स्थानीय तहको निर्वाचन समपन्न भएर निर्वाचित जनप्रतिनिधिले सपत खाएको पनि एक सयदिन पुगेको छ । यस क्रममा विभिन्न पालिकाहरुले विभिन्न योजना छनोट, विकास पुर्वाधारको खाका, लगायत शिक्षा, स्वास्थ्य, सरसफाई सहितको बजेटका लागी मुख्य भुमिका खेलेको हुनुपर्दथ्यो । तर कतिपय पालिकामा बहुमत नपुग्दा अझै सम्म
बजेट ल्याउनै सकेका छैनन् । यसै विषयमा केन्द्रित रहि विभिन्न पालिका प्रमुखहरुसंग गरिएको कुराकानी जस्ताको त्यस्तै :

यस उपमहानगरपालिका समृद्ध बनाउनका लागि यसपालि मैले केही व्यवस्थित गर्न सकेको छैन । पुरानो वक्यौता भएको कारणले अहिले केही गर्ने सकिएको छैन । पुरानो वक्यौता चुक्ता भएपछि यहि बजेट बाँकी रहेमा केही काम गर्न सोचेको छु । अहिले हाल बजार व्यवस्थापन गरी रहेका छौ । मेरो चाहना धेरै छ । हामीसंग बजेट छैन । १ वर्ष भित्र पुरानो हिसाव पुरै चुक्ता गरेर नयाँ काम थालनी गर्नेछु । मलाई यस महानगरमा धेरैमा विकास गर्न मन छ, तर अहिले यसका लागि बजेट नभएको कारणले गर्दा विकास निर्माण हुन सकेको छैन । बजेट भयो भने यस महानगरमा स्वास्थ्य, शिक्षा, सडक, नाला, देखि लिएर विभिन्न विकास निर्माणका कार्य सुरु गर्ने छु । यस महानगरका नगरवासीलाई संक्षम बनाउने हरप्रयास गर्ने छु ।
पोखरिया नगरपालिकालाई समृद्ध वनाउनका लागि ठोस योजना स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारमा छ । हामीले टाउन प्लानिङ्गमा पनि बजेट छुट्याएका छौ । हामीले पोखरीया सम्म जोडिने सडक मर्मत र निर्माणमा पनि योजना बनाएका छौ । नगरपालिका प्रवेशद्धार बनाउने योजना छ । स्मार्ट पोखरिया वनाउनको लागि बजार व्यवस्थापन, टाउन प्लानिङ्गलाई सफल पार्छौ । स्वास्थ्य क्षेत्रलाई व्यवस्थित पार्छौ । केन्द्रबाट बजेट पारित गरेर विद्यालय क्षेत्रलाई पनि ढलान मर्मत गर्ने योजना वनाएको छु । जे जस्ता समस्याहरु छन ति सवै समस्याहरुको विस्तारै हल गर्दै लाने छु । भर्खरै सुरुवात छ विस्तारै सवै काम हुदै जान्छ । कार्य योजना अनुसार सवै कामहरु पुरा गर्दै जानेछु ।
पर्सागढी गाँउपालिकालाई समृद्ध बनाउनका लागि ठोस योजना स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने र शिक्षा क्षेत्रलाई पनि धेरै जोड दिएको छु । अहिले यस पालिकामा सडक र बजारको राम्रो व्यवस्था छैन यसलाई पनि व्यवस्थापन गर्ने छु । भर्खरै नगर सभा सकेको छ, नगर सभाको कार्य लिपि बन्द गरेर काम र योजनालाई अगाडी बढाउदै जानेछु । कानूनी कुरामा ऐनहरु नियमावली ध्यानमा राखेको छु ।पर्सागढी नगरपालिकालाई सम्बृद्ध बनाउन जनताको आवश्यकता हेरी सम्पुर्ण
हाम्रो पालिकामा सवैभन्दा पछाडी परेको शिक्षा क्षेत्र हो । यसलाई राम्रो बनाउन तालिमहरु परिवर्तन गर्ने, विद्यायलय व्यवस्थापन गर्ने, पढाईको शैलि परिवर्तन गर्ने, व्यवस्थापन गर्ने छु । स्वास्थ्य क्षेत्रमा पनि सुत्केरी महिलाको लागि एम्वुलेसको व्यवस्था र रेडक्रसबाट विभिन्न सुविधा दिने छु । कृषि क्षेत्रमा रासायनिक मलको अभाव वढेको कारणले गर्दा आफ्नो पालिकाको माटो परिक्षण गरि आर्गनिक मललाई भएपनि प्रयोगमा ल्याएर उत्पादक जनक वनाउने व्यवस्था गर्ने छु ।
यस पालिकामा विद्युतको पनि राम्रो व्यवस्था छैन अहिले धेरै महङ्गाई बढेको कारणले गर्दा खेतमा पानी तान्दा इन्धन धेरै लाग्ने भएको कारणले यो आर्थिक वर्षमा विस्तारै विस्तारै विद्युतको उत्पादन गर्ने छु । इन्धनको भाउ बढेको कारण मोटरको पनि व्यवस्था गर्ने छु । अहिले ४ ओटा पोल राखिसकेको छु अव व्यवस्थापन गर्न बाँकी छ ।
यस गाँउपालिकालाई समृद्ध बनाउनका लागि ठोस योजना शिक्षा क्षेत्रलाई जोड दिदैछौ । यस ठाँउका विपन्न परिवारलाई आयतमुलक कार्यक्रममा जोड दिदै आएका छौ । विद्यालय व्यवस्थापन भईरहेको छ । स्वास्थ्य क्षेत्रमा पनि स्वास्थ्य चौकीलाई व्यवस्थित पारेका छौ, र औषधीहरुको व्यवस्थापन भईसकेको छ । गाँउपालिका समृद्धिको लागि कृषि क्षेत्रमा पनि अब आउने समयमा खेत बाझो हुने छैन । सवै ठाँउमा सिचाईको राम्रो व्यवस्थापन हुने छ । किसानहरुलाई राहतको रुपमा कृषि मिटर दिन गाँउपालिका बाट व्यवस्थापन गर्ने छौ ।
यस गाँउपालिकालाई समृद्ध बनाउनका लागि ठोस योजना जनताहरुलाई सेवा सुविधा दिनको लागि स्वास्थ्य क्षेत्रमा यस पालिकामा एम्बुलेन्सको निशुल्क सेवा प्रदान गरेका छौ । वडा नं.१ मा र ५वडा मा २४ सै घण्टा सेवा सुविधा दिने गरेको छौ । ५ नं.वडामा जेनेरल एक्सरे एउटा एम.बि.बि.एस.राख्ने योजना वनाएका छौ । स्वास्थ्य सेवाका लागि ३ नं. वडामा स्वास्थ्य भवनहरु छैन तर भवन निमार्ण गर्नको लागि यस आर्थिक वर्षमा बजेट छुट्टाएका छौ । यस वडामा रहेका सिफारिसहरु पनि निशुल्क गरिएको छ । यस पालिकाको शिक्षा क्षेत्र कमजोर भएको हुनाले यसलाई व्यवस्थापन गर्न १५ लाख बजेट छुट्टाएका छौ । कृषि क्षेत्रमा पनि पैनहरुको निशुल्क व्यवस्थापन गरेको हो । कृषिमा पानी तान्ने मोटर उत्पादनको लागि विउँ र औषधीहरु समेत व्यवस्थापन गरिएको छ । भौतिक पूर्वाधारको लागि ३ करोड बजेटमा ३ ओटा सउकहरु कालो पत्रै हुदैछ । सखुवाप्रसौनी गाँउपालिकालाई नमुना र सम्बृद्ध बनाउन विभिन्न रणनीतिक योजना बनाई कार्यान्वयन गर्ने प्रतिबद्ध रहने छु ।
यस गाँउपालिकालाई समृद्ध बनाउनका लागि ठोस योजना बाल मृत्युदर शून्य वनाउन प्रत्येक वडामा वर्थिङ्ग सेन्टरको एउटा स्थापना गरिएकोे छ । शैक्षिक क्षेत्रमा कक्षा १२ सम्म संचालन गरि प्राविधिक शिक्षा स्थापित गर्दै स्थानिय स्तरमा गुणस्तरिय शिक्षाको व्यवस्थापन गरेको छौ । जिल्लामै पहिलो पटक छिपहरमाई गाँउपालिकाले विपन्नलाई ग्याँस चुलो र सिलिन्डर वितरण कार्य सुरु गरेको हो । चिसोयममा बुढापका र बालबालिकालाई कहिले कमल त कहिले न्यानो कपडा बाड्ने काम गर्दै आएका थियौ र अब पनि यो कार्य यथावत नै राख्ने छु । यूवा, जेष्ठ नागरिक र वेरोजगार सबै किसिमका नागरिकको हितका लागि अन्य पालिकामा नभएका विभिन्न काम गर्न लागेको छु ।