नेपाली सेयर बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ। बुधबार नेप्से परिसूचक २५.८१ अंकले घट्दै २७४४ अंकमा झरेको हो। अघिल्लो कारोबार दिन पनि नेप्से २६.१६ अंकले घटेको थियो।
बजारसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो दिन ६ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार घटेर ४ अर्ब ९८ करोड रुपैयाँमा सीमित भएको छ। कुल कारोबारमा ३० कम्पनीको शेयर मूल्य बढ्दा २३५ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।
क्षेत्रगत रूपमा हेर्दा अधिकांश सूचकहरू घटेका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.२४ प्रतिशतले ओरालो लागेको छ। त्यस्तै बैंकिङ ०.७६, फाइनान्स ०.६४, होटल तथा पर्यटन १.६४, हाइड्रोपावर १.४५, लगानी ०.६६, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा १.११ तथा अन्य समूह ०.९२ प्रतिशतले घटेका छन्। भने व्यापार समूह १.०९ प्रतिशत र विकास बैंक समूह ०.१४ प्रतिशतले वृद्धि भएका छन्।
कम्पनीगत रूपमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै १३.८१ प्रतिशतले बढेको छ। त्यसपछि लक्ष्मी लघुवित्त २.६६, धौलागिरि लघुवित्त २.३३ र भुजुङ हाइड्रोपावर २.२६ प्रतिशतले उकालो लागेका छन्।
यता, शिखर पावरको शेयर मूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशतले घटेको छ। पाल्पा सिमेन्ट इन्डस्ट्रिज ७.७९, त्रिशुली जलविद्युत ६.९८ र झापा इनर्जी ५.८३ प्रतिशतले घटेका छन्।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र नेसनल हाइड्रोपावर रहेका छन्।