मनुष्यलाई आफुँभित्र निहित असिमित आनन्द र पूर्ण कुशलताले भरिएको मूलभूत सत्यसंग पहिचान गराउँदै जीवनको समग्र विकासमा सहयोग पु¥याउनु हो योग ।
हामी भित्र रहेको अनन्त ज्ञान, प्रेम, वैभव, सौन्र्दय र रहस्यको खानी नै जीवन हो । हाम्रै जीवनको सत्य, सरल र स्वतन्त्र ज्ञानको सारपूर्ण प्रवाह हो जीवन । विज्ञान भनेको सबैवाद, मान्यता, विश्वास एवं धारणाहरुबाट मुक्त प्रयोगात्मक ज्ञान हो । परापूर्व कालदेखि आधुनिक ऋषि–महर्षि, अध्यात्मिक गुरुहरु, मनोवैज्ञानिक, दार्शनिकहरु र मानव विकास शास्त्रीहरुको शिक्षा एंव ज्ञानको समुचित प्रयोगबाट यस अभिप्राय प्राप्तिका लागि कार्य गर्ने छ । मनुष्यको आफ्नै भगवत तत्वसंग सम्बन्ध स्थापित गरेर ध्यानमय जीवन आत्मज्ञान, प्रेम, खुशियाली, शान्ति एंव परम स्वतन्त्रतामा प्रतिष्ठित हुन सहयोग पु¥याउँनु नै यसको मुख्य उद्देश्य रहेको छ ।
दैनिक जिवनको भाग दौडले हाम्रो मन मस्तिष्क आफनो स्व.केन्द्रबाट धेरै टाढा पुगेको हुन्छ । मनमा उठ्ने कामना, वास्ना र विचारले चित्तलाई आन्दोलित–विचलित र विस्तारै अशान्त बनाउँछ वा बनाउँदै गएको हुन्छ । ध्यानले हामीलाई स्व.केन्द्रमा फर्काइ मन र मस्तिष्कमा र हृदयलाई स्थायी रुपमा शान्त र सहज बनाउँछ । ध्यान हाम्रो सहज आन्तरिक स्थिति वा अवस्था हो । जहाँ शरीर, मन–मस्तिष्क अनि हृदय एक गहन विश्रामपूर्ण, सरल र स्वभाविक अवस्थामा रहन्छ । ध्यानस्त अवस्थामा हामी आफै भित्र लुकेको अनन्त शान्ति, ज्ञान सत्य, प्रेम, सम्पन्नता, सौन्र्दय र रहस्यमा डुब्दै र आकार भई स्वस्थ सफल र आनन्दित जीवन जिउने सुत्र गरिन्छ । प्रत्येक व्यक्तिले गर्न सकिन्छ । यो कुनै शिक्षा, प्रेरणा वा सिप नभई हामी प्रत्येक मनुष्यको आन्तरिक प्रयोग भएको हुनाले उमेर, पेशा, जाति र जुन धर्मको व्यक्तिले पनि गर्न सकिन्छ ।
शरिरलाई स्थिर र सहज राख्ने जुनसुकै आसनमा ध्यान गर्न सकिन्छ । ध्यान गर्ने साधकहरुलाई आसनको जानकारी हुन्छ । ध्यान गर्नको लागि अनुकुल मनको स्थितिको विकास गर्नुपर्छ । साथै मौखिक परिस्थितीको ध्यानसंग खासै सम्बन्ध हुदँैन । ध्यान हामी आफुभित्र नै रहेको चेतनाको परम सम्भावना हो । यसका लागि कोही व्यक्ति परम्परा या कुनै ध्यान केन्द्रसंग आवद्ध हुन जरुरी छैन । तर ध्यानको ‘ध’ को जानकारी हुन एकदमै जरुरी छ ।
पितृसतात्मक सोचले जकडिएको हाम्रो समाजमा अधिकाशं गलत धारणाहरु प्रचलित छन् । ध्यानको उमेर बुढो हुनुपर्ने, घर–व्यवहार सम्हाल्नु पर्ने, वैराग्य आउनुपर्ने हुँदैन । ध्यान धेरैको वुझाइमा एकाग्रता भन्ने नै हो । यसरी ध्यानको वारेमा वुझाईमा निकै नै फरक देखिएको छ समाजमा । कोही यस्तो व्यक्तिसंग ध्यान सिक्न उपयुक्त हुन्छ जो ध्यानको गहिराइमा डुबिसकेको छ र जसले अरुलाई पनि सिकाउँन सक्छ । त्यस्तै ध्यानको क्रममा अनेकौ प्रश्न र संदेहहरु पनि उठ्छन्, जसमा निराकरणका लागि पनि ध्यान स्व.आर्चाय वा प्रशिक्षकको सत्संग अपरिहार्य हुन्छ । केवल आँखा बन्द गरेर बस्नु मात्र ध्यान–साधना होइन ।
प्रत्येक असल र सबल व्यक्तिको जीवनमा ध्यान मार्गपछिको गन्तव्य पनि हो । त्यसर्थ ध्यान केवल साधन मात्र नभई आफैमा साध्य अवस्था हो । जीवनको सम्भावनालाई उजागार गरेर आफनो गरिमा प्रतिष्ठित हुनु हो । साच्चै नै सुन्नु पर्दा ध्यानको उपलब्धि ध्यान नै हो । साधकको ठूलो चुनौती अनियन्त्रित विचारको ऋखलां र नकारात्मक भाव हो । ध्यान भनेकै चित्तमा उठ्ने विचार र हृदयका भावहरुलाई जागृत भई विना कुनै निर्णय साक्षीपूर्वक हेर्ने कला हो । अन्त्यमा ध्यानी व्यक्तिले आफुलाई सम्पूर्ण विचार एवं भावनाहरुबाट दृष्टि एवं बोधको रुपमा अनुभव गर्छ । त्यसकारण चित्रको हरेक तरंगलाई साक्षीपूर्वक हेर्नु नै पूर्ण समाधान हो । पुजा–पाठ, जप, प्रार्थना, तीर्थाटन हरेक प्रयास एंव कर्मको अन्तिम अभिप्राय ध्यानको उपलब्धि नै हो । ध्यान गर्ने व्यक्तिले पुजा–पाठ, जप लगायत हरेक कर्मलाई ध्यानको गहिराईमा डुब्ने अवसरको रुपमा देख्न र प्रयोग गर्छ । तर ध्यानको कुनै पनि नकारात्मक प्रभाव हुदैन ।
योग अभ्यासले मानिसको शरीरमा रोग नलाग्नुको साथै रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँने हुँदा मन र शरीरलाई एकाग्र बनाउँछ । अहिलेको व्यस्त अनि व्यस्त अस्वस्थ्य जीवन शैलीमा हामी भन्न सक्छौ कि चिकित्साविज्ञान, मनोविज्ञान, व्यवस्थापन एंव ध्यान केन्द्रहरुको अध्यापन, अनुसन्धान र अनुभवका आधारमा योग र साधनाबाट प्रत्यक्ष र अप्रत्यक्ष फाईदा लिन सकिन्छ ।