तिलकको साधारण अर्थ टीका हुन्छ । तर भोजपुरी भाषी क्षेत्रमा विवाहयोग्य कन्याका पिता यस शब्दको उच्चारण सुन्ना साथ त्रसित हुन पुग्दछन् । यो शब्दले उनको मुटुमा ढ्यांग्रो ठोक्न थाल्दछ । आधुनिक युगमा आफ्नो शक्ति र सामथ्र्य अनुसार प्रायः प्रत्येक अभिभावकले छोरी बेटीलाई पनि छोरासरह नै लालन पालन तथा पोषणमा खासै भेदभाव गरेको पाइदैन । छोरा छोरीलाई आफैले जन्म दिएको हँुदा उनीहरुप्रतिको दायित्व निर्वाह गर्नु प्रत्येक आमा बाबुको कर्तव्य नै ठानेका हुन्छन् ।
अतः त्यस्ता दायित्वको निर्वाहनमा मान्छे आफ्नो सक्दो सामथ्र्य खर्च गर्न पछि पर्दैन । सन्तान हुर्केर सुशिक्षित भइ सभ्य समाजको असल नागरिक बन्न पुग्दछ । तर बाबुआमाको कत्र्तव्य यतिकैले पूरा हुदैन । सन्तानको विवाह गराइ घर जम गराइ दिने अभिभारा पनि उनिहरुकै काँधमा हुन्छ । छोराको विवाहमा उल्टै बुहारीको माइती पक्षबाट दहेज ( दाइजो ) पनि आउने हुँदा त्यति सा¥हो पर्दैन । छोराले मागी विवाह गर्दा पनि हुने तथा भागी विवाह गर्दा पनि खासै फरक नपर्ने हँुदा आमा बाबुलाई सामाजिक शिष्टाचार वा व्यवहारमा खासै कुनै असर पर्दैन । माँगी विवाहमा मनग्य दान–दाइजो तीलकको रुपमा पाइन्छ भने भागी विवाह गर्दा दान दाइजोको रुपमा पाइने धनराशी गुम्दछ । छोराको विवाहमा हुने लाभ हानी भनेको यति नै हो ।
छोरीलाई बाल्यकालदेखि लालन पालन गरेर हुर्काइ, शिक्षादीक्षाको उचित प्रबन्ध गरेर दक्षता दिलाउनमा त्यस्तो खास पौरखको आवश्यकता पर्दैन, जबकी छोरीको विवाहमा बाबुआमाले धेरै ठूलो सास्ती बेहोर्नु तथा हण्डर खानु परेका उदाहरणहरु छन् । भोजपुरी भाषी क्षेत्रमा विवाह योग्य कन्या केही अपवाद बाहेक कुनै केटासित प्रेम सम्बन्धमा परी घरवाट भागेको घटना प्रायः कमै छ । यस क्षेत्रका धर्मान्ध जनमानस जीवनका प्रत्येक आचरण शास्त्र सम्मत रुपमा गर्ने गर्दछन् । शास्त्रमा लेखिएको छ– द्वारोपवेशनं नित्यं गवाक्ष्ोण निरीक्षणं, असत्प्रलापो हास्यं च दूषितं कुलयोषितं (व्याससंहिता) । अर्थात् स्त्री जातीले घरको ढोकामा बस्नाले, झ्यालबाट चियाउनाले, बिनाकाराण हांस्नाले कुल दुषित हुन्छ । स्त्रीहरुको सदैव रक्षा गर्नु पर्दछ–पिता रक्षति कौमारे भत्र्ता रक्षति यौवने, पुत्रो रक्षति वार्धक्ये न स्त्री स्वातंत्र््यमर्हति (म. स्मृ.) । अर्थात् स्त्रीको रक्षा कुमारी, यौवन तथा वृद्धावस्थामा क्रमशः पिता, पति तथा पुत्रले गर्नु पर्दछ । यस्तो धार्मिक आदेशको विपरित काम यस क्षेत्रको जनमानसले गर्नै सक्दैन । अतः नारी स्वतन्त्रता तथा उन्मुक्तताको प्रश्न नै उठदैन । अर्को कारण हेर्ने हो भने जहाँ समाजमा यस प्रकारको प्रथा विद्यमान रहेको हुन्छ त्यहाँ पर पुरुष वा केटा मान्छेसित मायाजालमा वास्तवमा अवसर नै अप्राप्य हुन्छ ।
यस्तो स्थितिमा केटीहरु घरबाट भाग्ने प्रायः सम्भावना कम नै हुन्छ । कथंकदाचित यस्तो भइ हाल्यो भने त्यस्तो परिवारलाई समाजले थरि–थरिको सामाजिक दण्ड सजाय दिने गरेको पाइन्छ । यस समाजमा जनमानसले पारिवारिक इज्जतलाई प्राणभन्दा पनि अमूल्य मान्ने चलनले पनि यस्तो घटना घटेपछि त्यस परिवारमा हुने जीवनमरणको घटनाले पहिले नै सोच्न बाध्य पारेको हुन्छ ।
त्यस्तो घटना परिवारमा हुन न पाओस् भन्न कै खातिर यस समाजमा छोरीको विवाह प्रायः नावालिग अवस्था मै गरिदिने प्रचलन रहेको अर्को उदाहरण हो । कन्याको विवाहकोलागि अनेक थरि झण्झट आइ पर्दछन् । कुल–गोत्र, घर–वर, जाती–थर, केटा केटीको वयमिलान आदिमा सफलता पछि गाँठी कुरो आउँदछ दान दाइजो माथि । दान दाइजोको मात्रा स्वेच्छा होइन । वकाइदा व्यापारिक तवरले तय हुने गरेको पनि पाइन्छ । दान दाइजोका मात्रा विवाह योग्य केटाको कुल, घराना, वय तथा शिक्षालाई दृष्टिगत गर्ने गरेको पाइन्छ ।
भोजपुरी भाषी प्रदेश चाहे त्यो भारत होस् वा नेपाल । दाइजो विरोधी जस्तो सुकै कानून तथा व्यवस्था आए पनि तत्कालै हुन सक्दैन । यो तुरुन्त रोक्किन पनि सक्दैन । किन कि यो प्रथा जनमानसको मानसिकताको रुपधारण गरी सकेको कुरा निर्विवाद छ । यसै प्रथाको पल्लवित पुष्पित रुप हो भोजपुरी लोक जीवनको तिलक प्रथा । विवाह योग्य केटाको चयन भइ सकेपछि पूर्व निश्चित तिथीका दिन धार्मिक तवरले वर पूजाकोलागि तिलक लिएर कन्यापक्ष वरपक्षको घरमा उपस्थित हुन्छ । मंलमय वातावरणमा वरपक्ष तथा कन्यापक्षका हित मित्र, नाता कुटुम्बका मानिसहरुको रोहवरमा गौरी गणेशको विधिवत पूजा गरिन्छ । ब्राम्हणद्वारा स्वास्तयन पाठ हुन्छ । अन्तमा वर पूजन वा वरवरणको रुपमा वरलाई पानको पातमा अक्षता, सुपारी तथा अन्य मांलिक पदार्थहरुका साथ निधारमा टीका (तिलक) लगाइ दिएर तिलकको कार्यक्रम पूर्ण हुन्छ । तिलकरुपी टीकाको कन्याको भाइले भावी भिनाजुको निधारमा लगाइ दिने परम्परा रहेको पाइन्छ । कन्याको भाइ नरहेको खण्डमा मात्र कन्याको दाइले पनि तिलक लगाउन सक्छ । तिलकको अवसरमा पूर्व निश्चित घरेलु काममा प्रयोग हुने सामग्री जस्तै–भाँडा–कुंडा, फर्निचर, गर–गहना, फल–फूल, तथा अन्य सामग्रीहरु लहरै यथास्थान राखिएको हुन्छ । जसमाथि मन्त्रोच्चारणका साथ अक्षता छरेर वरपक्षद्वारा ग्रहण गरिन्छ ।
यसलाइ तीलकोत्सवको नामले पनि चिन्ने गरिन्छ । कन्या तथा वर दुबै पक्षका हित मित्रहरु एक थलोमा जम्मा भएर भोज भतेर तथा विभिन्न मनोरन्जन गरेर मनाउँद छन् । धार्मिक मान्यता अनुसार कन्यादान गर्ने मानिसले छोरीको घरमा खानु हुदैन । अतः तीलकको दिन छोरीको घरमा बाबुले पहिलो तथा अन्तिम पटक भात खान्छन् । सो कार्यलाई यादगार बनाउनकालागि सम्धीआँनमा खान बसेको बेलादेखि अन्त्यसम्म वरपक्षका आइमाइहरुले पर्दा पछाडि बसेर मिठो तथा ठठ्यौलो खालका गीत तथा गाली गाउने गर्दछन् । जसलाई ‘गोपालगारी’ भन्दछन् । भनिन्छ, यो परम्परा भगवान कृष्णको पालादेखि चलिआएको हो । विभिन्न खाले हास पपरिहास हुन्छ । तर त्यसहास परिहास तथा गीत गालीले तिलकको दिन सकि–नसकि ल्याइएको तय अनुसारको जिन्सी तथा नगदले अभ्यान्तरमा उत्पन्न गरेको तिक्तता मेटिन्छ । तर यसले तिक्ता सबै मेटिन्छ र ? भन्ने पनि गरिएको छ । समय अनुसार यस रीतलाई परिमार्जन गर्नु पर्छ भन्ने कुरा तिब्रतासाथ उठ्न थालेको पनि छ । केटीपक्षको आर्थिक अवस्था जोखिममा नै पर्ने गरी तीलक लिनेदिने कार्य गर्न हुन्न भन्ने पछिल्लो समयमा उठेको कुरा पनि नकार्न सकिन्न । विधि गर्ने तर तडकभडक नगर्ने कार्य नै दीर्घकालिन सम्बन्धको सुमधुर पक्ष हुन सक्छ ।