तिहार, छठ जस्ता चाडपर्वहरू नजिकदाँ अपराधका घटनाहरू हुन सक्ने भएकोले समाजमा शान्ति, अमनचयन कायम राख्नमा नेपाल प्रहरी र नागरिक समाज दुवैको दायित्व समान हुनु पर्दछ । समाजमा हुने अराजक गतिविधि र अपराधलाई रोक्न नेपाल प्रहरीको साथै नागरिक समाजको भूमिका अहम् हुन्छ । नागरिक र समाजको सहयोगबाट मात्र शान्ति सुरक्षा, अम नचयन कायम गर्न सफल हुन्छ । अपराधी, अपराध, पीडित समाजमा हुन्छन् । अपराध गर्ने अपराधी पनि समाजमा नै लुक्ने भएकोले समाजबिना नेपाल प्रहरी अधुरो हुन्छ । प्रहरी, सेना, सशस्त्रले मात्र समाजमा अपराध समाप्त पार्न सक्दैन । तसर्थ, नागरिक, प्रहरीको सहकार्य नै प्रभावकारी सुरक्षाको आधार हो ।
समाजको सहयोगबिना प्रहरीले पनि जादुको छडीजस्तै सबै समस्या निर्मूल गर्न सक्दैन । नागरिक समाजले पनि आफ्नो काम, कर्तव्य र अधिकार भुल्नु हुँदैन । नेपाल प्रहरीले चालेको कदममा सहकार्य गर्दै अगाडि बढ्नु पर्दछ । समाजमा प्रहरीले राम्रो काम गर्दा पनि आलोचना हुने अवस्था पनि छ । प्रहरी गल्ती र कमजोरीबाट पनि परिचित हुने भएकोले नेपाल प्रहरीले पनि कमीकमजोरीलाई सुधार गर्दै जान प्रतिबद्ध छ । नागरिक समाज, पत्रकारबाट आएक सल्लाह र सुझावहरू आगामी कार्ययोजना बनाउन मार्ग दर्शन हुन्छन् ।
प्रहरीलाई नेपाल सरकारले तलब, रासन दिएर प्रहरी ऐनअन्र्तगत नियुक्ति दिएको छ । प्रहरीलाई शान्ति सुरक्षा, अपराध नियन्त्रण गर्न, समाजमा खराब प्रतिवादी पक्राउ गर्ने विषयमा, पीडितले पाएको न्यायको आधारमा मूल्यांकन गर्ने काम समाजको हो । समाजले प्रहरीको आलोचनामात्र गर्ने होइन । प्रहरीलाई काम कारवाहीमा खबरदारी गर्ने जिम्मेवारी नागरिक समाजको हो । जसरी बालबालिकाले परीक्षामा ९० प्रतिशत ल्याउदाँ हौसला बढाउन अनेक शब्दको प्रयोग गछौं । नेपाल प्रहरीले गरेका अनुसन्धानमा ९८ प्रतिशत राम्रो हुन्छ । तर, नागरिक समाजले त्यसको चर्चा गरेको पाइँदैन । प्रहरीले २ प्रतिशत अनुसन्धानहरू टुङ्गोमा नपु¥याउँदा नेपाल प्रहरीले आलोचाना खेप्नु पर्ने हुन्छ । नेपाल प्रहरीले गरेका ९८ प्रतिशत राम्रो कामलाई औल्याएर समाज र नागरिक समाजले धन्यवाद दिन सके नेपाल प्रहरीको मनोबल अझ उच्च हुन्छ । नागरिक समाज सचेत हुदाँ व्यक्तिगत, भौतिक संरचना क्षति हुनबाट बचाउन सफल गएको छ ।