‘रक्तदान जीवनदान, रक्तदान महादान’ भन्ने मूल नाराका साथ साउथ सिटी हस्पिटल, वीरगञ्जद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। वीरगञ्ज–१५ स्थित द हिमाल नर्सिङ्ग इन्स्टिच्युटको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा १२ जना महिलासहित ४१ जनाले रक्तदान गरेका छन्।
रक्तदान गर्ने व्यक्तिहरूमा अञ्जली यादव, बिनिता श्रेष्ठ, सोफिया मल्ल, रितिका यादव, मिना पाण्डे, अञ्जनी यादव, प्रणिशा न्यौपाने, प्रीयान्शु यादव, दिलमाया प्रजा, लालबाबु चौधरी, जितेन्द्र कुमार यादव, साहिल अन्सारी, रामबाबु मुखिया, मो. नुरबाबु हास्मी लगायत सहभागी थिए।
कार्यक्रममा साउथ सिटी हस्पिटलका प्रशासन प्रमुख लालबाबु चौधरीले गर्मीको कारण नेपाल रक्तसञ्चार केन्द्र, वीरगञ्जमा रगतको अभाव देखिएको जानकारी पाएपछि छोटो समयमै कार्यक्रम आयोजना गरिएको बताए। उनले हस्पिटलले हरेक वर्ष दुई पटक रक्तदान कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण रक्तदाताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरे।
नेपाल रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डेले पछिल्लो दुई महिनादेखि गर्मीका कारण रक्तदान गर्नेहरूको संख्या घटेको र यसले वीरगञ्जमा उपचार गराउन आउने बिरामीहरूलाई गम्भीर समस्या निम्त्याएको जानकारी दिए। उनले रगतको अभाव पूर्तिका लागि जारी अपिललाई आत्मसात गरी विभिन्न व्यक्ति तथा संस्थाहरूले रक्तदान कार्यक्रम सञ्चालन गरिरहेकोमा आभार व्यक्त गर्दै अझ बढी सहयोगको आवश्यकता औंल्याए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सदस्य दया शंकर सिंह, रेडक्रस रेशमकोठी उपशाखाका सचिव तथा वीरगञ्ज कपडा बैंकका अध्यक्ष सञ्चारकर्मी लालबाबु सिंह, उपशाखाका सहकोषाध्यक्ष सञ्चारकर्मी अभिलाष गुप्ता, सञ्चारकर्मीहरू राज सराफ, राम आर्य, अर्जुन गुप्ता, प्रहलाद चौरसिया तथा साउथ सिटी हस्पिटलका पदाधिकारी, शिक्षक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सफल बनाउन नेपाल रक्तसञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा प्राविधिक जितेन्द्र कुश्वाहा, नितेश यादव लगायतका स्वयंसेवकहरूको टोलीले प्राविधिक सहयोग प्रदान गरेका थिए।