वीरगञ्जमा दृष्टि आँखा तथा नाक, कान, घाँटी अस्पतालको नवनिर्मित भवनको पूर्वराष्ट्रपति डा। रामवरण यादवले उद्घाटन गरेका छन् । भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले दृष्टि आँखा तथा नाक, कान, घाँटी अस्पतालले स्थापनादेखि नै आधुनिक प्रविधिको प्रयोगबाट गुणस्तरीय सेवा, सुलभ रुपमा प्रदान गर्न सफल भएकोमा प्रशंसा गरे ।
स्वास्थ्य क्षेत्रमा सेवाको नामका ठगी बढिरहेको भन्दै यादवले चिन्ता व्यक्त गरे । उनले पवित्र मानव सेवा भावले योगदान पु¥याउन दृष्टि आँखा अस्पताललाई आग्रह पनि गरे । नेपालका सरकारी र निजी क्षेत्रले आँखा उपचारमा दक्षिण एशियामै गुणस्तरीय सेवा प्रदान गरेर ख्याती आर्जन गरेकोमा यादवले प्रशंशा पनि गरे ।
नवनिर्मित अस्पताल भवनमा अत्याधुनिक अपरेशन थिएटर, विशिष्ठ ओपिडी कक्ष, आधुनिक डाइग्नोस्टिक उपकरणसहितको प्रविधि र उपकरण जडान भएकाले सेवाग्राहीलाई थप गुणस्तरीय र सर्वसुलभ सेवा प्रदान गर्न सहज भएको दृष्टि आई केयर सिस्टमका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत डा। भाइराजा श्रेष्ठले बताए ।

प्रमुख कार्यकारी अधिकृत डा। श्रेष्ठले सबैको लागि दृष्टि सधैको लागि दृष्टि भन्ने मूल सेवा भावका साथ विगत ढेड दशकको अनुभवबाट आगामी दिनमा थप गुणस्तरीय, भरपर्दो, सुलभ र सहज स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्घता पनि व्यक्त गरे । दृष्टिले आधुनिक प्रविधिको उपयोगमार्फत उपचारमा रुपान्तरण ल्याएको बताउँदै उनले आगामी दिनमा उच्च प्रविधियुक्त र डिजिटल प्रणालीको उपयोग गरी सेवालाई थप प्रभावकारी बनाउने अठोट गरे ।
वीरगञ्ज दृष्टि आँखा तथा नाक, कान, घाँटी अस्पतालका अध्यक्ष विश्वराज गौतमले दृष्टिले सफलता हासिल गर्नुमा सेवा ग्राहीको विश्वास, स्थानीय समुदायको सहयोग एवं शेयर सदस्यहरुको सेवा भावका साथै अस्पतालका प्रतिबद्घ चिकित्सक र कर्मचारीको योगदान रहेको भन्दै प्रशंसा गरे ।
अस्पतालका मेडिकल डाइरेक्टर डा। हरि शर्माले दृष्टि आँखा तथा नाक, कान, घाँटी अस्पतालले विगत एक दशकदेखि विना इन्जेक्सन मोतिविन्दुको अपरेसन, अपरेसनपछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलविन्दु अपचार, नाक, कान, घाँटीको उपचार लगायतका सेवा प्रदान गर्दै आएको बताए ।
स्मार्ट फोनको बढ्दो प्रयोग र लामो समय स्क्रिनको प्रयोग गर्ने बानीले आँखा पार्ने नकारात्मक असर तथा आँखाको सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा समेत दृष्टि आइ केयर सेन्टरले योगदान दिँदै आएको अस्पतालले बताएको छ ।
दृष्टि आँखा तथा नाक, कान घाँटी अस्पताल झापाको विर्तामोड, वीरगञ्जका साथै काठमाडौंको कलंकी, चावहिल, बानेश्वर, जमल र ओम अस्पताललगायत ११ वटा शाखा सञ्चालनमा रहेको प्रमुख कार्यकारी अधिकृत डा। श्रेष्ठले बताए ।
वरिष्ठ चिकित्सक सम्मानित
भवन उद्घाटन तथा अस्पतालको ११ औ कार्षिकोत्सवको अवसरमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा।राधाकृष्ण कोइराला र वरिष्ठ आँखा तथा नाक, कान, घाँटी रोगका विशेषज्ञ डा। वीरसिंह थापालाई अस्पतालले सम्मान गरेको छ ।