बुधबार सेयर बजारका सबै सूचक घटेका छन्। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३६.२५ अंक अर्थात् १.३६ प्रतिशतले घटेर २६१८ अंकमा कायम भएको छ।
कारोबार रकम पनि घटेको छ। मंगलबार ७ अर्ब ४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ६ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ।
बुधबार जीवन बीमा समूह सबैभन्दा धेरै २.०४ प्रतिशतले घटेको छ। त्यस्तै बैंकिङ १.२२, विकास बैंक १.३६, फाइनान्स १.०९, होटल तथा पर्यटन ०.९८, जलविद्युत् १.६६, लगानी १.४९, उत्पादन तथा प्रशोधन ०.४५ र माइक्रोफाइनान्स १.३१ प्रतिशतले घटेका छन्। निर्जीवन बीमा १.३२, अन्य १.६५ र व्यापार समूह १.२६ प्रतिशतले घटेका छन्।
आज २३ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रह्यो।
बढ्ने कम्पनीतर्फ धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशतले बढेको छ। सीवाईसी लघुवित्त ५.४४, विकास हाइड्रोपावर ३.५४, बोटलर्स नेपाल बालाजु ३ र मिडसोलु हाइड्रोपावर २.६४ प्रतिशतले बढेका छन्।
घट्नेमा फर्स्ट माइक्रोफाइनान्स ८.५४ प्रतिशत, माउन्ट एभरेस्ट पावर ५.७२, इङवा हाइड्रोपावर ५.२२ र पियोर इनर्जी ४.७९ प्रतिशतले घटेका छन्।
आज धेरै कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् र घलेम्दी हाइड्रोपावर अगाडि रहे।