मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिकिदै जाँदा पर्सामा पनि चुनावी चहलपहल बढेको छ । मुलुक आम निर्वाचनको मुखमा छ । सबै जनता मंसिर ४ गतेका पर्खाइमा छन् । देश प्रतिको माया र लगावका कारण स्वतन्त्र राजनीतिक शक्ति नेपाल शुसासन पार्टी पर्सा जिल्लाको क्षेत्र न. १ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका मनौवर हुसैन पनि खडा भएका छन् । आगामी निर्वाचनको सन्दर्भमा केन्द्रित रही उनै हुसैनसंग गरिएको कुराकानीः
१) तपाई राजनीतिमा आउनुको कारण के हो ?
देशमा सु–शासन कायम गर्न, देशमा सरकारी निकायमा भइरहेको भ्रष्टाचारलाई कम गर्न राजनीति क्षेत्रमा आएको हो । मेरो हजुरबुबा, बुबा पनि पहिलादेखि समाज सेवा गर्दै आउनु भएको थियो । मलाई पनि विकास निर्माण र जनताको सेवा गर्ने भावना जागृत भएर राजनीति क्षेत्रमा आएको छु ।
२.तपाईको पार्टीको उद्धेश्य के हो ?
राजनीति क्षेत्रमा रहेको वेथितिलाई निर्मूल पार्नु हो । देशको कूल जनसंख्या मध्ये ९० लाख दक्ष जनशक्ती विदेशमा रोजगारका लागि गएका छन् । प्राविधिक कलकारखानाहरु, उद्योग खोल्ने र देशका दक्ष जनशक्तिलाई देश भित्र नै रोजगारको सृजना गर्ने । प्राविधिक, सिपयुक्त शिक्षाको लागि पहल गर्ने । शिक्षामा सुधार ल्याउने, सक्षम युवालाई राजनीतिमा सक्रिय गराई देशको विकास, निर्माणमा सरिक गराउने पार्टीको उद्देश्य हो ।
३. तपाईका एजेण्डा के–के छन् ?
सार्वजानिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिने, परनिर्भरताबाट नेपाल र नेपालीलाई बचाई रोजगारीको प्रवद्र्धन गर्ने, जनताको आर्थिक वृद्धि, गरिबी निवारण, दिगो विकास तथा अर्थतन्त्रलाई सुदृढ र सन्तुलन बनाउने, विकासका बजेटहरु पारदर्शिता गरी चुस्त दुरुस्त राख्ने जस्ता एजेण्डा छन् । त्यसै गरी नारायणी अस्पताललाई प्राइभेट अस्पताल सरहको सेवा सुविधा मिलाइ व्यवस्थित गर्ने, नगवा पोखरीलाई निर्माण गरी पोखरीको सौन्दर्य बढाई आकर्षक बनाउने, कृषि प्रधान देश भएर किसानलाई आवश्यक कृषि सामाग्रीहरुको व्यवस्था गराउने, निम्नस्तरका बालबालिकाको शिक्षा पहुुचँ सहज बनाउने लगायतका एजेण्डाहरु छन् ।
४.राजनीति दलहरुले निर्वाचन अगाडी आएर नागरिकताको इसु खुब उचाल्छन् । यसमा तपाईको चाही भनाइ के हो ?
नागरिकता जन्मसिद्ध अधिकार हो । नीति, नियम र कानून अनुसार सबै नेपाली नागरिकले नागरिकता पाउनु पर्छ । नागरिकताको विषयलाई चुनावी एजेन्डा बनाउनु हुदैन । चुनावको समयमा देश समृद्ध बनाउने खाँका ल्याउनुपर्छ । देशको विकास निर्माणका एजेण्डा ल्याएर चुनावी मैदानमा जानुपर्छ । सामाजिक क्षेत्रमा सक्षम युवालाई प्रोत्साहित गर्नुपर्छ । भ्रष्ट नेताहरुलाई अन्त्य गरेर राम्रा ,सक्षम युवा नेतालाई जिताउने वातावरण हामी सबै मिलेर बनाउनु पर्छ । नागरिकता जन्म सिद्ध अधिकार हो । नीति, नियम र कानुन अनुसार सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्छ । नागरिकताको विषयलाई चुनावी एजेन्डा बनाउनु हुदैन । चुनावको समयमा देश समृद्ध बनाउने खाँका ल्याउनुपर्छ । देशको विकास निर्माणका एजेण्डा ल्याएर चुनावी मैदानमा लानु पर्छ । सामाजिक क्षेत्रमा सक्षम युवालाई प्रोत्साहित गर्नुपर्छ । भ्रष्ट नेताहरुलाई अन्त्य गरेर राम्रा, सक्षम युवा नेतालाई जिताउने वातावरण हामी सबै मिलेर बनाउनु पर्छ ।
५.तपाइलाई वीरगंजवासीले भोट किन दिने ?
सरकारी अस्पतालहरुमा सर्वसाधारण जनताले अस्पतालका सबै सुबिधाहरु उपयोग गर्न पाउने गरी व्यवस्था मिलाउने छु । वीरगंजको विर्ता वडा ४ वडा प्रहरी कार्यालयलाई वि.स. १९९४ सालमा हाम्रो परिवारबाट २ कठ्ठा जग्गा दान दिएका थियौ । सरकारी विद्यालयमा पनि प्राइभेट विद्यालय जस्तो वातावरण बनाउने छु । बालबालिकाहरु सरकारी विद्यालयबाट राम्रो र प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नेछु ।
६.अन्त्यमा वीरगंजवासीलाई के भन्न चाहनुहुन्छ ?
मंसिर ४ गते हुने प्रदेश सभा सदस्यमा स्वतन्त्र राजनीति शक्ति नेपाल शुसासन पार्टीको तर्फबाट वीरगंज क्षेत्र न.१(ख) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार हो । तपाइहरुको अमूल्य मत दिए अवश्य पनि जित्ने छु । देश प्रति आस्थावान र देशप्रेमी सक्षम युवा हो । मधेश प्रदेशको उन्नति, प्रगति र विकासका लागि म जस्तो धेरै युवा नेताको आवश्यक छ । वीरगंजवासी जनताको हकहितका लागि र विकास निर्माण योजनालाई सफल बनाउन तथा देशमा भइरहेका राजनीति वेथितिलाई विस्तारै निर्मूल गर्न उम्मेदवारी दिएको छु । होस् र जोस् भएका हामी जस्ता युवाहरुलाई साथ दिन अनुरोध गर्दछु ।