लामो समय पछि वीरगन्जमा भएको वृहत सर्वपक्षिय बैठकले अबको आन्दोलन विकासका लागी गर्ने निर्णय गरेको छ । वीरगंजको रोयल पार्टी प्यालेशमा सम्पन्न सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । वीरगंजको योगदान महत्वपूर्ण भएकोले अब यो क्षेत्रका सबैको सहकार्य पनि महत्वपूर्ण हुने उनीहरुको निष्कर्ष छ ।
विभिन्न दलमा विभाजित पर्साका सरोकारवालाहरुलाई एक ठाउँमा उभ्याउने कारण भने नारायणी रंगशालाको मुद्दाले बनाएको हो । पूर्वाधार सम्पन्न रंगशाला भएर पनि २ नम्बर प्रदेशले यो रंगशालालाई उपेक्षा गरी प्रादेशिक रंगशाला बनाउन पहल नगरेपछि पर्साका सरोकारवालाहरु आन्दोलित भएका छन् । आगामी पुस १६ गते नारायणी रंगशालामा मानव साङ्गलो बनाएर प्रदेश र केन्द्र सरकारलाई दवाव दिने लगायतका ५ बुँदे निर्णय समेत बैठकले गरेको छ । यसैगरी वक्ताहरुले ठाकुरराम बहुमुखि क्याम्पसलाई विश्व विद्यालय बनाइनु पर्ने, नारायणी उप क्षेत्रिय अस्पताललाई सरकारी मेडिकल कलेक बनाउनु पर्ने जस्ता धारणा समेत राखेका थिए ।
वीरगंजकै धरोहर रहेको ठूल्ठुला उद्योग कलकारखाना बन्द गराएर राजनितिक उभो लगाउने मधेश आन्दोलनका अगुवाहरुले वीरगन्जलाई उपेक्षा गरेको अधिकांश बक्ताहरुले बताए । वीरगंज चिनी कारखाना, सिमरा एयरपोर्टलाई अन्तराष्ट्रिय एयरपोर्ट बनाउनुपर्ने लगायतको विषयमा सर्वपक्षिय बैठकमा छलफल राजपा नेपालका महासचिव राजेशमान सिंहले बताए ।
कार्यक्रममा बोल्दै बिभिन्न राजनीतिक दलका नेता, युवा बिद्यार्थी महिला नेतृहरुले देशमा भएको सबै परिर्वतनमा वीरगजले ऐतिहासिक जिम्मेवारी बहन गरेकोले यसको योगदानलाई यस क्षेत्रका नागरिकले केन्द्रतह सम्म पु¥याउन आ—आफ्नो ठाउँबाट पनि पहल गर्नपर्ने वृहत बैठकले निर्णय गरेको छ ।
वीरगजबासीसंग प्रदेश सरकारले खेलवाड गरिरहेको स्थानीय युवा कञ्चन झाले बताए । हरेक परिवर्तनका लागी वीरगंज अगाडी उभेकाले अब वीरगंज आफ्नै विकासका लागी आफ्नो पक्षमा उभिनुपर्ने उनको जोड छ । यो कुरामा अरु युवाहरुको पनि फरक मत छैन । सिगो वीरगजको बिकासको लगी सबैले दलिय स्वार्थ छाडेर वीरगंजलाई केन्द्रमा राखेर अगाडी बढनुपर्ने नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष ईम्तियाज आलमले पनि बताए ।
कार्यक्रममा वोल्ने युवा नेताहरुले वीरगजको विकासका लागी आफूहरु सरोकारवालाहरुसंग हाथेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता गरेका छन् । कार्यक्रममा प्रदेश नम्बर २ उद्योग वाणिज्य संघका उपाध्यक्ष अशोक वैद्य, माध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा, वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, राजपाका सहमहामन्त्री निजामुदिन समानी, सघिय समाजबादी फोरम नेपालका कार्यबाहक अध्यक्ष सुन्दर कुर्मी, काग्रेसका नगर सभापति भोला कलवार, वडा अध्यक्ष गजेन्द्र पटेल, नेकपाका युवा नेता मनोज चौधरी लगायतले आफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण सरोज चौरसियाले गरेका थिए ।