तीन सयको हाराकारीमा रहेका वीरगन्जका पत्रपत्रिकाको भीडमा हिजो भर्खर जस्तो लाग्छ ुमध्य नेपाल सन्देशु पत्रिका मिसिएको । तर आज हेर्दाहेर्दै छ बर्ष पूरा गरी सातौं बर्ष प्रवेश गरेको आफ्नै खबर लिएर तपाईहरुको बीचमा आउन पाउँदा खुशी लागेको छ ।
केही बर्षको सुरुवाती पश्चात विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ को कहरले आर्थिक क्षेत्रलाई नराम्ररी गाँज्दा यो पत्रिकाको जीवनमा पनि शंकट पैदा नभएको भने होइन । विभिन्न आरोह–अवरोह पार गर्दै अगाडी बढिरहेको सुरुवाती परिवेशमा थपिएको कोरोना महामारीको कहरले यो पत्रिकाको निरन्तरतालाई पनि हुत्याउने प्रयास भएकै हो । तर अविचलित हाम्रो यात्रामा आएका विभिन्न समस्या पर्गेल्दै अगाडी बढ्ने क्रम रोक्न नपरेको कुरा पनि यहाँहरुलाई अवगत गराउँन पाउँदा निकै गौरव महसुस भइरहेको छ ।
पत्रिका प्रकाशन थाल्दा एक महिना बढि चल्न सक्दैनु भन्ने कतिपयको आँकलन मिथ्या सावित गर्दै अगाडी बढ्न सकेको त्यो क्षण हाम्रालाई उदाहरणीय पाठ बनेको छ । त्यो क्षण पार गर्दै अगाडी बढ्दा देशभरका पत्रपत्रिकाकाको माझबाट प्रेस काउन्सिल नेपालको मूल्याँकनमा यो पत्रिका पनि ‘क’ श्रेणीमा पर्न सफल भएको खुशीको अर्को कुरा पनि हाम्रा पाठक, विज्ञापनदाता, सहयोगी, शुभचिन्तक र सल्लाहकार सबैमा सुनाउन पाउँदा अझ खुशी थपिएको छ ।
सामाजिक संरचना अनुसार पुरुषहरुको बाहुल्यता भएको समाजमा मिडिया गृह संचालन गर्ने पत्रकार महिलाहरुको जमर्को यसै पनि चुनौतिपूर्ण थियो नै । तर चुनौतिका बीचमा अवसर पनि नहुने चाही होइन । समाज रुपान्तरण गर्दै मुलुकको समृद्धिमा आधा हिस्सा ओगट्ने महिला हरेक क्षेत्रमा सकृय सहभागी नभई समाज अगाडी बढ्दा समान सन्तुलन नहुन सक्छ । एक हातले ताली बन्दैन भन्ने उक्ति झैं हरेक क्षेत्रमा महिलाहरुको सहभागीता बढ्न–बढाउन पनि जरुरी छ । हाम्रो यो यात्रामा हामीले के गर्दैछौं ? त्यो आम समाजले मूल्याँकन गर्ने कुरा हो ।
हामीले बाटो बिराउन थाले घच्घच्याउने कामको जिम्मा पनि तपाईहरुलाई सुम्पेका छौं । सकेसम्म राम्रो गर्दै अगाडी बढ्ने हाम्रो प्रयास कम गर्दैनौं । यो यात्रो निरन्तर अगाडी बढाउन सकृय सहभागीता जनाउने मध्य नेपाल टिमका हरेक सदस्य बधाईका पात्र छन् । त्यसै गरी मध्य नेपाल सन्देशका लेख, रचना, विचार र खोजमुलक समाचार सामग्री लगायतलाई निरन्तर नियाली रहनु भएका हाम्रा पाठक, आर्थिक पक्ष सवल बनाउन विज्ञापन दिइरहनु भएका हाम्रा विज्ञापनदाता र हामीलाई विचलित नहुने गरी सल्लाह सुझाव दिई मार्ग निर्देश गरिरहनु हुने सबै प्रति साधुवाद नभनी रहन सकिन्न ।
तपाईहरुको उचित सुझाव सहयोग र मार्ग निर्देशन विना हाम्रो यात्रा फिक्का हुन्छ । अझ दौडन सक्ने सातौं बर्ष प्रवेशसँगै पठनीय सामग्री बनाउन हरेक क्षण खटिरहेन हाम्रो सग्लो टिमको मेहेनतलाई पनि साधुवाद । प्रकाशित अंक पाठकको घर आँगन र हात–हातमा पु¥याउन सकृयता देखाउने वितरण विभागका सबैलाई पनि धन्यवाद । तपाईहरु सबैको उत्तिकै सकृय सहभागीता र समन्वय आगामी दिनका लागि पनि प्रार्थनीय छ ।
समाजको ऐना भनिने मिडिया क्षेत्रको सुन्दरतामा निखारता ल्याउने मिडिया हाउस भित्रका सग्लो टिम र हाम्रा पाठक, विज्ञापनदाता, सहयोगी, शुभचिन्तक सबैसँग आगामी दिनमा पनि साथको अपेक्षा गरिन्छ । तपाईहरुको साथ नै आगामी यात्राको पनि गर्विलो पाईला बनिरहने छ । सबैमा शुभकामना ।