मध्य नेपाल मिडियाको दशौं वार्षिक उत्सवको अवसरमा उत्कृष्ट महिला नेतृत्वलाई सम्मानित गरिएको छ । मिडियाले शुक्रबार वीरगञ्जमा आयोजना गरेको समारोहमा ‘मध्य नेपाल महिला नेतृत्व अवार्ड–२०८२’ वितरण गरेको हो ।
विभिन्न क्षेत्रमा नेतृत्व गरिहेका नेतृत्वकर्तामध्ये ५ जना उत्कृष्ट नेतृहरूलाई सो अवार्ड दिएको हो । एकजनालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
लाइफटाइम एचिभमेन्ट अवार्ड शान्ति कार्कीलाई
वीरगञ्ज महानगरपालिकाकी पूर्वउपप्रमुख शान्ति कार्कीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । पञ्चायती शासनविरुद्धको आन्दोलनमा ६ वर्ष जेल बसेर जीवन नै राजनीतिमा समर्पित गरेकी ९६ वर्षीया कार्कीलाई राजनीतिमार्फत् समाज रुपान्तरणमा पु¥याएको योगदानको कदर गर्दै सो अवार्ड प्रदान गरिएको हो । कार्की २०७४ को स्थानीय चुनावमा वीरगञ्ज महानगरको उपप्रमुख निर्वाचित भएकी थिइन् ।
पूर्वउपप्रमुख शान्ति कार्कीलाई लाइफटाइम एचिभमेन्ट अवार्डउत्कृष्ट नेतृत्वलाई अवार्ड
राजनीतितर्फ पर्साको पटेरवासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोलाई अवार्ड दिइएको छ । महतो लगातार २ कार्यकाल उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
पटेरवासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोसहकारीमार्फत महिलाहरूको आर्थिक अवस्था उकास्न योगदान पु¥याएकी बाराको सिमरास्थित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी सल्लाहकार अनिता लम्साल सम्मानित भएकी छन् । उनले हिंसामा परेका महिलाहरूको संरक्षण र पुनस्र्थापनामा काम गर्दै आएकी छन् ।
महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी सल्लाहकार अनिता लम्सालत्यस्तै शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै वीरगञ्जको जीएचपी स्कुल सञ्चालक रमिन्दर कौरलाई सम्मानित गरिएको छ ।
जीएचपी स्कुल सञ्चालक रमिन्दर कौरदलित महिलाहरूको आर्थिक र सामाजिक संस्था उकास्न पु¥याएको योगदानका लागि निलाकुमारी रामलाई अवार्ड दिइको छ । रामले दलित महिला संघ पर्सामार्फत पर्साका दलित महिलाको क्षेत्रमा काम गर्दै आएकी छन् ।
दलित महिला संघकी अध्यक्ष निलाकुमारी राममध्य नेपालको वार्षिक उत्सवमा उद्यमी रेखा शर्मालाई पनि सम्मानित गरिएको छ । शर्माले नेतृत्व गरेको उद्यमबाट उत्पादित अचार स्वदेश र विदेशी बजारमा जाने गरेको छ ।
नेतृत्वमा के चाहन्छन् महिला ?
मिडियाले शुरू गरेको ‘नेतृत्वमा के चाहन्छन् महिला ?’ पड्काष्ट शृङ्खलाको एक वर्ष पूरा भएको सन्दर्भमा प्यानल डिष्कसन आयोजना गरिएको थियो ।
मध्य नेपाललकी सम्पदक कविता खड्काले सहजीकरण गरेको प्यानल डिस्कसनमा प्रतिनिधिसभा सदस्य ज्वाला साह, राष्ट्रिय महिला आयोग पूर्वअध्यक्ष शेष चाँदतारा, सञ्चारिका समूह, मधेश प्रदेश अध्यक्ष सुनिता बराल र राधाकृष्ण मेहन्दी ट्रेनिङ सेन्टरकी सञ्चालक श्वेता गुप्ता प्यानलिष्टको रुपमा सहभागी थिए ।
-264-1756039027.jpg)
सहभागी प्यनलिष्टहरूले संविधानले नीति निर्माणको तहमा ३३ प्रतिशत महिला प्रतिनिधित्वका लागि आरक्षणको व्यवस्था गरे पनि महिलाहरूको सार्थक सहभागिता हुन नसकेको बताए ।
-224-1756039099.jpg)
महिलाका सरोकारहरू ओझेलमा परेकोमा उनीहरूको मत्यैक्यता थियो । मध्य नेपालले आफ्ना सञ्चारमाध्यमका विभिन्न सन्दर्भबाट अहिलेसम्म ३६ हजारभन्दा बढी महिलाहरुको आवाजलाई स्थान दिइसकेको छ ।
तस्वीरहरूः
-315-1756039162.jpg)
-310-1756039159.jpg)
-313-1756039159.jpg)
-323-1756039162.jpg)
-275-1756039157.jpg)
-269-1756039156.jpg)
-265-1756039155.jpg)
-251-1756039154.jpg)
-246-1756039153.jpg)
-250-1756039153.jpg)
-237-1756039151.jpg)
-241-1756039151.jpg)
-216-1756039149.jpg)
-232-1756039150.jpg)
-168-1756039148.jpg)
-171-1756039148.jpg)
-119-1756039146.jpg)
-64-1756039144.jpg)
-354-1756039144.jpg)
-341-1756039143.jpg)
-324-1756039142.jpg)