भोजपुरी लोक जीवनमा कन्याको विवाहको अवसरमा पूर्व निर्धारित तिथिका दिन केटा पक्षको तर्फबाट जन्ती जाने चलन छ जसलाइ भोजपुरी भाषामा ‘बरियात’ भन्दछन । बरियात जानलाइ केटा पक्षका हित, मित्र, सम्बन्धी तथा गा“उका मानिसहरु पूर्व निमन्त्रित रहेका हुन्छन । फलानो दिन बरियात जानु छ,तयार रहनु होला भन्ने कुरा निमन्त्रण पत्रमै लेखिएको हुन्छ । सोहि अनुसार बरियात जाने मानिसहरु आफ्नो लुगा फाटो धोइ पखालि सफा र सुकिलो भइ तयार रहेका हुन्छन ।
भोजपुरी भाषी क्षेत्रका मानिसहरुमा विवाह सम्बन्ध प्रायः आफ्नो गा“उमा न हुने हुदा टाढा टाढाका गा“उहरुमा हुने गरेको परम्परा रहेको पाइन्छ । टाढाको गा“उ ठा“उमा जानकोलागि केटा पक्षद्वारा सवारी गाडीहरुको व्यवस्था गरिएको हुन्छ । त्यहि सवारी साधनमा सवार भएर बाजा गाजाका साथमा बरियात निस्कन्छ । बरियात टाढा जानु छ तथा बाटो लामो छ भने बाटोमा खाना खानकोलागि स्थान निर्धारित रहेको हुन्छ । पूर्व निर्धारित गन्तव्यमा बरियात भेला हुन्छ , त्यहा खानाको व्यवस्था केटा पक्षद्वारा भएको हुन्छ ।
बरियात त्यहा खाना खान्छ जसलाइ भोजपुरीभाषामा ‘कलेवा’ भन्दछन । कलेवा खाइ सके पछि बरियात गन्तव्य तर्फ प्रस्थान गर्द छ । बरियात जाने गा“उमा पुगी जन्ती एकै चोटि कन्याको द्वारमा पुग्दैन । बरियात बस्ने ठा“उ जुन प्रायः आ“पको वगैंचा वा स्कुलमा व्यवस्था गरिएको हुन्छ, जसलाइ भोजपुरी भाषामा ‘जनवासा’ भनिन्छ । त्यहा बरियातका मानिसहरुलाइ बस्न सुत्नकालागि सामियाना,टेन्टहरु सजाइएका हुन्छन । त्यहासम्म पुगि भेला भएर हात खुट्टा धोइ पखालि ‘फ्रेश’ भएर लगाएको लुगा फेरि राम्ररी सजिएर कन्याको घरमा भेला हुनकोलागि पुग्दछन ।
यसलाइ भोजपुरी भाषामा ‘बरियात दुआरे लागल’ भन्दछन । बाजा गाजा तथा आतिस बाजि यसको प्रमुख आकर्षण हुन्छ । पुराना दिनहरुमा बरियात दुआरे लाग्ने बेला हात्ती,घोडा तथा ऊ“टको लश्कर मुख्य आकर्षण हुन्थे , आजको युगमा ति जानवरहरुको कमी विभिन्न मोड्लका चार पांग्रे सवारीहरु जस्तै कार, जीप, बोलेरो, सुमो तथा विदेशी गाडीहरुले पुरा गर्द छन ।
यस प्रकारले बरियात कन्याको द्वारमा पुगे पछि कन्या पक्षद्वारा वर पक्षको विधिवत पूजा हुन्छ । यो पूजा कन्यापक्षका घरमूलीद्वारा हुने परम्परा रहेको छ । कन्याको पिता अथवा हजुरबुवाले वरको विधिवत पूजा गर्दछन । यसलाइ नै द्वारपूजा भन्दछन । यसमा अवधारणा के रहेको हुन्छ भन्ने ज्वाइ देउताझै. पूजनीय रहेका हुदा विवाहको शूभअवसरमा तिनलाइ पूजा गरेर एक किसिमको धार्मिक अनुष्ठान पूर्ण गरिएको हुन्छ । यसै अवसरमा विवाह हुने कन्याका संगी साथी केटीहरुले वरको अवलोकन, परिक्षण गर्दछन ।
पश्चिमाभिमुख वर तथा पूर्वाभिमुख कन्याका पिता वा हजुरबाजे आसनमा बसेका हुन्छन । दक्षिण तर्फ उतराभिमुख पण्डित बाजे बसेर विधिपूर्वक मन्त्रोचार गरि रहेका हुन्छन । स्वस्तायन पछि गौरीगणेशको पूजा तथा कलशस्थापन हुन्छ । पर्दा पछाडि घरका आइमाइहरुले विभिन्न किसिमका मांगलिक गीतहरु गाइ रहेका हुन्छन । पूजास्थान भन्दा केहि पर खाली ठा“उमा बाजा बजिरहेको हुन्छ । कोहि कोहि बाजाको धूनका साथै नाचीरहेका हुन्छन । सम्पूर्ण जन्तीहरुको पान तथा इत्र, सेन्टका साथ स्वागत हुन्छ । स्वागत सत्कार पछि खाजाको रुपमा डिब्बा बन्द मिठाइ तथा पेयपदार्थ दिइन्छ । मिठाइ तथा अन्य पदार्थ बरियातमा गएका प्रत्येक जन्तीलाइ दिइन्छ तर केटाको बाबु तथा मामा, फूपाज्यूहरुलाइ त्यस्तो केहि पनि दिइदैन कारण छोराको विवाहको दिन वैवाहिक काम पूर्ण न हुञ्जेलसम्म बावु उपवास बस्नु पर्ने धार्मिक विश्वास रहेको पाइन्छ ।
पुराना दिनहरुमा द्वारपूजाको अवसरमा धर्म–संस्कृति विषयमा संस्कृतमा शास्त्रार्थ हुने परम्परा रहेको थियो तर हालका दिनहरुमा यस्तो परम्परा लोप हुने अवस्था छ । पढे लेखेका विद्वानहरुको संख्या विस्तारै घट्दो छ, अब दैनन्दिन काम गरेर खाने तथा धर्म संस्कृति विषयमा रुची कम हुने जनमानसको बाहुल्य हुदै गइ रहेको पाइन्छ । समाजमा मदिरासेवीहरुको संख्या बढदो छ, जसको प्रत्यक्ष असर द्वारपूजा जस्तो पूर्ण मांगलिक अवसरमा नचाहिदो विवाद तथा झैं झगडाको रुपमा देख्न सकिन्छ ।
द्वारपूजा समापन हुने समयमा पानको पातमा रोली ,अबिर तथा चन्दन राखेर कन्याका पिता वा द्वारपूजा गर्ने प्रमुखजनले वरको निधारमा टिकालगाइ दिएर देव, गुरुजनको विशेष आशिर्वाद लिन्छन । वरको दुइटै हाथ जोरेर त्यसमा अक्षताले भरिन्छ । अक्षताले अञ्जुली भरेर त्यसमाथि पानको पात राखी त्यसमाथि नगद वा सुन चा“दी जस्ता द्रव्य राखिन्छ । यस प्रकार द्वारपूजाको विधि सम्पन्न हुन्छ । जन्ती त्यहाबाट पुनः जनवासामा फर्किन्छन तथा आगामी विधिकोलागि वर कन्याको घरभित्र प्रवेश गर्दछन ।
घर भित्र गए पछि आंगनमा वरको परिछावन हुन्छ । राम चरितमानसमा राम विवाहको अवसरमा यस अवसरको प्रत्यक्ष वर्णन गरिएको छ –पंच शबद धुनि मंगल गाना । पट पा“वडे परहिं विधि नाना ।। करि आरती अरघु तिन्ह दीन्हा ।राम गमनु मंडप तब किन्हा ।।