महोत्तरी । पार्टीको सर्कुलर विपरित महोत्तरीको क्षेत्र नं. २ मा नेपाली कांग्रेसले षडयन्त्र तरिकाले पूर्वराष्ट्रपति रामवरण यादवको भतिजीको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक नामावली पठाउने केन्द्रिय कार्यालयको शर्कुल अनुसार प्रत्यक्षबाट ३ जना पुरुष तथा समानुपातिकबाट १ जना पुरुष र १ जना महिला पठाउने भनिए पनि षडयन्त्र तरिकाले पूर्वराष्ट्रपति यादवकी भतिजी किरण यादवको नाम सिफारिस गरि पठाएकोमा पूर्व सांसद महेन्द्र यादव मधुकरले आपती जनाएका छन् ।
विस्तारित बैठकबाट किरण यादव, महेन्द्र यादव मधुकर र विरेन्द्र प्रसाद शर्माको नाम पठाउन प्रस्ताव गरिए पनि क्षेत्रिय समितिको सभापति राजकरण साह लगायतकाले षडयन्त्र पूर्वक एउटै नाम पठाएको मधुकरले आरोप लगाए ।
२०२८ सालदेखि नै नेपाली कांग्रेसमा सक्रिय रहेका मधुकर २०३६ सालमा देशव्यापी रुपमा भएको विधार्थी आन्दोलनमा पंचायतीकालको मण्डलेहरुको कुटाईबाट बैशाख ४ गते घाईते भएका पूर्व सांसद मधुकर सोही वर्ष जिउँदो सहिद घोषित थिए ।
२०५६ सालमा प्रतिनिधि सभाको सदस्यमा प्रत्यक्षमा निर्वाचित भएको बताउँदै उनले यस पटक पनि प्रतिनिधि सभाको लागि तयार भए पनि षडयन्त्रण गरि नामै नपठाईएको दुःखेसो पोखे । पटक पटक गरि साढे तीन वर्ष जेल सजाय भोगिसकेका पूर्व सांसद मधुकर २०५६ सालमा निर्वाचित हुँदा पनि अर्काे निर्वाचनमा टिकट पाएनन् । तर यसपालि प्रतिनिधि सभाको लागि तयार भए सोही क्षेत्रबाट दुई पटक पराजित भईसकेकी किरण यादवको मात्रै नाम सिफासिर भएको छ ।
पूर्वराष्ट्रपति यादवको बलमा दुई पटक समानुपाति सांसद समेत भई प्रत्यक्षतर्फ दुई पटक चुनाव हारिसकेकी किरण यादवको नाम मात्रै पठाउनु पार्टीको विद्धान विपरित भएको उनको भनाई छ ।
पार्टीको सर्कुलर विपरित एक्लो नाम मात्र पठाएकोप्रति आपती जनाउँदै पूर्व सांसद मधुकरले जिल्ला, प्रदेश तथा संघीय कार्यालयमा निवेदन समेत दिने बताए । तर एक्लौटी नाम पठाईनुमा पूर्वराष्ट्रपति यादवको षडयन्त्र भने नरहेको प्रष्ट पारे ।
यता, क्षेत्रिय सभापति साहसंग भने सम्पर्क हुन सकेन ।
सर्वसहमतीले एकल सिफारिस भएको छ : किरण यादव
यता, किरण यादवले ३६ जना रहेको क्षेत्रिय कार्य समितिको सर्वसहमतिले मात्रै मेरो एक्लो नाम सिफासिर भएको बताएकी छिन् । जिल्ला कार्यसमितिका सभापति, महाधिवेशन प्रतिनिध िक्षेत्रिय सभापति, महा समिति सदस्य, महाधिवेशन प्रतिनिधी, केन्द्रिय सदस्य मन्जु कुमारी यादव लगायत सबैको सर्वसहमतीले मात्र मेरो एक्लो नाम सिफारिस भएको प्रतिक्रिया दिईन् ।
पार्टीको सर्कुलर अनुसार सर्वसहम्मत नभए ३ जनाको नाम पठाउने र सर्वसहमत भए एउटा मात्रै नाम पठाउन सकिने हुँदा क्षेत्रिय कार्यसमितिका एक जनाले पनि बिरोध नगर्दा म एक्लो सिफारिस भएको बताईन् ।
आफू एक पटक मात्र समानुपातिक बाट सांसद बनेको र २०७० सालमा एक पटक चुनाव जितेको बताउँदै किरण यादवले पूर्व सांसद महेन्द्र यादव मधुकरले झुठ बोलेको बताईन् । मधेश आन्दोल र बामपन्थी गठबन्धनका कारण २०७४ साल मात्र चुनाव हारेको बताउँदै किरण यादवले केन्द्रिय प्रतिपत्रको बारेमा जानकारी नगरि पूर्वसांसद मधुकरले भ्रामक अफवाह फैलाएको आरोप लगाईन् ।
पूर्वसांसद मधुकर पुरानो अनुभवी भएकोले पढेर मात्रै बोल्नु पर्ने र झुठ नफैलाउने सुझाईन् । आफू २० वर्षदेखी पार्टीको लागि सक्रिय काम गर्दै आएकोले नै फेरी मेरो नाम सिफारिस भएको बताईन् । पूर्वसांसद मधुकर सक्रिय नरहेको समेत आरोप लगाईन ।
समाचार पुनःसम्पादन गरिएको छ ।