वीरगञ्जस्थित पब्लिक फिटनेस सेन्टरमा बिहीबार ‘डेडलिफ्ट’ प्रतियोगिता सम्पन्न भएको छ । वीरगञ्जको फिटनेस सेन्टरमा बिहीबार प्रतियोगिता सम्पन्न भएको हो ।
उक्त सम्पन्न प्रतियोगितामा अभिषेक सर्राफ प्रथम भएको आयोजक संस्थाले जनाएको छ । यसैगरी प्रतियोगितामा द्वितयमा चन्दन गुप्ता र बर्मा यादव तृतीय भएका हुन ।
डेडलिफ्ट प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई आयोजक संस्थाले पुरस्कृतसमेत गरेको छ । पब्लिक फिटनेस सेन्टर प्रथम हुने सर्राफलाई ७ हजार ५ सय, द्वितीय भएका चन्दनलाई ५ हजार र तृतीय भएका यादवलाई ३५ सय रुपैयाँ नगदले पुरस्कृत गरेको हो ।
त्यसैगरी उत्कृष्ट हुनेहरुलाई नगदसहित प्रोटिन पाउडर, सेकर बोतल र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । डेडलिफ्ट प्रतियोगितामा सहभागी ४० जनामध्येबाट ३ जनालाई निर्णायक मण्डलले छनौट गरेको थियो ।
यसैबिच डेडलिफ्ट प्रतियोगितामा सहभागी प्रदेश सांसद रहबर अन्सारीले शारीरिक व्यायाम मानिसलाई स्वस्थ रहनमा ठूलो मद्दत पु¥याउने माध्यम रहेको बताए । त्यसकारण युवाहरुले फिटनेसतर्फ ध्यान दिनका लागि शारीरिक व्यायाम गर्न जरुरी रहेको औल्याएका थिए ।
संस्थापक अध्यक्ष करण यादवको अध्यक्षतामा भएको कार्यक्रममा भारत्तोलन संघका कोषाध्यक्ष सुनिता अग्रवाल, स्वास्थ्यकर्मी समाजसेवी करण पटेल, सुबाश गुप्ता र स्ववियु सदस्य माला साह, ग्यालेक्सी फिटनेस सेन्टरका प्रशिक्षक सुमित महतोको सहभागिता थियो ।
आशिफ अन्सारी, खालिद हुसेन, अकलेस पटेल, बिशाल यादव, सुमित पटेल, र अरुण साह गरी ६ जना निर्णायक मण्डलमा रहेको आयोजक संस्थाले जानकारी दिएको छ । कार्यक्रमको सञ्चालन भने शिवनाथ यादवले गरेका थिए ।