वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २४ बहुअरिस्थित श्री शारदा माध्यमिक विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई लागु औषध दुव्र्यसन तथा ओसार पोसार सम्बन्धी प्रशिक्षा दिईएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिन सिटी समुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा सो विद्यालयमा अध्ययनरत कक्षा ९ विधार्थीहरुलाई लागु औषध दुव्र्यसन तथा ओसार पोसार सम्बन्धी प्रशिक्षण दिईएको हो ।
प्रशिक्षण कार्यक्रममा लागु पदार्थ र मध्य पान बिचको फरक, कुन उमेर समूहका धेरै मान्छे फस्ने र के का लागि किन फस्छ, लागु औषधमा फस्ने सम्भावना, यसको प्रकार र यसबाट कसरी बच्ने, फसेकाहरुलाई हुने कानुनी सजाय र लागु पदार्थले व्यक्तिगत, पारिवारिक, समाजिक र आर्थिक रुपमा पार्ने नाकारात्मक असरबारे चेतना फैलाईएको वडा प्रहरी कार्यालय श्रीपुरका इन्स्पेक्टर डिल्ली राज सापकोटाले बताए ।
यस्तै, श्री ज्योति रुङ्गटाको सहयोगमा विद्यालय अगाडी सवारी दुर्घटना न्युनिकरण गर्न रोड स्पिड ब्रेकर लगाइएको छ । सोही अन्तर्गत विधार्थीहरुलाई सवारी दुर्घटना सम्बन्धी पनि प्रशिक्षण दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कार्यक्रममा ट्राफिक प्रहरी निरिक्षण्क ध्रुव प्रसाद दाहाल, श्री शारदा मा.वि.का प्रधानाध्यापक दयाकान्त झा, ग्रिनसिटी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, उपाध्यक्ष शंजय शर्मा, सचिव दिलिप प्रधान, लगायतको सहभागिता रहेको थियो ।