थापनमा यस्को भुमिका र राट्रिय सेवामा सेनाको भुमिका र राष्ट्र प्रतिको समपर्णको बारेमा बुभ्ने सुनौलो अवसर भएको बताएकी थिइन् ।

कार्यक्रममा मध्यपुर्वी पृतना हेडक्वाटर्स बर्दिबासका निमित्त पृतनापति भुवन खत्रीले सहभागी विभिन्न माध्यममा कार्यरत २७ जना सञ्चारकर्मीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त पृतनापती खत्रीले सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता, स्पष्टता एवं शीघ्रता हुने अभिमुखिकरण कार्यक्रमले विश्वास लिएको बताए । उक्त कार्यक्रममा रक्षा संवाददाताहरुलाई सेनाको सांठनिक स्वरुपको बारेमा जानकारी दिइएको थियो । सेनाको भूमिका तथा सेना अन्तर्गतका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया गरिएको थियो ।
सो अभिमुखीकरण कार्यक्रमको सहजीकरण जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्ङी अड्डाका सेनानी सबिन विक्रम कुंवरले गरेका थिए ।
तस्वीरहरूः






