मधेश केन्द्रित दलमा लगभग १६ वर्षदेखि राजनीतिक गर्दै आइरहेका कृष्ण पटेल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तर्फबाट पकाहामैनपुर गाउँपालिकाको उपप्रमुख पदको लागि मैदान उत्रिएका छन् । उनको जन्म २०३९ साल भदौ २५ मा पर्साको धोरे हालको पकाहामैनपुर १ मा भएको हो । उनी पाँच दाजुभाइ मध्येका कान्छो हुन् । सवल पारिवारिक अवस्था नभए पनि राजनीतिमा निकै सवल पटेल वीरगन्जको युवा राजनीतिकर्मीमा परिचित नाम हो । मधेश आन्दोलनमा सकृय भूमिका खेलेका उनी मधेशकै हकहितको लागि लड्दै आएको बताउँछन् । उनै कृष्णा पटेलसँग मध्यनेपाल सन्देश पत्रिकाका लागि निलम पन्तले गरेको बिशेष कुराकानी :
१) तपाईको उम्मेदवारी के–को लागि ?
मेरो गाउँपालिकाको गरिब र विपन्नहरुको प्रतिनीधित्वको लागि हो । बढि गरिब बसोवास गर्ने मेरो गाउँपालिकामा गरीबको आवाज बोल्ने कोही नभएकोले उनीहरुको प्रतिनीधित्व गर्दै विपन्नहरुको जीवनस्तर उकास्न मेरो उमेद्वारी हो ।
२) गरिबको जीवनस्तर उकास्न तपाईको पालिकामा कहाँबाट बजेट आउँछ त ?
उपमेयरको हिसाबले मैले त्यहाँ गर्नु पर्ने एउटा व्यवसायिक समितिको प्रमुखको जिम्म्ेवारी हुन्छ । हो त्यो हिसावले म त्यहाँ बस्ने गरिबको आवाज बोल्न सक्छु । त्यहाँ ठूला बडाले गरिबलाई दवाएर राखेको छन् । उनीहरुको न्याय माग्न जाँदा त्यहाँ न्याय पाएका छैनन् । । त्यो न्यायिक ठाउँमा म पुगे भने धेरै गरीबले न्याय पाउँछन् ।
३) प्रतिस्पर्धामा पुराना नयाँ सबै उठेका छन् । तपाइलाई नै जनताले किन भोट दिने ?
अहिलेसम्म जुन उपमेयर हुनुहुन्थ्यो महिला अथवा पुरुष । उहाँहरु अलि कम पढालेखा हुनुहुन्थ्यो । त्यो न्यायिक समिति जस्तो ठाउँमा यदि पढेलेखेको मान्छे आएको छैन भने त्यो पदको गरिमा रहँदैन । यसकारण म एउटा सक्षम व्यक्ति शिक्षित व्यक्ति भएर एस.एल.सी पछि सि एम ए मेडिकल लाइनको मान्छे आज म राजनीतिकमा लागेर गाउँको बारेमा सोच बनाएर आएको छु । आफनो सानो व्यापार छ । तर राजनीतिकमा सोचिरहेको छु । गरिबको आवाज बन्न पाउँ । किसानको छोरो भएर किसानको कसरी जीवनस्तर उकास्न सकिन्छ भन्ने पनि सोच छ ।
४) गाउँपालिकालाई समृद्ध बनाउन तपाईको ठोस योजना के छ ?
पलिकालाई समृद्ध बनाउन मेरो ४ वटा योजनाहरु छन् । म के सोचेको छु कि त्यहाँ शिक्षाको गुणस्तर बढाउनको लागि शिक्षामा क्रान्ति ल्याउनको लागि गाउँपालिका भित्रका जति पनि स्कूल छन्, त्यस भित्रका जति पनि विषयहरु छन् जुन विषयमा राम्रो अङ्ग आउँछ । ती विषयगत शिक्षक शिक्षिकालाई प्रोत्साहन भत्ता दिने योजना छ । उच्च अङ्ग ल्याउने विद्यार्थीलाई त्यही गाउँपालिकाबाट पूर्ण रुपमा छात्रवृत्ति प्रदान गर्ने । अर्को कृषि तिर जो किसान राम्ररी खेती गर्छन् उसलाई गाउँपालिकाबाट मलखादको व्यवस्था निशूल्क गर्दछांै ।
५) चुनावमा प्रतिनिधिहरुले ठूला–ठूला प्रतिबद्धता गर्छन् जितेपछि सबै वाचा डस्टविनमा हाल्छन् नि । तपाई त्यसो गर्नु हुन्न ?
म जुन परिवारबाट आएको हुँ । त्यो परिवारमा मैले खेतिपाती गरेर हेरेर आएको हो । म मजदुरी गरेर पनि खाएको व्यक्ति हँु । आज म जुन स्थानमा पुगेको छु । त्यो मेहनत गरेर एउटा गरिबको छोरो मलाई के थाहा छ भने मेले जुन बाचा गरिरहेको छु । त्यो मन भित्रबाट गरेको छु । बाचा पुरा गर्ने तिर नै अग्रसर हुन्छु । अब अरुले के ग¥यो, के गरेन त्यो उहाँहरुको कुरा हो ।
६) अन्त्यमा गाउँपालिकाका बासिहरुसंग के अपेक्षा छ ?
म यही अनुरोध गर्छु कि हाम्रो पकाहामैनपुर गाउँपालिकाका उपमेयरको उम्मेदवारी दिएको छु । उपमेयको उम्मेदवारमा एउटा न्यायिक समितिको अध्यक्ष हुन्छ । त्यसको जिम्मेवारी उपमेयरको काँधमा हुन्छ । त्यो संवेदनशील पद हो । त्यो पदमा जानकार व्यक्ति पुग्नु पर्छ । जुन म संक्षम, पढेलेखेको र न्याय सम्बन्धी जानकार भएको व्यक्ति छु । त्यस्तो ठाउँमा पुग्ने व्यक्ति सबैले विचार गरेर अगाडी बढाउनु पर्छ । तपाईहरुको भावनाको कदर गर्ने मलाई ल्याउनको लागि सबैसंग अनुरोध गर्दछु ।