राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुर्नवहालीको माग गर्दै शक्ति प्रदर्शन गर्ने भएको छ ।
समाजले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा बृहत राजावादी जनप्रदर्शन गर्ने जानकारी दिएको हो । आईतबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर समाजले देशव्यापी आन्दोलन अन्र्तगत राजधानीमा जनप्रदर्शन गर्न लागेको जानकारी दियो ।
पत्रकार सम्मेलनमा राष्ट्रवादी नागरिक समाजका संयोजक चबराले राजतन्त्रको पुर्नबहालीका लागि देशव्यापी आन्दोलन अन्र्तगत २६ मंसिरमा जनप्रदर्शन गर्न लागेको बताए । उनले देशमा विगत ११ बर्ष देखि राजसंस्था पुर्नवहालीको अभियान चलिरहेको समेत बताए । प्रमुख राजनीतिक दलका नेताले देशलाई कमाई खाने भाँडो बनाएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने बताए । उनले भने, ‘अब राजसंस्था जतिसक्दो छिटो पुर्नवहाली गर्नैपर्छ ।’ संयोजक चबराले देशमा राजसंस्था पुर्नवहाली नभएसम्म आफूहरु आन्दोलनबाट पछि नहट्ने बताए । उनले भने, ‘यो लडाई बिदेशी दलार र भ्रष्टाचारका मतियारकोविरुद्ध हो ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही भएको र प्रचण्डले देशलाई नै संकटमा पारेकोले जनताको आशा र भरोसा गुमाएको टिप्पणी गरे ।
चबराले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा सहभागी भइदिन सबैलाई अनुरोध गरे । ‘यो देशमा कोहि पनि सामन्ती छैन राजतन्त्रले नेपाली जनतालाई सामन्ती गरेको छैन, राजा कुनै सामन्ती होइन राष्ट्रको लागि राजा ल्याउन खोजिएको हो,’ उनले भने । उनले पूर्व राजामाथि लगाएको आरोप झुटो भएको र अहिले बिदेशीको ईसारामा नेताहरु चलिरहेका आरोप लगाए ।
कार्यक्रममा बोल्दै समाजकी सहसंयोजक लक्ष्मी मल्लले दुई तिहाईको सरकार चलाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिन २६ गतेको कार्यक्रम गर्न लागेको जानकारी दिइन् । उनले भनिन्, ‘हामीहरुले २६ गतेको कार्यक्रम केपी ओलीलाई च्यालेन्ज गर्न राखेका हौ ।’
मल्लले राजा र राजतन्त्र सबैको साझा हो भन्दै राजतन्त्र पुःन बहाली गर्नुपर्ने जिकिर गरिन् । उनले भनिन्,‘अब देशमा ज्ञानेन्द्र शाहको नेतृत्व हुनुपर्छ ।’ प्रचण्डले १७ हजारको ज्यान मारेको जिम्मा लिन्छु भन्दाभन्दै प्रचण्डलाई मानवताविरुद्धको गम्भीर अपराधबाट जोगाइएको आरोप लगाइन । उनले नेताहरुले भ्रष्टाचार गरेको आरोप लगाउँदै उक्त पैसालाई राष्ट्रियकरण गरि रोजगारी सृजना गर्नमा लगाउने बताइन् ।
मल्लले गणतन्त्रवादीको हारको दिन आएको र राजतन्त्रको जितको दिन आएको दाबी गरिन् । उनले राजनीतिक दलका नेताहरुलाई विदेशी दलाल भन्दै सचेत रहन चेतावनी दिइन् । उनले भनिन्, ‘हिजोको माओवादीका लडाकु साथीहरुसँग हामीहरुले छलफल र समन्वय गर्दैछौ र सडक आन्दोलन तय गर्ने छौ ।’ मल्लले फागुन भित्र श्रीपेच लगाएर राजालाई नारायणहिटि लाने दाबी गरिन् ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)