बुधबार सेयर बजार परिसूचक नेप्से ६.३८ अंकले घटेको छ । यो गिरावटसँगै नेप्से २५७२ अंकमा कायम भएको छ ।
नेप्से घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । मंगलबार ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ । आज कुल २७९ कम्पनीमध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बैंकिङबाहेक सबै समूहगत सूचक घटेका छन् । बैंकिङ समूहको सूचक ०.०८ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै १.३८ प्रतिशतले घटेको छ ।
त्यस्तै, विकास बैंक ०.०७ प्रतिशत, फाइनान्स ०.०९ प्रतिशत, होटल तथा पर्यटन ०.०६ प्रतिशत, जलविद्युत् ०.०३ प्रतिशत, लगानी ०.५५ प्रतिशत, जीवन बीमा ०.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशत, माइक्रोफाइनान्स ०.३९ प्रतिशत, निर्जीवन बीमा ०.६० प्रतिशत र अन्य समूह ०.३६ प्रतिशतले घटेका छन् ।
आज घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ५.८९ प्रतिशत, इङवा हाइड्रोपावरको ४.८५ प्रतिशत, सानिमा मिडिल तमोरको ३.६६ प्रतिशत र नेपाल इन्स्योरेन्सको २.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य ३.६४ प्रतिशत, याम्बलिङ हाइड्रोपावरको ३.४२ प्रतिशत र माथिल्लो मैलुङखोलाको ३.३७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, लिबर्टी इनर्जी, सानिमा मिडिल तमोर, हिमालयन पावर पार्टनर, लक्ष्मी सनराइज बैंक र हिमालयन डिस्टिलरी अगाडि रहेका छन्।