समाज सुुदृदीकरण हाम्रो अभियान लक्ष्यका साथ टीमवर्क अवधारणबाट सात वर्ष अघि मधेश प्रदेशको वीरगंज महानगरपालिकाको घण्टाघर छेउबाट मध्य नेपाल मिडिया प्रा.लि. प्रकाशनमा आएको हो । कविता खड्काको सम्पादकत्वमा प्रकाशित मध्य नेपाल सन्देश साप्ताहिक पत्रकारिता क्षेत्रमा छोटो अवधिमा नयाँ आयाम थपेर टिक्न सफल भएको छ । विभिन्न आरोह–अवरोह पार गदैै कलम यात्राको सर्घषलाई २०८० साल भाद्र १२ गतेबाट आठौं वर्षमा प्रवेश गराउन सक्नु ‘मध्य नेपाल सन्देश’ साप्ताहिकको सत्य, निष्पक्ष र विश्वसनियताको आधार हो । प्रगतिशिल, व्यवसायिक, नैतिकता सकरात्मक दृष्टिकोण र आमूल परिवर्तनलाई निरन्तरता दिन अझ यो पत्रिकाले सुशासन विधिको शासन, समाजवादी अर्थतन्त्रको प्रतिनिधित्व गर्दै अघि बढ्न सक्नु पर्छ । सूचना प्रविधि र सूचना क्रान्तिको यस शताब्दीमा महिलाको नेतृत्वबाट प्रकाशित मधेश प्रदेशको एक मात्र रंगीन पत्रिका मध्य नेपाल सन्देशले नयाँ नौलो संचार सामग्री पस्कनु यसको नौलो आयाम हो । पाठक अभिरुचिका थप सामग्रीहरु समावेश गरी छोटो अवधिमा समाजसामु स्थापित हुनु सामान्य कुरा होइन । यसमा मध्य नेपाल टीमले पुु¥याएको उत्साहप्रद क्रियाशिलतालाई शुभकामना भन्नै पर्छ ।
विश्वको पहिलो संचार माध्यम छापा (अखबार) लाई सूचना प्रविधिको उच्चतम विकासले उछिन्दै अनलाइनको विकाससम्म पुग्दा विकासको यस संसारमा थप चुुनौति थपेको छ । तर यस बीचमा प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने सम्भावनालाई समेत मध्य नेपालले जिवन्त राखेको छ । इन्टरनेट आपैmमा संचार माध्यम होइन । तर यसलाई आमसंचार माध्यमको रुपमा प्रयोग गर्ने क्रम निकै बढेको छ । छापामा माध्यमको आवश्यकता र महत्वलाई भने ओझेलमा पार्न भने सकेको छैन । आफन्तलाई भेटन पनि मोबाइल र फेसबुक अनिवार्य जस्तै भएको छ । अत्याधुुनिक प्रविधिबाट सुसज्जित माध्यमले पनि पाठकहरुलाई छापा अखबारले जति सन्तुुष्ट दिन भने सक्दैन । यो यर्थाथ अनुुभूति हो । हिजोआजको पत्रकारिता भोलिको इतिहास भनिन्छ । पत्रकारिता विकासको कालखण्डमा संचार क्षेत्रमा संचार प्रविधिको अभूतपूर्व र उच्चतम प्रगतिलाई आत्मसात गदै छापा पत्रकारिताको संस्थागत विकास गर्ने अठोट र साहसका साथ नयाँ आयम थप्दै मध्य नेपाल सन्देश साप्ताहिक समाचार पत्रले निरन्तरता पाउनुु पर्सावासीलाई मात्र होइन । देशभरका पत्रकारिता प्रेमी पाठकहरुका लागि पनि गौरवको विषय हुुनु पर्छ । यो संसारमा गर्न खोज्यो भने असंभव भन्ने केही छैन भन्ने कुरा पाठक समक्ष ल्याउन, समाचार सुुुम्प्रेषण गर्नुु पत्रकारिता हो । लभध ष्क लभधक भनिन्छ । एउटै पत्रकारले एकै चोटी पाठकका सबै चाहना र अभिरुचि समावेश गरेर हिजो आजका पाठकहरुलाई सन्तुुष्टि दिन असम्भव भए पनि हिजो आजको संचार माध्यमले जतिसक्दो छिटो लगभग पाठक श्रोता र दर्शकले खोजेको चाहेको विषयवाट सूूूसुुचित गर्न प्रयास गरेको छ । तैपनि पूर्णता भने छैन ।
आवश्यकता नै आविष्कारको जननी हो । देशभक्ति भावना र जन जवाफदेहितालाई आत्मसात गर्दै मध्य नेपाल सन्देशले पाठकहरुको मन जितेर वितरण संख्या बढाउन सफल भएको कारण पत्रिका प्रकाशनका लागि आवश्यक सूचना, विज्ञापन र अन्य सामग्री सन्तोषजनक हिसाबले उपलब्ध भएको देखिन्छ । यस साप्ताहिक समाचार पत्रको थप सफलताको कामना गर्दै उत्साहपूर्वक स्वःतस्फूर्त रुपमा यस पत्रिकामा संलग्न भएर आ–आफनो क्षेत्रबाट योगदान पुु¥याइ रहनुु भएका छन् । नेपाल र नेपालीको अस्तित्व जिवन्त राख्दै यो संसारमा मध्य नेपाल सन्देशको आयुु ऐतिहासिक रुपमा बढ्दै जाओस् भन्ने मंगलमय शुुभकामना सहित उत्तरोत्तर प्रगति चाहन्छु ।
यतिखेर सूचना प्रविधिको उच्चतम विकाससंगै छापा माध्यम अखबारको ठाउँ पूर्ण रुपमा अनलाइन इलेक्ट्रोनिक मिडियाले ओगटेको छ । इलेक्ट्रोनिक मिडिया अनलाइनको अझ थप विकास भए पनि छापा मिडिया कहिल्यै मर्दैन । यो जिवन्त छ । पुुुराना छापा माध्यमको प्रकृति नै अनौठो छ । यो शास्वत सत्य छ । अनलाइन प्रिण्ट मिडियाले छापा मिडियाले जस्तो पाठकको खाँचो र भोक कुुनै पनि हालतमा मेटाउन सक्दैन । प्रिण्ट मिडियामा लागेको मानिसले हरेश खाई विलाउन हुदैन । पत्रकारिताको जीवनमा हरेश खाइ पछि सर्नु हुन्न । प्रिण्ट मिडिया विस्थापित र समाप्त हुुन सक्दैन । मध्य नेपाल सन्देश प्रिण्ट मिडियाका रुपमा नयाँ इतिहासका रुपमा नयाँ प्रतिवद्धताका साथ आफ्नो स्वतन्त्र अस्तित्व सहित बाँच्नका लागि संघर्ष गर्न सफल रहोस् भने चाहन्छ । पत्रकारिता नै संघर्षको रुप र पाइला हो । मध्य नेपाल सन्देश पत्रकारिता टिममा संलग्न सबैले जीवन पद्धति बनाएर एकता, संघर्ष र रुपान्तरणको वैज्ञानिक नीति नियम बिर्सनुु हुुुुदैन । आचार संहिताको पालना सहित कर्तव्य पथमा लम्कन सके मात्र मध्य नेपाल सन्देशले पाठकहरु बिच स्थायित्व पाउन सक्दछ । पत्रकारितामा आवद्ध सबैको आफ्नो विशेष जीवन कार्यशैली र जीवनपद्धति रहेमात्र स्थापित हुुुन सक्दछ । संचार माध्यममा आवद्ध सबै असल र स्थापित पत्रकार संचारकर्मी हुुुन सक्दैनन् ।
यस पत्रिकाले चुुुनौति र संभावनाको नियमलाई पक्रन सक्नुु पर्दछ । तबमात्र सफलता मिल्दछ । पत्रकारिता जीवनको हिजो आज र भोलि छुुट्टै पहिचानका साथ बाँच्नुु पर्दछ । वर्गीय पक्षधरता हुुुुुन्छ नै । दलाल पूजीवादी शक्ति र व्यक्तिलाई के मध्य नेपाल सन्देश सिकाइ हुन सक्दैन ? संचार माध्यमले परम्परा र आधुुुुनिकता बीच सामञ्जस्यता र सन्तुलन राख्नै पर्दछ । संचार माध्यम धन आर्जन गर्ने, मुुुनाफा कमाउने पेशा होइन । विभिन्न चुुुुनौतिसंग कति पनि हरेश नखाई आफ्नो लक्ष्य र गन्तव्यमा पुुग्न साजसज्जा, स्तम्य सामग्री ताजा, जल्दोवल्दो मुुुद्दा, पाठकका अभिरुचिका विषय, खेलकुुद मनोरञ्जन, खोजी पत्रकारिता, विकासात्मक पत्रकारिता र अनुुुसन्धानत्यक पत्रकारितालाई पनि बेला बेलामा स्थान दिनाले स्तरीय पत्रकारिताको दर्जा मिल्ने छ । पाठक प्रतिक्रियालाई महत्वका साथ स्थान दिनुुु पर्दछ । देशभक्तिपुुर्ण क्रान्तिकारी पत्रकारिताको बाटो पहिल्याउन अल्मलिनुु हुुुदैन । परिवर्तनका संवाहक र निर्णायक शक्ति पाठक, जनता हुुुन् । चेतनशील पाठकहरु विचारशिल पाठकहरु पत्रिकाको साझा सम्पति हुुुन् । सबै पाठकहरुमा पनि विशेष शुुभकामना ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना