भारतको पश्चिम वंगालको राणाघाट स्थित सम्पन्न इन्टरनेशनल फ्रेन्डसीप कप २०१८ प्रतियोगितामा तीन जना नेपाली खेलाडी प्रथम स्थान गरि विजयी भएका छन् ।
पुरुष तर्फ ९ देखि १२ वर्ष उमेर समूहका र १२ देखि १४, त्यस्तै १४ देखि १८ र १८ भन्दा माथि गरि चार समूहमा महिला र पुरुष गरी दुई वटा समूह विभाजन गरि प्रतियोगिता गराईएको थियो ।
जसमा नेपाल तर्फबाट सहभागी १४ जना खेलाडीहरु मध्ये ३ जना प्रथम, ४ जना दोश्रो र ५ जना तेश्रो स्थान हासिल गरेका । प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहमा ५० केजी तर्फ सशिप्रकाश चौहान, १४ देखि १८ वर्ष उमेर समूहमा ५० केजी तर्फका रन्जित कुमार र १८ देखि माथि उमेर समूहमा ५५ केजी तर्फ रोजन अधिकारी प्रथम स्थान हासिल गरि विजयी भएका हुन् ।
यसैगरी ९ देखि १२ वर्ष उमेर समूहमा ४० केजी तर्फ साहिल यादव, १२ देखि १४ उमेर समूहमा ५० केजी तर्फ विशाल यादव, १४ देखि १८ वर्ष उमेर समूहमा ५० केजी तर्फ गोविन्द गौतम चौहान र १४ देखि १८ उमेर समूहमा ५० केजी तर्फ अभिषेक सुनुवार दोश्रो स्थान प्राप्त गर्न सफल भएको अयोजकले जानकारी गराएका छन् ।
प्रतियोगितामा १४ देखि १८ वर्ष उमेर समूहमा ५० केजी तर्फ आकाश कुमार, मिन बहादुर मगर, रोशन यादव, महिला समूहको १० देखि १२ वर्ष उमेर समूहमा ४० केजी तर्फ सजनी बस्नेत तेश्रो स्थान प्राप्त गर्न सफल भएका थिए ।
उक्त प्रतियोगितामा नेपाल, भारत, दक्षिण कोरिया तथा बँगलादेश गरि चार देशका ३ सय खेलाडीहरु प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको लागि नेपाल सेकाई क्यूकोशिन कराते संघका प्रमुख प्रशिक्षक भिखारी साह कानुको नेतृत्वमा खेलाडीहरु प्रतियोगितामा भाग लिन भारतको बंगालको राणाघाट पुगेका थिए भने सहभागी प्रतिस्पर्धीहरुलाई सहयोगीको रुपमा सहायक प्रशिक्षार्थी नरेश राउत कुर्मी, काठमाडौंबाट रोहित दियाली लगायतका सहभागिता रहेको थियो ।
प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई प्रदेश सभा सदस्य ज्वाला कुमारी साहले सम्मान गरेकी छिन् । बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नंं. ४ चैनपुर स्थित कबर्ड हलमा आयोजित सम्मान कार्यक्रममा भारतमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्न सफल भएका खेलाडीहरुलाई खादा ओढाई सम्मान गरेकी थिइन् । सोही कार्यक्रमबीच प्रदेश सांसद साहले खेलकुद सामाग्री किन्नका लागि ५ लाख नगद सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।