कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ।
पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा आगामी मंसिर ४ गतेबाट हुने फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । टिममा ९ जना फरवार्ड, ३ जना गोल किपर,६ जना मिडफिल्डर र ८ जना डिफेन्डर छन्।
प्रशिक्षाक टिटेले घाेषणा गरेकाे ब्राजिलकाे टिमान अनुभवी र युवा खेलाडीको मिश्रणमा छ। टिममा ड्यानी अल्भेस, थिएथाे सिल्भा, नेमार, कासेमिराे, मार्किन्हाेस, एलिसनजस्ता अनुभवी खेलाडी छन् भने भिनिसियस जुनियर, राेड्रिगाे, ग्याब्रियल मार्टिनेली, एन्थाेनीजस्ता युवा खेलाडी पनि छन् ।
विश्वकपमा ब्राजिल सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरूनसँगै समूह जीमा छ। ब्राजिलले नाेभेम्बर २५मा सर्बियासँग खेल्दै विश्वपकाे यात्रा थालनी गर्ने छ।
पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने लक्ष्यमा छ ।