अघिल्लो कारोबार दिन ६ अंकले घटेको सेयर बजार बुधबार भने उल्लेख्य सुधारसहित बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३०.०८ अंक अर्थात् १.१० प्रतिशतले बढेर २७५४ अंकमा पुगेको हो। यो दिनभरकै उच्च विन्दु समेत रहेको छ।
बजारसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार ३ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ। बजार खुलेदेखि अन्तिम समयसम्म नै सकारात्मक रुझान कायम रहेको थियो।
आज २४८ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको घटेको छ भने एनएलजी इन्स्योरेन्सको सेयर मूल्य स्थिर रहेको छ।
सबै समूहका सूचक हरियालीमा बन्द भएका छन्। हाइड्रोपावर तथा होटल तथा पर्यटन समूह सर्वाधिक १.८९ प्रतिशतले बढेका छन्। यस्तै बैंकिङ ०.७३, विकास बैंक ०.४४, फाइनान्स १.४०, लगानी १.१५, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन १.१५, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.४४, अन्य १.०९ तथा व्यापार समूह १.५१ प्रतिशतले बढेका छन्।
व्यक्तिगत कम्पनीतर्फ अपर लोहोरेखोला जलविद्युत्को सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यस्तै माउन्टेन हाइड्रो नेपाल ११.८८, बुंगल हाइड्रो ७.५१, शिखर पावर ६.१२ तथा सिटी होटल ५.९० प्रतिशतले बढेका छन्।
यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.२६ प्रतिशतले घटेको छ। बोटलर्स नेपाल बालाजुको मूल्य ३ प्रतिशत तथा कुथेली बुखरी हाइड्रोपावरको २.०७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर तथा नेसनल हाइड्रोपावर सर्वाधिक कारोबार हुने पाँच कम्पनीमा परेका छन्।