काँधमा नेतृत्वको जिम्मेवारी नहँुदाको विद्यार्थी र अहिले सबै विद्यार्थीको नेतृत्व गर्दा के फरक हुँदो रहेछ ?
स्वतन्त्र विद्यार्थी युनियनको सभापति भइसकेपछि चाहिँ एउटा नामको अगाडि सभापति वा अध्यक्षको ट्याग लागिसकेपछि आफूमाथि एउटा जिम्मेवारी छजस्तो अनुभूति हुन्छ । मिटिङ्ग गर्दा आफूले निणर्य गरेर पठाउनुपर्ने हुन्छ । निणर्य लिँदै गर्दा म एउटा पदमा भइसकेको र मैले सही नणर्य गर्नुपर्छ भन्ने विचार चाहिँ आफंै आउँदो रहेछ । स्वतन्त्र विद्यार्थी युनियनले साँच्चै स्वतन्त्र तुल्याउनु पर्छ । अब मेरो कामले मन जित्नु पर्छ भन्ने कुरा मेरो मनमा छँदैछ । मेरो कामहरूप्रति त्यो जिम्मेवारीप्रति मेरो अठोट मैले निभाउन सक्छु र मैले गर्न सक्छु भनेर अगाडि बढेको छु । स्ववियु सभापति भइसकेपछि र एकदमै फरक आउँदो रहेछ । किन भने पहिला हामी के नै बोल्न सक्छौं। कहाँ के कसरी काम हुन्छ एकदम अनविज्ञ थिएँ । अहिले चाहिँ म अनविज्ञ हुनु हँुदैन । कहाँबाट के काम हुन्छ, कसरी विद्यार्थीहरूलाई सहुलियत हुन्छ ? विद्यार्थीलाई हामीले कसरी उहाँहरूको पक्षमा काम गर्न सक्छौं । एजेण्डा बनाइयो । त्यो एजेण्डामा कसरी पूरा गर्ने ? बजेट निर्धारण कसरी गर्ने ? स्ववियु सभापति भइसकेपछि कसरी सबैलाई मिलाएर लाने । यो सबै सोचमा फरक आउँदो रहेछ ।
नेतृत्व किन चाहनुभएको थियो ?
नेतृत्व यस्तो हुँदोरहेछ । आफ्नो व्यक्तिगत रुची भनौं कि आफूलाई पहिलादेखि मन परेको कुरा भनूँ । कि त्यो मबाट केही परिवर्तन हुन्छ भने म गर्न सक्छु । आफूमा त्यो आँट त्यो विश्वास त्यो रहर, इच्छा, चाहना सबै मिलेर नेतृत्व गर्न क्षमता छ भनेर अगाडि आएको हो । त्यही भएर खेल्ने कुद्ने समयमा पनि एउटा लेबल अफ मेजरिटीमा आएको हो । आफूमा भएको क्षमता आफूबाहेक अरू कसैलाई थाहा हुँदैन । आफूले आफूभन्दा कसैले बुझेको हुँदैन । आफूले गर्न सक्ने काम र क्षमता पहिचान गरेर अगाडि बढेको हो । यो उमेरमा मैले केहि ँपरिवर्तन ल्याउन सके भने एउटा उदाहरण बनेर नै वीरगञ्ज नर्सिङ्ग क्याम्पसलाई देखाउन सक्छु ।
हाम्रो देशमा महिलाहरूको सार्थक नेतृत्वको अवस्था कस्तो छ ?
असम्भव केही पनि हुँदैन । गर्न सक्नेले जे पनि गर्न सक्छ । विदेश गएर आफ्नो देशमा फर्केर केही गर्छन् भन्ने उदाहरणीय व्यक्तिहरू पनि टन्नै हुनुहुन्छ । आफूले त्यो वातावरण सिर्जना गर्नु पर्दछ । आफू देशमा केही गर्न सक्छु र अरूले पनि देशमा केही गर्न सकिन्छ भन्ने ठानेर अघि बढ्नु पर्दछ । महिलाले अर्थपूर्ण र सार्थक नेतृत्व गर्न सक्दछन् ।
के एउटा महिलाले नेतृत्व गर्न सजिलो छ ?
पुरुष र महिलाको विवाद पहिलादेखि नै चल्दै आएको हो । अहिले २१ औं शताब्दीमा पनि यही कुरा छ । महिला र पुरुष राजनीतिमा पनि त्यही छ । हाम्रो क्याम्पसमा पनि त्यही छ । नर्सिङ्ग त केटी मान्छेले मात्र पढ्ने हो, पुरुषले होइन भन्ने विगतको बुझाइ थियो । तर, पुरुष पनि नर्स पढ्न हुन्छ भन्ने कुरा विस्तारै खुल्दै आएको छ । मलाई अचम्म लाग्छ, जब महिला र पुरुष अहिले एउटै लेबलमा छ । अहिले आएर एउटै पद दुवैले चलाउन सक्ने रहेछ भन्ने उदाहरण हामीले पाइसकेको छौं । मैले पाएको साथ सहयोग हेर्दा पुरुषमा पनि त्यो एउटा चेतना आइसक्यो । महिला पुरुष एउटै हो । महिला र पुरुष एक हो । हामीसँगै हिड्नुपर्छ, हामी सबैले बुझिसक्यौं । भनेपछि विभेद के को ? कसैले यो या त्यो भनिराख्नुको कुनै अर्थ छैन । पुरुष र महिला दुवै समान हुन् त्यसैले भन्ने पनि गरिएको छ नि एक रथका दुई पाङ्ग्रा भनेर ।
निर्वाचनमा केके हँुदो रहेछ अनुभव बताइदिनुहोस न ?
एक महिनाको लामो अन्तरालदेखि नै हामीले मेहनत गर्दै थियौं निर्वाचनको लागि । जसमा म स्वयम् अध्यक्षको उम्मेदवारमा अनेरास्ववियुबाट उठेको थिए । जसमा हामो टीम एमदमै मजबुत र डेडिकेडेड थियो । सम्पूर्ण विद्यार्थीहरूले आफ्नो एजेन्डा राखेर कसरी अरूको विश्वास जित्न सकिन्छ भन्ने धारणालाई बुझेर अगाडि बढ्नुपर्ने थियो । त्यो बेला आफ्नो क्षमतालाई चाहिँ कसरी प्रेजेन्ट गर्ने भन्ने हो । आफ्नो अगाडि आफूलाई छान्ने मान्छेलाई कसरी आकषित गर्न सकिन्छ ? आफ्नो कुराले कसरी विश्वास दिलाउनुहुन्छ भन्ने कुरा पनि हुन्छ ।
स्ववियु सभापतिको रुपमा तपाईको एजेन्डाहरू के के थिए, र अहिले के काम भइरहेका छन् ?
सर्वप्रथम मेरो एजेन्डामा स्वास्थ्य र शिक्षा क्षेत्रलाई चाहिँ मध्यनजर राखेर बनाएको एजेन्डाहरू थियो । स्वास्थ्य क्षेत्रमा काम गर्छौ भन्छौं, तर कलेज र होस्टेलको शौचालय हेर्ने हो भने हेरिनसक्नु छ । त्यो भन्न पनि अप्ठयारो लाग्छ । किन भने स्वास्थ्य क्षेत्रमा काम गर्ने हो । हाइजिनको कुरा गर्ने हो भने क्यान्टिन पनि त्यस्तै छ । अनहाइजिनिक छ । त्यसपछि मेसको खानामा पनि गुनासो आउँछ नराम्रो भएर । अर्को, हामी नारायणी अस्पतालमा काम गर्छौं । एउटा सानो सीभीसी गर्दा पनि त्यहाँ हामीले सिफारिस माग्नु पर्छ । आइडी कार्ड काम लाग्नुपर्ने हो खासमा । हामी विद्यार्थीले त्यहाँ योगदान दिइरहका छांै । वीरगञ्ज नसिङ्ग क्याम्पस र नारायणी अस्पतालको निकटको सम्बन्ध छ । जसमा हामीले प्राक्टिकल गर्ने मौका हामीले पाइरहेका छौं । तर, त्यो हँुदा पनि हामीले पाउने सुविधा नारायणीबाट हेल्थ इन्सुरेन्स छैन । हामीेले क्याम्पसमा ५ सय बिलमा तोकेरै गएको हुन्छ । तर, त्योअनुसारको सुविधा कतैबाट पाएको छैन । हामी सानो जाँचको लागि पनि मेट्रोनदेखि लिएर उहाँ नारायणी अस्पतालसम्मको सिफारिस लिएर बल्ल त्यहाँनिर रजिस्टरमा दर्ता भएर अनि आफूलाई छूट पाउने किसिमको त्यो वातावरण रहेको छ । तर, वीरगञ्ज नर्सिङ्गको विद्यार्थीले नारायणी अस्पताल गएर आफ्नो प्रक्टिकल गर्नेक्रममा दिएको योगदानलाई बिर्सिन नहुनेजस्तो लाग्छ । किन भने हामीले त्यहाँ गएर आफूले दिएको योगदानअनुसारको सुविधा पनि पाउनु पर्छ भनेर भनेका थियौं । अहिले यसमा काम भइरहेका छन् ।
एजेण्डाहरू कसरी बनाउनुभयो ?
मेरो दिदी स्वयम् महाराजगञ्ज नर्सिङ्ग क्याम्पसको पूर्वकोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँले गरेका कामहरूप्रति चाहि मेरो एकदमै ध्यान थियो । केके गर्नुपर्दो रहेछ, के गरिँदो रहेछ ? अनि आफू पनि बीएससी नर्सिङ्गको शुरूमा आउँदा मेरो क्याम्पसमा योयो काम छ । यो काम चाहिँ गर्नुपर्ने छ भन्ने कुरा घरमा सुनाउँदै आएको कुरा हो । घरमा मैले भन्थे । म भएको भए यस्तो गर्छु भनेर मेरो दिदीले भन्नुहुन्थ्यो । अहिलेदेखि नै नोट गर्दै जाउ भन्नुभयो । हामीले समान्य भोगेका दुःखहरू, सामान्य झेलेको समास्याहरू नोट गर्दागर्दा र हामीले सबैसँग बुझेर र सबैका धारणाहरू सुनेर एक ठाउँमा ल्याएर एजेण्डा बनाएका हौं ।