बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.१५ अंक घटेर २७४० अंकमा अडिएको छ। बजारमा कारोबार रकम पनि करिब ४० प्रतिशतले घटेको छ।
अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ८० करोडको कारोबार भयो। यो रकम गत फागुन २५ यताकै न्यून हो। सो दिन सर्किट ब्रेक लागेर बजार स्थगित हुँदा पूरा कारोबार हुन सकेको थिएन।
आज ८२ कम्पनीको मूल्य बढ्दा १७६ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो। व्यापार र उत्पादन समूहबाहेक सबै समूहगत सूचक घटेका छन्। व्यापार समूह १.५० प्रतिशत र उत्पादन समूह ०.४७ प्रतिशतले बढे।
बैंकिङ ०.२४, विकास बैंक ०.१९, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.४२, हाइड्रोपावर ०.१२, लगानी ०.२२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६१ र अन्य समूह ०.३० प्रतिशतले घटे।
आज एसियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ११.४२ प्रतिशतले बढ्यो। एसवाई प्यानल ४.६२ प्रतिशतले बढ्दै दोस्रोमा रह्यो।
त्यस्तै धौलागिरि लघुवित्त ११.१७ प्रतिशत, झापा इनर्जी ९.४३ प्रतिशत र रिजलाइन इनर्जी ४.८७ प्रतिशतले घटे।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा एसवाई प्यानल, रिडी पावर, साहस ऊर्जा, सोलु हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्स रहेका छन्।