स्तन र पाठेघरको क्यान्सरबारे चेतनाका गतिबिधिहरू एकदमै जरुरी छ । काठमाडौँ बाहिर गर्नु भनेको एकदमै ठूलो प्रशंसनीय कार्य हो । यो क्यान्सर रोग यदि हामीले छिट्टै पत्ता लगाउन सक्यौँ भने सामान्य रोग हो । चाँडै पत्ता लगाउन सक्यौँ भने केही पनि हुँदैन । यसले मान्छेको ज्यान पनि लिँदैन । सामान्य अपरेसन गरेपछि ठीक हुन्छ । अलिकति ढिला भयो वा त्यसलाई बेवास्ता भयो भने २÷४ महिना पर्खौँ न, के होला भन्दा सुनौलो समय बित्न सक्छ र रोग ‘अनक्युरेवल स्टेज’मा पुग्न सक्छ र त्यसले ज्यान पनि लिन सक्छ । तर, अब क्यान्सर भनेर हामी सबैजना डराउनु पर्दैन । सबैलाई यो शब्द सुन्नासाथ एकदम डर लाग्छ । तर, यसलाई हामीले डरलाग्दो रुपमा राख्यौँ भनेमात्रै डराउनु पर्ने हो । चाँडै पत्ता लाग्दा यो सामान्य रोग हो ।
यसको लागि के गर्ने त ? कसरी थाहा पाउने त भन्ने कुराहरू महत्वपूर्ण छ । त्यसमा यो किसिमको जुन हामीले छलफल गर्छौँ, यो पनि एउटा एउटा महत्वपूर्ण पक्ष हो । हामीले जाँच त गर्नै पर्छ । चेकअप कसले गर्ने ? सबैले गर्नुपर्छ । किनभने क्यान्सर जसलाई पनि हुन सक्छ । मैले २०–२५ वर्षको ब्रेस्ट क्यान्सर बिरामी पनि उपचार गरेको छु । ७०–८० वर्षको पनि उपचार गरेको छु । तर, अधिकांशतः ४०–६० को उमेर समूहमा धेरै जसो क्यान्सरको बिरामीहरू हामीले उपचार गरेका हुन्छौँ । तर, यसको मतलब यो होइन कि मलाई त हुँदैन, अर्कोलाई हुन्छ । जसलाई पनि हुन सक्छ ।
यसको कारणतिर वा कसलाई हुन्छ ? कसरी पत्ता लगाउने भन्नेतिर हामीले सोच्नुभन्दा पनि जसलाई पनि हुन सक्छ भनेर एउटा स्वस्थ व्यक्तिले पनि हरेक वर्ष कम्तिमा ‘ब्रेस्ट क्यान्सर’को लागि पनि जाँच गर्नुपर्छ । सिम्पल एउटा परीक्षण गरेर हामीले धेरै ठूलो रोगहरूबाट बच्न सक्छाँै ।
किटाणुको कारणले अथवा यस्ता किसिमका रोगहरूले हामीलाई मृत्यु हुने सम्भावना कम छ । ‘मेडिकल ट्रिटमेन्ट’ विकसित भइसकेको छ । बचाउन सकिन्छ । अहिले सबैभन्दा गाह्रो बनाएको रोगहरू भनेको एक क्यान्सर मुख्य हो । त्यसैले यसलाई पनि हामीले बुझ्न सक्याँै र यसबाट बच्न सक्यौँ र यसलाई उचित उपचार गर्न सक्यौँ भने यसलाई पनि हामीले सामान्य रुपमा लिन सक्छौँ ।
महिलामा केके क्यान्सर हुन्छ त भनेर कसैले सोध्यो भने हामीलाई लाग्छ कि पुरुषमा नहुने अंगहरूमा क्यान्सर धेरै हुन्छ । त्यसमा विशेषगरी स्तनको क्यान्सर नम्बर एकमा छ । यो संसारमा अहिले सबैभन्दा धेरै मात्रामा ब्रेस्ट क्यान्सर बढ्दै गइरहेको छ । त्यस्तै विगतमा यो पाठेघरको क्यान्सर पनि एकदमै धेरै थियो । अहिले ‘अर्ली डिटेक्सन’ भएर पहिले पत्ता लागेर पहिले उपचार गरेको कारणले यस्तो क्यान्सर कम हुँदै गइरहेको छ । त्यो पनि एउटा सफलताको कथा हो । संसारमा कति देशहरूले त पाठेघरको क्यान्सरलाई उन्मुलन गरिसकेका छन् । अस्ट्रेलियाले उन्मुलन नै गरिसक्यो । उनीहरूले सबैलाई खोप लगाइसकेको छ । सबैलाई ‘अर्ली डिटेक्सन’को लागि परीक्षण गरेको छ । अस्ट्रेलियामा अब पाठेघरको क्यान्सर हुँदैन ।
महिलामा हुने ब्रेस्ट क्यान्सर नेपालमा हरेक वर्ष नयाँ केस आएका छन् । नेपालीहरू नेपालमा उपचार गर्नेभन्दा भारतमा उपचार गर्ने धेरै छ । क्यान्सरको त्यो डाटाहरू अझै आएको छैन त्यसले गर्दाखेरि क्यान्सर कति छ भनेर हामीले यकिन गरेर भन्न सकिरहेको छैनाँै । तर, पनि अनुमानको आधारमा भन्नुपर्दा आधिकारिक २५ सय नयाँ केसहरू वर्षमा आएका छन् । तर, डबलै छ होला भन्ने हाम्रो अनुमान छ । र, त्यो बढ्दै गइरहेको छ । हरेक १० वर्षमा दोब्बर भइरहेको छ ।
किन बढेको होला भन्नेमा यसमा विभिन्न कुराहरू छन् । महिलामा अन्य क्यान्सर पनि हुन्छ, पुरुषलाई हुने अन्य क्यान्सर पनि हुन्छ । फोक्सोको क्यान्सर पनि हुन्छ, पेटको पनि हुन्छ, अरु पनि हुन्छ । तर, महिलाको विशेष क्यान्सरहरूमा चाहिँ ब्रेस्ट क्यान्सर, सर्भाइकल क्यान्सर, ओभरियन क्यान्सर, इन्डोमेट्रियल क्यान्सर नै हो । हामीले ब्रेस्ट क्यान्सरलाई विशेष महत्व दिएर यसको बारेमा चेतनामूलक कार्यक्रम गरेको हो । ब्रेस्ट क्यान्सरको जाँच गर्दा अरु पनि पत्ता लाग्छ । पत्ता लगाउने र उपचार गर्ने सबै कुराहरू उस्तैउस्तै छ । र, उपचार गर्दा निको हुन्छ । समयमा मा उपचार गर्नुपर्छ ।
अर्ली डिटेक्सन पत्ता लगाउनुप¥यो । फस्र्ट स्टेजमै पत्ता लगाउनु प¥यो । अझ सकिन्छ भने फस्र्ट स्टेजभन्दा पनि अगाडि जिरो स्टेज पनि हुन्छ क्यान्सरको । त्यतिबेला पनि पत्ता लाग्छ । यो जिरो स्टेज नै महिनौँसम्म हुन्छ । त्यसबेला पनि हामीले मिस ग¥यो भने बल्ल त्यो स्टेज फस्र्टमा जान्छ । त्यसपछि पनि मिस ग¥यो भने सेकेन्डमा जान्छ । कम्तिमा दुई महिना लाग्छ, एक स्टेजबाट अर्को स्टेजमा जान्छ । दुई महिनासम्म हामीले त्यसलाई वास्ता गरेनौँ भने थर्डमा जान्छ, फोर्थमा फैलिसक्छ । त्यसपछि उपचार गरेर पनि बचाउन गाह्रो हुन्छ । र, उपचार पनि एकदमै लामो हुन्छ । धेरै कडा किसिमले उपचारहरू गर्नुपर्छ । केमो दिइराख्नु पर्ने हुन्छ । तर, फस्र्ट स्टेजमा हो भने सानो अपरेसन गरेर पनि निको हुन्छ । हर्मोन थेरापीको दबाईहरू खायो भने निको हुन्छ ।
मेरो स्तनमा त केही पनि छैन, डल्ला आएको छैन, गिल्टी छैन, म किन चेकअप गर्ने भन्ने जुन हाम्रो सोचाइ छ, त्यो गलत हो । केही छैन भने पनि गर्नुपर्छ । वर्षमा एकचोटी कम्तिमा गर्नुपर्दछ । त्यसमा कुन जाँच गर्ने, कसरी गर्ने, कुन उमेरमा के गर्ने, कति पटक गर्ने, त्यो सब कुरा डाक्टरले भन्नुहुन्छ । तर, मलाई केही छ कि भनेर वर्षमा एकचोटी डाक्टरकहाँ पुग्नुपर्छ । डाक्टरले छामेरमात्रै पनि धेरै कुरा थाहा पाउनुहुन्छ । उहाँहरूले कुरा सुनेरमात्रै धेरै कुराहरू बुझ्नुहुन्छ । ब्रेस्ट क्यान्सरमा सबभन्दा प्रभावकारी स्क्रिनिङको लागि म्यामोग्राम टेस्ट हो ।
क्यान्सरले लक्षण देखाउने बेलासम्म ढिलो भएको हुन सक्छ । हामीले क्यान्सरको लक्षण के हुन्छ ? क्यान्सर भयो भने के हुन्छ ? अनि कसरी थाहा पाउने भनेर बुझ्नुभन्दा जसलाई पनि हुन सक्छ । मलाई केही पनि नभए पनि क्यान्सर भएको हुन सक्छ भनेर बुझ्न जरुरी छ । यस्तो लक्षण भएपछि क्यान्सर हुन्छ अनि म त्यसपछि मात्रै चेकअप गर्न जान्छु भन्ने धारणा गलत हो । त्यसले गर्दा हाम्रो गोल्डेन टाइम मिस हुन सक्छ । त्यसैले म लक्षणतिर धेरै जान्नँ । ब्रेस्ट क्यान्सर या कुनै पनि क्यान्सरको खासै लक्षण हुँदैन । सुरुवाती अवस्थामा अब त्यो फैलिसकेपछि त लक्षण हुन्छ । त्यसैले त्यो ध्यान दिनुपर्छ । अब क्यान्सरले लक्षण देखाउने बेलासम्म ढिलो भएको हुन सक्छ । -एनवाईईएफ वीरगञ्जले वीरगञ्जमा आयोजना गरेको स्तन र पाठेघरको क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रममा डा. चालिसेले राखेको मन्तव्यको सम्पादित अंश ।