सशस्त्र प्रहरी बलद्धारा सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत पर्सामा विभिन्न कार्यक्रम गरेको छ ।
सशस्त्र प्रहरी परिवार महिला संघको आयोजना, सशस्त्र प्रहरी बल, नेपाल, छिन्नमस्ता बाहिनी र सशस्त्र प्रहरी बल, नेपाल, सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण पर्साको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्यक्रम अन्तर्गत १ दिने निशुल्क स्वास्थ्य सिविर तथा रक्तदान कार्यक्रम गरिएको छ । शनिबार वीरगञ्ज महानगरपालिका वडा नं. २३ प्रसौनिबिर्तास्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको परिसरमा कार्यक्रम आयोजना गरिएको हो । सशस्त्र प्रहरी परिवार महिला संघको अध्यक्ष साबित्राकुमारी जैशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्ट, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
३५० जना स्थानीयको उपस्थितिमा सीमावर्ती क्षेत्रका नागरिकहरूलाई लक्षित स्वास्थ्य सिविर गरिएको थियो । रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन ।
सो अवसरमा विद्यालयका बालबालिकालाई शिक्षण सामग्री र असाहयका लागि कम्बल बितरण गरिएको थियो । कार्यक्रममा सहयोग पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई प्रशंशापत्र बिवतण गरिएको थियो ।