प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतगणना जारी रहँदा अधिकांश क्षेत्रमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्। हालसम्म सार्वजनिक परिणामअनुसार रास्वपाले ४१ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ भने नेकपा (एमाले) ५, नेपाली कांग्रेस ४ र नेकपाका उम्मेदवार २ क्षेत्रमा अगाडि रहेका छन्।
काठमाडौं–१ मा रञ्जु न्यौपाने, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, रूपन्देही–२ मा सुलभ खरेल, काठमाडौं–१० मा प्रदीप विष्ट, धनुषा–३ मा मनिष झा, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, मोरङ–४ मा सन्तोष राजवंशी, काठमाडौं–५ मा सस्मित पोखरेल, महोत्तरी–१ मा प्रमोदकुमार महतो, भक्तपुर–१ मा रुकेश रञ्जित, चितवन–२ मा रवि लामिछाने, काठमाडौं–६ मा शिशिर खनाल, कास्की–२ मा उत्तमप्रसाद पौडेल, भक्तपुर–२ मा राजीव खत्री र कास्की–१ मा खड्कराज पौडेल अग्रता लिइरहेका छन्।
यसैगरी बाँके–१ मा सुरेशकुमार चौधरी, चितवन–३ मा सोविता गौतम, ललितपुर–३ मा तोसीमा कार्की, कञ्चनपुर–२ मा दिपकराज बोहरा, दाङ–१ मा देवराज पाठक, मोरङ–१ मा यज्ञमणि न्यौपाने, स्याङ्जा–१ मा धनञ्जय रेग्मी, कास्की–३ मा बिना गुरुङ, रौतहट–४ मा गणेश पौडेल, रूपन्देही–३ मा डा. लेखजंग थापा, बाँके–३ मा खगेन्द्र सुनार, झापा–२ मा इन्दिरा राना मगर, बारा–१ मा गणेश धिमाल, झापा–५ मा बालेन्द्र शाह (बालेन), तनहुँ–१ मा स्वर्णिम वाग्ले, मोरङ–५ मा आशा झा र रूपन्देही–५ मा तौफिक अहमद खान पनि अगाडि रहेका छन्।
त्यस्तै कञ्चनपुर–१ मा जनकसिंह धामी, बर्दिया–२ मा श्रीधर पोख्रेल, धादिङ–१ मा आसिका तामाङ, पाल्पा–१ मा विमल पन्त, काठमाडौं–२ मा सुनिल के.सी., कञ्चनपुर–३ मा ज्ञानेन्द्रसिंह महता, ललितपुर–२ मा जगदीश खरेल र मोरङ–३ मा गणेश कार्कीले अग्रता कायम गरेका छन्।
यसैबीच नेकपा (एमाले) का उम्मेदवारहरू रूपन्देही–४ मा प्रमोदकुमार यादव, बाँके–२ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा–१ मा मीनप्रसाद गुरुङ, तेह्रथुम–१ मा भानुभक्त ढकाल र चितवन–१ मा दावा दोर्जे लामाले अग्रता लिइरहेका छन्।
नेपाली कांग्रेसका उम्मेदवारहरू ललितपुर–१ मा उदयशमशेर जबरा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह र कैलाली–१ मा जनकराज चौधरी अगाडि रहेका छन्।
त्यसैगरी नेकपाका उम्मेदवारहरू रुकुम पूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कालीकोट–१ मा महेन्द्रबहादुर शाहीले अग्रता कायम गरेका छन्।