लायन्स क्लब बिरगंज परिवारद्वारा आयोजना गरिएको मिशन ५००० अन्तर्गत मोतियाबिन्दु सल्यक्रिया गरिएका बिरामीहरूको अनुशरण जाँच कार्यक्रम आज सामुदायिक आँखा अस्पताल, वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला अध्यक्ष लायन विनय बस्नेत हुनुहुन्थ्यो। उहाँले दीर्घकालीन र मानवसेवामूलक यस अभियानले दृष्टिविहीनता न्यूनीकरण गर्दै हजारौँ नागरिकको जीवनस्तर सुधार गर्न लायन्स क्लब बिरगंज परिवारले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब बिरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे ले गर्नुभयो। अध्यक्ष पाण्डेले हालसम्म ३१०५ जना बिरामीको मोतियाबिन्दु सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै, सल्यक्रियापछि बिरामीहरूको नियमित अनुशरण जाँच कार्यक्रम निरन्तर भइरहेको र अभियानको अभिन्न अंग रहेको जानकारी दिनुभयो।
उक्त कार्यक्रममा विशेष अतिथिहरूमा पूर्व जिल्ला अध्यक्ष लायन अमरबहादुर श्रेष्ठ, पहिलो उप–अध्यक्ष लायन रामबिहारी पाण्डे, सचिव सर्जन चापागाइ, कोषाध्यक्ष लायन चन्द्रबहादुर केसी, सामुदायिक आँखा अस्पतालका प्रमुख डाक्टर महेश शिह धामी, अस्पतालका अन्य चिकित्सक चन्द्र शिह धामी, जिल्ला कार्यकारी प्रमुखहरू लायन बासु तिमल्सिना, रिकेश साह, उमेश साह कानु, उमेश शर्मा, जिल्ला प्रमुख लायन श्याम गुप्ता, क्षेत्र प्रमुख लायन रामेश्वर गुप्ता, क्षेत्रीय अध्यक्ष लायन सन्दीप गुप्ता कानु, जोन अध्यक्ष लायन लक्ष्मी थापा र लायन रितिका जैसवाल, परिवारका सदस्य लायन स्वेता महेश्वरी, मित्र जोन अध्यक्ष लायन सर्वन साह लगायतका सदस्यहरूको उपस्थिती रहेको थियो।

स्वास्थ्य परीक्षणको क्रममा चिकित्सकहरूले सल्यक्रियापछि बिरामीहरूको आँखाको अवस्था, दृष्टि सुधारको स्तर तथा आवश्यक थप उपचारको विस्तृत जाँच गर्नु भएको थियो। अनुशरण जाँच कार्यक्रमले उपचारको गुणस्तर सुनिश्चित गर्नुका साथै बिरामीहरूमा आत्मविश्वास र सन्तुष्टि प्रदान गरेको सहभागीहरूले बताएका छन्।
लायन्स क्लब बिरगंज परिवारले सामाजिक उत्तरदायित्वको रूपमा स्वास्थ्य सेवा क्षेत्रमा निरन्तर योगदान दिँदै आएको र आगामी दिनमा मिशन ५००० अभियानलाई अझ प्रभावकारी र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ।
