वल्र्ड साइन्स डेको अवसर पारेर लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ सेन्ट्रल सिटी, लायन्स क्लब अफ मेट्रो सिटी र लायन्स क्लब अफ सुप्रिमले सोमबार वीरगञ्जमा शैक्षिक सामग्री वितरण गरेका छन् ।
वीरगञ्जको भिस्वास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका ६० जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रम लायन्स क्लब अफ वीरगञ्ज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेको अध्यक्षतामा भएको थियो ।

प्रमुख अतिथि फस्ट भिडीजी लायन रामबिहारी पाण्डेले लायन्स क्लबहरूले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरी बालबालिकाको मनोबल उच्च राख्न थप टेवा पु¥याएको बताए । कार्यक्रममा लायन्स क्लब अफ सेन्ट्रल सिटीका अध्यक्ष लायन सुशीला साह, लायन्स क्लब अफ मेट्रो सिटीका अध्यक्ष लायन उमेश गुप्ता, लायन्स क्लब अफ सुप्रिमका अध्यक्ष लायन पियुष दारुकाको सहभागिता थियो ।

विशिष्ट अतिथि नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक निरञ्जन न्यौपाने, सहायक प्रधानाध्यापक सुरेश पटेल, रिजन चेयर पर्सन लायन सन्दिप गुप्ता, लायन्स क्लब अफ वीरगञ्ज परिवारका पूर्वअध्यक्ष लायन भानुभक्त अधिकारीको उपस्थिति थियो ।
लायन्स क्लब आफ सेन्ट्रल सिटीका सचिव लायन कविता खड्काले सहजीकरण गरेको कार्यक्रममा सदस्यहरू लायन सुदेश लाखे, लायन अंकित चौरसिया, सेन्ट्रल सिटीका उपाध्यक्ष लायन देवन्ती साह, लायन दिपु वर्णवाल, लायन पुरुषोत्तम गुप्ता, लायन आदित्य साह र नेपाल राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक टीका खड्काको पनि उपस्थिति थियो ।
