इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनअघि सबै १० टोलीले रिटेन र रिलिज गरेका खेलाडीको सूची सार्वजनिक गरेका छन् । भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले आईपीएलबाट सन्यास लिने घोषणा गरेको दिन खेलाडीको सूची सार्वजनिक भएसँगै क्रिकेट वृत्तमा थप चर्चा चुलिएको छ ।
खेलाडी रिटेन तथा रिलिज गर्ने क्रममा केही चर्चित खेलाडी पनि टोलीबाट बाहिरिएका छन् । चेन्नई सुपर किंग्सले तीव्र गतिका बलर मथिसा पथिरानालाई रिलिज गरेको छ । यस्तै, सनराइजर्स हैदराबादले ट्राभिस हेड तथा दिल्ली क्यापिटल्सले मिचेल स्टार्कलाई टोलीबाट बाहिर राखेका छन् । दुवै खेलाडीले आगामी सिजनमा उपलब्ध हुन नसक्ने जानकारी गराएका थिए ।
चेन्नई सुपर किंग्सले ऋतुराज गायकवाड, सञ्जु सामसन, शिवम दुबे, डेवाल्ड ब्रेभिस र लियाम लिभिङस्टोनसहित १९ खेलाडीलाई रिटेन गरेको छ । टोलीसँग अक्सनका लागि २८ करोड ५ लाख रुपैयाँ बाँकी छ । चेन्नईले ६ खेलाडी अनुबन्ध गर्न सक्नेछ, जसमा दुई विदेशी खेलाडी रहनेछन् ।
लखनउ सुपर जायन्ट्सले निकोलस पूरन, मिचेल मार्स, एडेन मार्कराम, साम करन र कुलदीप यादवसहित १८ खेलाडीलाई निरन्तरता दिएको छ । टोलीसँग ४७ करोड ४५ लाख रुपैयाँ बाँकी छ । लखनउले सात खेलाडी अनुबन्ध गर्न सक्नेछ ।
डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरुले विराट कोहली, रजत पाटिदार, जितेश शर्मा, भुवनेश्वर कुमार र जोस हेजलवुडसहित २० खेलाडीलाई रिटेन गरेको छ । टोलीसँग १४ करोड १५ लाख रुपैयाँ बाँकी छ भने पाँच खेलाडीको स्थान खाली छ ।
मुम्बई इन्डियन्सले रोहित शर्मा, सूर्यकुमार यादव, जसप्रित बुमराह, तिलक वर्मा र हार्दिक पाण्ड्यासहित १६ खेलाडीलाई टोलीमा राखेको छ । मुम्बईसँग ३२ करोड ६० लाख रुपैयाँ बाँकी छ । टोलीले नौ खेलाडी अनुबन्ध गर्न सक्नेछ ।
सनराइजर्स हैदराबादले कप्तान प्याट कमिन्स, अभिषेक शर्मा, इशान किशन, हेनरिक क्लासेन र नितिश कुमार रेड्डीसहित १८ खेलाडीलाई रिटेन गरेको छ । ट्राभिस हेडलाई रिलिज गरेको हैदराबादसँग ४० करोड १५ लाख रुपैयाँ बाँकी छ ।
पञ्जाब किंग्सले कप्तान श्रेयस अय्यर, मार्कस स्टोइनिस, हार्दिक पाण्ड्या, मार्को यान्सेन र युजवेन्द्र चहलसहित १९ खेलाडीलाई निरन्तरता दिएको छ । टोलीसँग १८ करोड ६० लाख रुपैयाँ बाँकी छ ।
राजस्थान रोयल्सले यशस्वी जैसवाल, रविन्द्र जडेजा, रियान पराग, जोफ्रा आर्चर र रवि बिश्नोईसहित १९ खेलाडीलाई रिटेन गरेको छ । टोलीसँग २७ करोड ५ लाख रुपैयाँ बाँकी छ ।
दिल्ली क्यापिटल्सले ऋषभ पन्त, केएल राहुल, अक्षर पटेल, डेभिड मिलर र ट्रिस्टन स्टब्ससहित १६ खेलाडीलाई टोलीमा राखेको छ । मिचेल स्टार्कलाई रिलिज गरेको दिल्लीसँग ३९ करोड ५० लाख रुपैयाँ बाँकी छ । दिल्लीले नौ खेलाडी अनुबन्ध गर्न सक्नेछ ।
गुजरात टाइटन्सले शुभमन गिल, राशिद खान, जोस बटलर, साई सुदर्शन, मोहम्मद सिराज र कागिसो रबाडासहित २२ खेलाडीलाई रिटेन गरेको छ । गुजरातसँग सबैभन्दा कम ८ करोड ७५ लाख रुपैयाँ बाँकी छ । टोलीले तीन खेलाडी मात्रै अनुबन्ध गर्न सक्नेछ ।
कोलकाता नाइट राइडर्सले रिंकु सिंह, सुनील नारायण, क्यामरुन ग्रीन, फिन एलेन र वरुण चक्रवर्तीसहित १७ खेलाडीलाई रिटेन गरेको छ । मथिसा पथिराना, रचिन रविन्द्र र मुस्तफिजुर रहमानजस्ता खेलाडीलाई रिलिज गरेको कोलकातासँग ४१ करोड ६५ लाख रुपैयाँ बाँकी छ । कोलकाताले आठ खेलाडी अनुबन्ध गर्न सक्नेछ ।
अक्सनअघि टोलीहरूको बाँकी रकम
|
टोली
|
बाँकी रकम
|
खाली स्थान
|
|
चेन्नई
|
२८.०५ करोड
|
६
|
|
लखनउ
|
४७.४५ करोड
|
७
|
|
बेंगलुरु
|
१४.१५ करोड
|
५
|
|
मुम्बई
|
३२.६० करोड
|
९
|
|
हैदराबाद
|
४०.१५ करोड
|
७
|
|
पञ्जाब
|
१८.६० करोड
|
६
|
|
राजस्थान
|
२७.०५ करोड
|
६
|
|
दिल्ली
|
३९.५० करोड
|
९
|
|
गुजरात
|
८.७५ करोड
|
३
|
|
कोलकाता
|
४१.६५ करोड
|
८
|
यस सूचीअनुसार अक्सनअघि सबैभन्दा धेरै रकम लखनउ सुपर जायन्ट्ससँग ४७ करोड ४५ लाख रुपैयाँ बाँकी छ भने सबैभन्दा कम गुजरात टाइटन्ससँग ८ करोड ७५ लाख रुपैयाँ छ । अब अक्सनमा कुन टोलीले कस्ता खेलाडी भित्र्याउँछन् भन्ने चासो बढेको छ ।