नेपाली महिला राष्ट्रिय फुटबल टोली भोलि (शुक्रबार) इरानसँग मैत्रीपूर्ण खेल खेल्दैछ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ।
उज्बेकिस्तानमा सम्पन्न महिला एसियन कप छनोटपछि नेपाली टोली पहिलोपटक अन्तर्राष्ट्रिय मैदानमा उत्रिन लाग्दैछ।
नेपालले इरानसँगको खेलपछि १० कात्तिकमा भारतसँग अर्को मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि १३ कात्तिकमा भारतसँग एक अनौपचारिक (अनअफिसियल) मैत्रीपूर्ण खेल पनि तय भएको छ।
फिफा वरियतामा भारत ६३औं स्थानमा, इरान ७०औं स्थानमा र नेपाल ८९औं स्थानमा रहेका छन्।
खेल तालिका :
- इरान बनाम भारत — ४ कात्तिक (साँझ सवा ६ बजे)
- इरान बनाम नेपाल — ७ कात्तिक (साँझ सवा ६ बजे)
- भारत बनाम नेपाल — १० कात्तिक (साँझ सवा ६ बजे)
नेपालको टोली :
साबित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला बिक, दिपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु र उषा नाथ।