वीरगंज । आफूसँगै विदेशमा रहेका भाइको निधन हुँदा लास ल्याउन समेत सकस भयो ‘विदेशमा बस्ता भोगेको कारुणिक कथा सुनाए पर्साको पर्सागढी ४ वर्वाटाँडीका बृजकिसोर प्रसाद चौरसियाले’। उनी १२ बर्ष मलेशियामा बसेर कोरोना कालमा नेपाल फर्किएका हुन् ।
बुबाको निधन भएको एक महिना वितिसक्दा पनि कम्पनीले घर आउँन छुट्टि नै दिएनु विदेशको दुःख सम्झदै पर्साको पटेर्वासुगौली–२ थरगट्टीका अजयकुमार महतो धागडले पनि त्यहाँको कष्टकर पीडा सुनाएु । पासपोर्ट लगायतका सबै कागजपत्र त विदेशमा पुग्नेसाथ कप्पनीले लिएको हुन्छ । उसलाई इच्छालाग्दा मात्र उसले दिने हो नत्र भनेको समयमा त्यो पाइन्न उनीहरुले भने ।
विदेश गएपछि त्यहाँ गर्न परेको कहालीलाग्दो दुःख र कष्टको फेहरिस्त नै बताए चौरसिया र धागढले । विदेश गएर कष्ट भोग्ने नेपाली युवाहरु मध्ये उनीहरु केवल प्रतिनीधि पात्र मात्र हुन् । उनीहरु जस्ता लाखौं नेपाली युवा विदेशको चर्को घाम र कहाली लाग्दो दुःखमा जीवनयापन गर्न र मर्न समेत बाध्य छन् । धागढ र चौरसिया जस्ता धेरैले विदेशमा भोग्नुसम्मको दुःख भोगेका छन् । यो देशको समृद्धि र समुन्नतिका लागि बाधक बनेका अदूरदर्शी नेताहरुको कार्यशैलीको कारण मुलुक समृद्ध हुन नसक्दा रोजगारीको कारण विदेशिएका युवाहरुले यस्तो भोग्न परेको हो ।
चौरसिया र धागढ जस्ता युवाले मुलुक बाहिर जाँदा भोगेको कुरा देश चलाउने मन्त्री र मन्त्रालयका स्थायी सरकारका प्रतिनीधिलाई जानकारी नै नभएको भने होइन । गएको असोज १ गते नेपाल सरकारका शिक्षा सचिव रामकृष्ण सुवेदी र सहसचिव डा.हरि लम्साल, युएनडिपी र सिटिइभिटीका जिम्मेवार व्यक्तिहरुकै बीच उनीहरुले आफ्ना पीडा सुनाएका थिए । मुलुक भित्रको गरिबी, वेरोजगारीका बीच घर परिवारको खर्चको जोहो गर्नै पर्ने लगायतका बाध्यताले श्रम बजारमा पुग्ने लाखौं नेपाली हरेक दिनजसो विदेशिन बाध्य छन् ।
स्तरीय सीप, ज्ञान र भाषाको अज्ञानताले मुलुक बाहिर पुग्ने युवाहरु विभिन्न सास्ती भोग्न बाध्य छन् । यो कुरा नेपाल सरकारका शिक्षा सचिव सुवेदीले पनि स्वीकारे । आइन्दा चाही यस्ता कुरा सुन्न नपरोस् भनी शिक्षा मन्त्रालयकै संयोजनमा सीप प्रवद्र्धन र दक्षता अभियान चलाउन थालिएको उनको भनाइ छ । मधेश र लुम्बिनी प्रदेशमा गएको चैत र बैशाखमा गरिएको दू्रत बजार सर्वेक्षणको प्रतिवेदनले औल्याए अनुसार वैदेशिक रोजगारीबाट नेपाल फर्किएका युवालाई फेरि विदेश जान नपरोस् र जानै परे पनि दोब्बर बढि आन्दानी गर्न सकुन् भनी १ हाजर ५ सयलाई सीप र दक्षताको तालिम सुरु गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
मुलुक भित्रै नेपाली युवालाई टिक्न र विक्न सक्ने गरी काम गर्ने लक्ष्य अनुसार युएनडिपीसँगको सहकार्यमा यो अभियान सुरु गरिएको शिक्षा सचिव सुवेदीले बताए । मुलुक भित्रै सीप सिकाउने र रोजगारीको अवस्था सृजना गर्ने कार्य गर्न सरकार एक्लैले भने नसक्ने उनको दावी छ ।
कोरोनाकालमा विदेशबाट फर्किएका युवाहरुलाई दिइने तालिमको अनुगमन र शिक्षा पत्रकार समूहको सकृयतामा वीरगन्जमा भएको एक कार्यक्रममा सहभागी हुन शिक्षा सचिव सुवेदी गतहप्ता वीरगन्ज आइपुगेका हुन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ( युएनडिपी ) को संयोजन तथा ब्रिटिश काउन्सिलद्वारा व्यवस्थित दक्षता परियोजना र युरोपेली युनियनको आर्थिक सहयोगमा सीप विकास र दक्षता अभिवृद्धिको तालिम दिई मधेश प्रदेशका ९ सय र लुम्बिनी प्रदेशका ६ सय नेपालीलाई दक्ष बनाइने छ । यसरी दक्ष भएका व्यक्तिले यहि रोजगारी पाउने गरी अभियान थालिएको शिक्षा मन्त्रालयका सह सचिव डा.हरि लम्सालले पनि बताएका छन्
स्वदेश फर्किएका मधेश प्रदेशका युवाहरुको लागि लक्षित गरी संचालित स्वरोजगार सीप विकास कार्यक्रममा शिक्षा सचिव सुवेदी, सह–सचिव डा.हरि लम्साल, युएनडिपीका धर्म स्वर्णकार, सिटिईभिटीका सह–सचिव डा.जिवनारायण काफ्ले लगायत जिम्मेवार व्यक्तिहरुले अवलोकन पश्चात वीरगन्जका रोजगारदाता र सीप तथा दक्षता प्रदायक संघ संस्थाका अगुवासँग पनि केन्द्रको टोलीले छलफल गरेको छ । सो छलफलमा सरकार नीजि क्षेत्र लगायतले सहकार्य गरी अगाडी बढ्न पर्ने कुरा गरिएको छ ।
गएको २०७८ चैत र २०७९ वैशाखमा गरिएको दू्रत सर्वेक्षण प्रतिवेदनले कृषि, निर्माण र पर्यटन क्षेत्रमा श्रम बजार बढिरहेको औल्याइएको छ । मधेश प्रदेशमा रोजगारदातालाई कस्तो जनशक्ति आवश्यक पर्छ ? र कस्तो जनशक्ति उत्पादनमा जोड दिने ? भन्ने बिषयमा पनि शिक्षा मन्त्रालय सहितको टोलीले सुक्ष्म छलफल गरेको छ ।
सो छलफलमा शिक्षा पक्रकार समूहका अध्यक्ष कृष्ण मल्ल, महासचिव रोशन गाउँले, प्रदेश संयोजक दीपेन्द्र सिंह, प्रदेश सदस्य तुलसी भण्डारी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायत मिडियाकर्मीहरुको पनि उल्लेख्य सहभागी रहेको थियो ।
रोजगारदाताहरुको तर्फबाट नेपाल उद्योग बाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष माधवलाल राजपाल, सचिव अरविन्द अमात्य लगायतले रोजगारदाताहरुलाई चाहिने जनशक्ति अझ उत्पादन हुन नसकेको तर्क गरेका थिए । भूँई तहमा रहेका नेपाली उद्योग व्यवसायका लागि आवश्यक पर्ने दक्ष जनशक्ति बाहिरबाट ल्याउन नपर्ने गरी स्वदेशमा नै सीप र दक्षताको अभिवृद्धि गर्न सके विदेशिने युवाको संख्या न्यूनिकरण हुने उनीहरुको तर्क छ ।