एञ्जल वल्र्ड स्कुलमा शुक्रबार कक्षा श्रृंगार प्रदर्शनी प्रतियोगिता भएको छ । कक्षा २ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुले बनाएको चित्र श्रृंगार प्रदर्शनीमा राखिएको थियो । कक्षा श्रृंगार प्रदर्शनी प्रतियोगितामा कक्षा २ देखि कक्षा ४ सम्मको एक समूह र कक्षा ५ देखि कक्षा ८ सम्मको अर्को समूह बनाई प्रतियोगिता गराइएको विद्यालयले जनाएको छ ।
प्रर्दशनीमा विद्यार्थीहरुले नेपालका नयाँ नक्सा, गौतम बुद्ध, क्यालेन्डर, विभिन्न धार्मिक पर्वहरु झल्काउने तस्विर, मानव शरीरका मुटु, फोक्सो लगायतका विभिन्न महत्वपूर्ण अन्य अंगहरुको हस्तलिखित चित्र, राष्ट्रिय चिन्हहरु लगायत प्रर्दशनीमा राखेका थिए । चित्रकला र वैज्ञानिक पद्दतिको माध्यमबाट कसरी विद्यार्थीहरुलाई क्रियाशील बनाउन सकिन्छ ? उनीहरुको प्रतिभा र क्षमतालाई प्रष्फुटन गर्न सकिन्छ ? भन्ने कुरालाई साजसज्जा र श्रृंगारबाट झल्काउन खोजिएको विद्यालयको प्रधानाध्यापक पवित्रा प्रधानले ताइन् । कक्षा श्रंगार प्रर्दशनीमा पनि सो कुरा झल्किएको थियो ।
कक्षा २ का साना बालबालिकाको चित्र प्रदर्शनी हेर्दा कक्षा कोठा नभएर कुनै आर्ट ग्यालरी झैं देखिएको मूल्याँकनकर्ताहरुले बताए । विद्यालयमा पढाइ, सरसफाई, अतिरिक्त क्रियाकलाप, अन्य क्रियाकलापबाट ज्ञानका विषयवस्तु समावेश गरी मूल्यांकन गरिएको उनीहरुको भनाइ छ । सो क्रममा कक्षा २ देखि कक्षा ४ सम्मको समूहमा कक्षा २ प्रथम र कक्षा ४ द्धितिय भएको पनि मूल्याँकनकर्ताहरुले जनाएका छन् । कक्षा ५ देखि कक्षा ८ सम्मको समूहमा कक्षा ५ प्रथम र कक्षा ७ द्धितिय भएको पनि उनीहरुले बताए ।
एञ्जल वल्र्ड स्कुलका सञ्चालक रामराजा श्रेष्ठको अध्यक्षता कक्षा श्रंगार प्रदर्शनी प्रतियोगिता कार्यक्रममा सञ्चालन गरिएको थियो । सो कार्यक्रमको सहजिकरण प्रधानाध्यापक पवित्रा प्रधानले गरेकी थिइन् । सो क्रममा विद्यालयका शिक्षक शिक्षिकाहरुको पनि सहभागीता रहेको थियो ।
तस्वीरहरूः






