वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १८ सौराहाका युवा नेता नरेश यादव नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी परित्याग गरि स्थानीय निर्वाचनमा स्वतन्त्र चुनाव लडेर वर्तमान वडाध्यक्षसंग केही मतान्तरले पराजित भएका नरेश यादव नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवसहित लालबाबु साह, लख्खु पटेल, पन्नालाल पटेल, राकेश यादव, सोनालाल पटेल लगायतकाले माओवादी केन्द्रम प्रवेश गरेका थिए ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नरेशले स्वतन्त्र तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका यादव ३९५ सदर र १०५ बदर गरी ५०० मत ल्याएर दोस्रो भएका थिए । गरिब, असाहय, निमुखा जनताको हकहितको लागि लड्दै मुलुकमा संघीयता ल्याउन महत्पूर्ण भूमिका खेलेको माओवादीले नै देशलाई दुर्मामी विकास र निकासको बाटोमा लैजाने नरेश यादवको विश्वास छ । मधशी युवाहरुले दिएको रक्तको बलिदानीलाई मुल्याङकन नै नगरि मधेशी दलका नेताहरु भ्रष्टाचर गरि गोजी भर्ने काममा मात्र लागेको यादवले आरोप लगाए ।
पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेताहरु मातृका यादव, उर्मिला अर्याल, रहवर अंसारी, सलाउदिन अहमद, टेकबहादुर शाक्य, बिरेन्द्र यादव, बृजमोहन यादव लगायतको उपस्थिति रहेको थियो ।